आज बजेट आउँदै

काठमाडौं । आज बिहीबार संसदमा अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेट प्रस्तुत गर्दैछन् । दिउँसो ४ बजे बस्ने प्रतिनिधि सभा र राष्ट्रियसभाको संयुक्त बैठकमा संसदबाट पारित आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको आधारमा खतिवडाले संसदमा बजेट पेश गर्नेछन् । खतिवडाले तेस्रोपटक संसदमा बजेट प्रस्तुत गर्न लागेका हुन् । बजेटले यसपटक कोरोना […]

कोरोनाबाट अमेरिकामा मृत्यु हुनेको संख्या एक लाख नाघ्यो

काठमाडौं, १५ जेठ । कोरोनाबाट सबैभन्दा बढी प्रभावित मुलुक अमेरिकामा ज्यान गुमाउनेको संख्या एक लाख नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार कोरोना संक्रमणबाट अमेरिकामा १ लाख २ सय ७६ जनाको मृत्यु भएको छ । अमेरिकामा कोरोना संक्रमितको संख्या १६ लाख ९८ हजार ५ सय ८१ छ ।यसअघि नै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यदि कोरोना […]

नेपालमा कोरोना संक्रमितको संख्या ९ सय नाघ्यो, एकैदिन १२९ जनामा कोरोना पुष्टि

काठमाडौं, १४ जेठ । नेपालमा बुधबार एकैदिन १२९ जनामा कोरोना (कोभिड-१९) पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं, धरान, विराटनगर, पोखरा, हेटौंडा, दाङ, पोखरा र सुर्खेतमा गरिएको परीक्षणमा एकैदिन यति धेरै संख्‍यामा संक्रमित भेटिएका हुन् । योसँगै कुल संक्रमित संख्या ९०१ पुगेको छ । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार बुधबार धरानको […]

ललितपुरमा कोरोना संक्रमण भइ एक जनाको मृत्यु

काठमाडौं, १४ जेठ । राजधानीमा पनि काेराेना संक्रमण भइ एक जनाकाे मृत्यु भएकाे छ । ललितपुरकाे ग्वार्काेमा रहेकाे किस्ट अस्पतालमा ती काेराेना संक्रमितकाे मृत्यु भएकाे हाे । यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ । मृत्यु हुने व्यक्ति ललितपुर महानगरपालिका-२२ भरु भएका ५७ वर्षीय पुरुष हुन । उनको बुधबार साँझ किष्ट अस्पतालमा कोरोना […]

एकैदिन थपिए ११४ संक्रमित, संक्रमित हुनेको संख्या ८८६

नेपालमा एकैदिन ११४ जना कोरोना संक्रमित थपिएका छन् । बुधवार विभिन्न जिल्लामा गरी यति ठुलो संख्यामा कोरोना संक्रमित थपिएका हुन् । यो हालसम्मकै उच्च वृद्धि हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङमा प्रवक्ता डा‍‍‍‍ विकास देवकोटाले ११४ संक्रमित थपिएको पुष्टि गरे । यस संगै संक्रमित हुनेको संख्या ८८६ पुगेको डा देवकोटाले जानकारी दिए […]

पर्सामा थप २१ जना कोरोनामुक्त, अस्पतालबाट फर्किए घर

काठमाडौं । पर्साको वीरगन्ज महानगरपालिकाका २१ संक्रमित कोरोना जितेर घर फर्किएका छन् । नारायणी अस्थायी कोभिड अस्पतालबाट गएराती साढे १० बजे २१ जना कोरोना संक्रमित निको भएर घर फर्किएका हुन् । नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायका अनुसार पछिल्लो दुईवटा पीसीआर रिर्पोट नेगेटिभ आएपछि २१ जनालाई डिस्चार्ज गरिएको हो । डिस्चार्ज हुनेमा ४ […]

स्थानीय युवाको सक्रियतामा साढे पाँच किलोमिटर राजकुलो सफा गरियो

ललितपुर । गोदावरी नगरपालिका–११ चापागाउँबाट वडा नं ६ टीकाभैरव जोड्ने पुरानो राजकुलो सफा गर्ने काम साढे पाँच किलोमिटर सकिएको छ । राजकुलोबाट पानी सञ्चालन गराउन यही जेठ २ गतेदेखि वडा नं १२ स्थित भली पुचका युवाहरूको सक्रिय सहभागितामा उक्त काम अघि बढेको हो । राजकुलोको पानी टीकाभैरवबाट थेचोको सिमानासम्म ल्याउन साढे सात किलोमिटर सफा गर्नुपर्छ […]

कञ्चनपुरको क्वारेन्टाइनमा खटेका वडाअध्यक्षको मृत्यु

कञ्चनपुर, १४ जेठ । कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका वडा नम्वर ७ का अध्यक्ष कल्लु रानाको मंगलबार राति मृत्यु भएको  छ । उनी कञ्चनपुरकाे एक क्वारेन्टाइनस्थल व्यवस्थापन कार्यमा जुटेका थिए । वडाअध्यक्ष राना आफ्नै वडामा रहेको राष्ट्रिय माविमा क्वारेन्टाइन व्यवस्थापनमा जुटेका थिए । साेही क्रममा उनी क्वारेन्टाइनस्थलमै एक्कासी बेहोस भएका थिए । उनलाइ तत्कालै सेती प्रादेशिक […]

२४ घन्टामा ९० जनामा देखियो कोरोना, संक्रमितको संख्या पुग्यो ७७२

काठमाडौं, १३ जेठ । नेपालमा काेराेना संक्रमितकाे संख्या ७७२ पुगेकाे छ । पछिल्लो २४ घण्टामा थप ९० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएपछि याे संख्या बढेकाे हाे । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणमा ३५ जनाको रिपोर्ट पोजेटिभ आएको बताएका छन् । महोत्तरीको मनरा गाउँपालिका–१० का […]

क्वारेन्टाइनस्थलमा पुगेका डाक्टरहरुबीच एकाएक कुटाकुट

काठमाडौं, १३ जेठ । विरगञ्जका दुइ अस्पतालमा कार्यरत डाक्टरहरुबीच कुटाकुट भएकाे छ । नारायणी उपक्षेत्रीय अस्पतालमा र नेशनल मेडिकल कलेजमा कार्यरत डाक्टरहरुबीच अरु कारणले नभइ सामाजिक सञ्जालका कारण कुटाकुट भएकाे हाे । सामाजिक सञ्जालमा लेखेको स्टाटस र म्यासेजको विषयलाई लिएर दुइ डाक्टरहरुबीच विवाद भएकाे र विवाद बढ्दै गएपछि दुबैले अाअाफ्ना समूह बनाएर कुटाकुटमा उत्रेकाे बुझिएकाे […]