ईमर्जेन्सी बिरामीको घरैमा पुर्याए अक्सिजन सहयोग

काठमाडौँ। आफू पनि बचाै अरुलाइ पनि बचाआै भन्ने नाराका साथ अहिले अक्सिजन अभाव भइरहेको समयमा काठमाडौँ महानगरपालिका १५ वडा निवासी एक परिवारका बिरामीलाई राष्ट्रिय युवा संघ नेपाल १५ वडा कमिटीले अक्सिजन उपलव्ध गराएका छन्। नेकपा एमाले महानगर कमिटीका सदस्य उद्दव खड्गी,राष्ट्रिय युवा संघ नेपाल १५ वडा कमिटीका अध्यक्ष किसन डंगोल , उपाध्यक्ष नियाज उद्दिन,सचिव संजय शाहीको सहयोगमा बिहिबार उक्त परिवारलाई घरमै अक्सिजन पुर्याई दिएका हुन्।
सो संगठनले संकटको यो परिस्थितिमा सबैमा सहयोगी भूमिका निर्वाह गर्न सबैमा अनुरोध गरेका छन्।

Loading...