पुरानै अनुहार दोहोर्‍याउँदै मन्त्रिपरिषद गठन

काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पुरानै अनुहारलाई दोहोर्‍याउँदै मन्त्रिपरिषद् गठन गरेका छन् । उनले यसअघि आफ्नो क्याबिनेटमा रहेका सबै मन्त्रीहरुलाई दोहोर्‍याएका हुन् । शीतल निवासमा आयोजित विशेष समारोहका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई पद तथा गोपनीयताको शपथ गराएकी छन् । ओलीसँगै उनको मन्त्रिपरिषदका सदस्यले पनि पद तथा गोपनीयताको शपथ लिएका छन् । दोहोरिएका […]

नयाँ मन्त्रीमण्डलमा पुरानै अनुहार

  केपी शर्मा ओलीले प्रधानमन्त्रीको सपथ लिएका छन्। शीतल निवासमा आयोजित विशेष समारोहका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई पद तथा गोपनीयताको सपथ गराएकी छन् । ओलीसँगै उनको मन्त्रिमण्डलका सदस्यले पनि पद तथा गोपनीयताको सपथ लिएका छन्। मन्त्रीहरूमा पुरानै अनुहार दोहोरिएका छन् । साथै उनीहरूले साविककै मन्त्रालयको जिम्मेवारी पाएका छन् । माधव पक्षका केहि मन्त्रीमा समेटिने […]

एकैदिन १६८ को मृत्यु, ९३०५ संक्रमित थपिए

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ९ हजार ३०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको २० हजार ३६२ जनाको पीसीआर परीक्षण र ४२४ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा गरी ९ हजार ३०५ जनामा कोरोना पुष्टि भएको जानकारी दिएका हुन् । यसैगरी थप […]

गण्डकीको मुख्यमन्त्रीमा नियुक्त गुरुङले लिए शपथ

काठमाडौँ । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा फेरि नियुक्त भएका पृथ्वी सुब्बा गुरुङले पद तथा गोपनियताको शपथ लिएका छन् । उनलाई प्रदेश प्रमुख सीता पौडेलले बुधबार साँझ पद तथा गोपनियताको शपथ गराएकी हुन् । बैशाख २६ गतेको राजीनामापछि प्रदेश प्रमुख सीता पौडेलले तीन दिनभित्र बहुमतका आधारमा नाम पेश गर्न दलहरुलाई समयसीमा दिएकी थिइन् । अन्तिम समयसम्म पनि […]

कर्णाली प्रदेश सरकारमा तीन मन्त्री नियुक्त

सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । आन्तरिक मामिला तथा योजनामन्त्री नरेश भण्डारी र आर्थिक मामिला तथा योजनामन्त्री विमला केसीको राजीनामा स्वीकृत गरेसँगै उनले नयाँ मन्त्री नियुक्त गरेका हुन् । नवनियुक्त मन्त्रीमा सुर्खेत निर्वाचन २ (ख) बाट प्रदेशसभामा निर्वाचित विन्दमान विष्ट, सुर्खेतकै सीता नेपाली र रुकुम(पश्चिम) (क) बाट निर्वाचित […]

कोरोना संक्रमणबाट प्रदेशसभा सदस्य चौलागाईको निधन

काठमाडौं । बाग्मती प्रदेशका प्रदेशसभा सदस्य पशुपति चौलागाईँको कोरोना संक्रमणबाट मृत्यु भएको छ । नेकपा एमालेका नेता चौलागाईको मनमोहन मेमोरियल अस्पतालमा उपचारका क्रममा मंगलबार साँझ निधन भएको हो ।

काठमाडौं । कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दैनिक बढिरहेको छ । मंगलबार एकैदिन कोरोना संक्रमणबाट थप २२५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोमवार मात्र कोरोना संक्रमणबाट १३९ जनाको मृत्यु भएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा २२५ जना कोरोना संक्रमितको मृत्यु भएको पुष्टि गरेको छ । मन्त्रालयले सीसीएमसी, नेपाली सेनाद्वारा […]

यी हुन ओलीलाई विश्वासको मत नदिने एमालेका २८ सांसद

काठमाडौं । सरकार जोगाउनका लागि केपी शर्मा ओलीले आज संघीय प्रतिनिधि सभामा लिएको विश्वासको मतमा उनकै पार्टीका २८ सांसदले उनलाई मत दिएनन । एमालेका बरिष्ठ नेता माधवकुमार नेपालसहितका २८ जना सांसदले ओलीलाई विश्वासको मत नदिने निर्णयसहित संसद बैठकमै अनुपस्थित भएका हुन् । एमालेका बाँकी ९३ सांसदले भने प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिएका छन् । नेपाली […]

कोरोना संक्रमणबाट एकैदिनमा अहिलेसम्मकै धेरै १३९ जनाको मृत्यु

काठमाडौं । कोरोना भाइरस संक्रमणबाट एकैदिन १३९ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट एकैदिन मृत्यु हुने मध्ये यो संख्या अहिलेसम्मकै ठूलो संख्या हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाली सेनाले व्यवस्थापन गरेको शवको तथ्यांकका आधारमा १३९ जनाको मृत्यु भएको पुष्टि भएको जनाएको छ । यसैबीच पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ९,२७१ जना संक्रमित थपिएका छन् […]

एक महिना स्वास्थ्य संकटकाल लगाउने सरकारको तयारी

काठमाडौं । सरकारले एक महिना स्वास्थ्य संकटकाल लगाउने तयारी गरेको छ। सो अनुसार सरकारले राष्ट्रपतिलाई सिफारिस गरेको छ। शीतल निवास स्रोतका अनुसार अहिले मुख्य सचिव, गृह सचिव लगायत शीतल निवास पुगेका छन् । देशमा कोरोना भाइरसको संक्रमण बढ्दै गएर अवस्था भयावह भएपछि सरकारले संकटकाल घोषणा गर्नेगरी सिफारिस गरेको हो। यस्तै संसदको विशेष अधिवेशन अन्तको ड्राफ्ट […]