नयाँ मन्त्रीमण्डलमा पुरानै अनुहार

 

केपी शर्मा ओलीले प्रधानमन्त्रीको सपथ लिएका छन्। शीतल निवासमा आयोजित विशेष समारोहका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई पद तथा गोपनीयताको सपथ गराएकी छन् ।

ओलीसँगै उनको मन्त्रिमण्डलका सदस्यले पनि पद तथा गोपनीयताको सपथ लिएका छन्। मन्त्रीहरूमा पुरानै अनुहार दोहोरिएका छन् । साथै उनीहरूले साविककै मन्त्रालयको जिम्मेवारी पाएका छन् । माधव पक्षका केहि मन्त्रीमा समेटिने भनिएता पनि अन्तिममा आएर उनिहरु छुटेका छन् ।

अब प्रधानमन्त्री ओलीले एक महिनाभित्र फेरि संसदबाट विश्वासको मत लिनुपर्ने हुन्छ । त्यसबेला उनले विश्वासको मत पाएनन् भने धारा ७६ (५) अनुसार राष्ट्रपतिले अर्को व्यक्तिलाई प्रधानमन्त्री बनाउनुपर्ने हुन्छ । र, उसले पनि एक महिनामा विश्वासको मत पाउन नसके प्रधानमन्त्रीले संसद विघटन गरी मध्यावधि चुनाव घोषणा गर्न पाउँछन् ।

Loading...