कोरोनाकालमा पनि कर बढाएका क्षेत्रहरु

काठमाडौं । आर्थिक वर्ष २०७८÷७९ को वजेट सार्वजनिक गर्दै सरकारले चुरोट, सुर्ती र मदिराजन्य वस्तुको कर बढाएको छ। अर्थमन्त्री विष्णु पौडेलले ती वस्तुको कर बढाए पनि मूल्यअभिवृद्धि करको दर भने यथावत् राखेका छन्। उनका अनुसार भन्सार महसूलका दरहरूमा सामान्य समायोजन गरिएको छ भने बियर, वाइन, चुरोट, सुर्तीजन्य तथा हल्का पेय पदार्थमा अन्तःशुल्क वृद्धि गरिएको छ। बजेट […]

बजेटमाथि डा. भट्टराईको प्रतिक्रियाः नहुने चुनावको एमाले घोषणापत्र

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७८/०७९ को बजेटलाई ‘नहुने चुनावको एमाले घोषणापत्र’को संज्ञा दिएका छन्। अर्थमन्त्री विष्णु पौडेलले शनिबार घोषणा गरेको बजेटलाई पूर्वअर्थमन्त्रीसमेत रहेका डा. भट्टराईले ‘सीधासादा जनतालाई ललिपप’ भनेका छन्। पुरानै नारा र कार्यक्रम बजेटमा राखिएको डा. भट्टराईको टिप्प्णी छ। साथै […]

कोभिड राहत र आर्थिक पुनःउत्थानका लागि वजेटमा दिइएका छुट

काठमाडौं । सरकारले कोभिड राहत, सहुलियत र आर्थिक पुनःउत्थानका लागि छुट तथा अनुदानको व्यवस्था गरेको छ। निषेधाज्ञा अवधिभर अत्यावश्यक सामग्री खरिदमा २० प्रतिशत छुट दिने जनाएको छ । सरकारी खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ्ग कम्पनीबाट खरिद गर्नेलाई सो छुट दिइने भएको हो। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शनिबार आगामी वर्षको बजेट प्रस्तुत गर्ने क्रममा […]

वजेटमा सरकारले घोषणा गरेका छुटै छुटका क्षेत्रहरु

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेटमा व्यक्तिलाई करमा पर्याप्त छुट र सहुलियत दिने घोषणा गरेको छ। यसअनुसार आर्थिक वर्ष २०७७/०७८ को आयमा वार्षिक २० लाख रुपैयाँसम्मको कारोबार भएका करदाताले ९० प्रतिशत, वार्षिक २० लाख रुपैयाँदेखि ५० लाख रुपैयाँसम्मको कारोबार भएका करदातालाई ७५ प्रतिशत र वार्षिक ५० लाखदेखि १ करोड रुपैयाँसम्मको कारोबार भएका […]

यस्तो छ आर्थिक वर्ष २०७८-७९ को बजेट (पूर्णपाठ)

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि कुल १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट सार्वजनिक गरेका छन्। जसअनुसार संघको चालुगत खर्चका लागि ६ खर्ब ७८ अर्ब ६१ करोड रुपैयाँ विनियोजन गरिएको छ। यो कुल बजेटको ४१.२ प्रतिशत हो। त्यस्तै पुँजीगततर्फ ३ खर्ब ४७ अर्ब २६ करोड रुपैयाँ विनियोजन गरिएको […]

शम्भुथापा, भिमार्जुन आचार्य, चन्द्रकान्त ज्ञवालीको लाइसेन्स रद्द गर्न महान्यायाधिवक्ताको माग

काठमाडौँ । महान्यायाधिवक्ता रमेश बडालले वरिष्ठ अधिवक्ता शम्भु थापा, डा. भिमार्जुन आचार्य र चन्द्रकान्त ज्ञवालीको अधिवक्ताको लाइसेन्स खारेज गरिनु पर्ने बताएका छन् । प्रतिनिधिसभा विघटनको मुद्दामा विपक्षी बनाइएका सभामुख अग्नि सापकोटालाई राय दिएर रिटको पक्षमा बहस गर्न आएका अधिवक्ताहरूको लाइसेन्स खारेज गर्नुपर्ने उनको माग छ । ‘रिट निवेदनमा राष्ट्रपति, प्रधानमन्त्री, सभामुख तीनै जनालाई निवेदकहरूले विपक्षी […]

एकैदिन थपिए ६९५१ संक्रमित, ९८४१ जना डिस्चार्ज

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार ९५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको १९ हजार ३१३ जनाको पीसीआर परीक्षणमा ६ हजार ८५५ र ९९७ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ९६ जना गरी कुल ६ हजार ९५१ जना संक्रमित थपिएका हुन् । पछिल्लो […]

यस्तो छ सरकारको नीति तथा कार्यक्रम (प्रधानमन्त्रीको सम्बोधनको पूर्णपाठसहित)

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्दै अनौपचारिक तवरबाट यस वर्षको ‘नीति तथा कार्यक्रम’ प्रस्तुत गरेका छन् । यसपाली प्रतिनिधिसभा विघटित अवस्थामा रहेकाले नीति तथा कार्यक्रम वाचन नहुने भएपछि प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्दै अनौपचारिक रुपमा प्रस्तुत गरेका हुन् । यसबाट विगतमा राष्ट्रपतिले दुवै संसदको संयुक्त बैठकमा सरकारको आगामी वर्षका लागि नीति […]

एमालेका मन्त्रीहरु थपेर सुदूरपश्‍चिमको मन्त्रिपरिषद् विस्तार

काठमाडौँ । सुदूरपश्‍चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । मुख्यमन्त्री भट्टले प्रदेश सांसदहरु दीर्घ सोडारी, लालबहादुर खड्का, पूर्णा जोशी र मानबहादुर धामीलाई मन्त्री नियुक्त गरेका हुन् । सोडारी, खड्का र जोशी एमाले सांसद हुन् भने, धामी माओवादी केन्द्रका सांसद हुन् । यस्तै एमालेका चुनकुमारी चौधरी, अर्चना गहतराज, मना साउद र मानबहादुर […]

आर्थिक सर्वेक्षणः कोभिडबाट सबैभन्दा बढी प्रभावित बन्यो पर्यटन क्षेत्र

काठमाडौं । कोभिड १९ को महामारीबाट पर्यटन क्षेत्र सबैभन्दा बढी प्रभावित भएको अर्थ मन्त्रालयले जनाएको छ। आर्थिक सर्वेक्षण जारी गर्दै मन्त्रालयले पर्यटन क्षेत्रमा उच्च संकुचन हुने उल्लेख गरेको छ। सन् २०१९ मा विदेशी पर्यटक २.१ प्रतिशतले बढेकोमा महामारीका कारण ८०.८ प्रतिशतले घटेको थियो। सन् २०२० मा २ लाख ३० हजार पर्यटक मात्रै भित्रिएको सर्वेक्षणले देखाएको […]