स्वयंसेवक शिक्षक भर्ती गरे सार्वजनिक शिक्षा ध्वस्त हुन्छ– पूर्व शिक्षामन्त्री केसी

चितवन । पूर्वशिक्षामन्त्री एवं नेपाली काग्रेसका नेता अर्जुननरसिंह केसीले शिक्षकहरुको पेशागत मर्यादा भत्काउन स्वयं सरकार नै अग्रसर रहेको आरोप लगाएका छन् । नेपाल शिक्षक संघ चितवनको ३० औं प्रतिनिधिसभाको उद्घाटन गर्दै केसीले शिक्षण पेशालाई कमजोर बनाउन र शिक्षा क्षेत्रलाई तहसनहस पार्न सरकार नै क्रियाशील रहेको दाबी गरेका हुन् ।    संघीय शिक्षा ऐन ल्याउन ढिलाई […]

शिक्षक लाइसेन्स मावि नेपाली विषयको नतिजा सार्वजनिक (हेर्नुहोस नामावली)

काठमाडौं, १४ फागुन । शिक्षक सेवा आयोगले शिक्षक अध्यापन अनुमति पत्र (लाइसेन्स) नेपाली विषयकाे नतिजा प्रकाशन गरेकाे छ । आयोगले गत असोजमा शिक्षक लाइसेन्सको परीक्षा लिएकाे थियाे । यससँगै आयोगले प्रथम चरणमा माध्यमिक तहका विभिन्न ११ बिषयको नतिजा सार्वजनिक गरिसकेकाे छ । यसअघि आयोगले इलेक्ट्रिकल इञ्जिनियरिङ्ग सिभिल इञ्जिनियरिङ्ग, कम्प्युटर इञ्जिनियरिङ्ग, बाली विज्ञान, पशु विज्ञान, कानुन, […]

प्रचण्डमाथि सार्वजनिक कार्यक्रममा जुम्लाका रतनले गरे जुत्ता प्रहार

काठमाडौं १८ फागुन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लक्षित गरी प्रहार भएको छ । एक कार्यक्रममा उनलाई ताकेर एक व्यक्तिले जुता हानेका हुन । तर, त्यो जुता उनलाइ भने लागेन । प्रदर्शनीमार्गस्थित राष्ट्रियसभागृहमा आयोजित भरतमोहन अधिकारी स्मृति दिवस कार्यक्रममा सम्बोधन गरिरहेकै समयमा प्रचण्डमाथि जुता प्रहार भएकाे हाे ।  नेकपा […]

कोरोना रोकथामको पूर्व तयारीमा जुट्यो सरकार

काठमाडौँ, १८ फागुन । चीनको वुहान बाट सुरु भएको कोरोना भाइरसको संक्रमणको उच्च जोखिममा नेपाल पनि रहेको छ । उक्त सङ्क्रमणको रोकथामका लागि नेपालमा पनि सरकारले उच्च सतर्कता अपनाउने भएको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले नेपाललाई कोरोना संक्रमणको उच्च जोखिममा राखेको तथा नेपालमा बाक्लो आवातजावत रहेका चीनबाहेकका अन्य देशहरुमा समेत भाइरस देखिएपछि प्रधानमन्त्री […]

बच्चा बोकेकी महिलामाथि निर्दयी बन्यो इन्स्पेक्टरको लाठी

भैंसेपाटी, १६ फागुन । देशैभर नागरिक र प्रहरीबीचको दूरी बढाउन प्रहरीले ‘प्रहरी मेरो साथी’ अभियान चलाइरहेको छ । नागरिकको विश्वास जित्नका लागि प्रहरीले यस्तो अभियान चलाइरहेका बेला प्रहरीबाटै हुने एकाध व्यवहार र कार्यशैलीले उसैको अभियानलाई ‘खिल्ली’ उडाइरहेको भान दिन्छ । ‘प्रहरी मेरो साथी’ भन्ने नारा चलाएर प्रहरीलाई हेर्ने परिभाषा फेर्ने प्रयास गरेपनि प्रहरीको एउटा लाठी […]

गोकुल बास्कोटालाई बालकोटमा प्रवेश निषेध

काठमाडौं, १६ फागुन। पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटालाई बालकोट क्षेत्रमा प्रवेश निषेध गरिने भएको छ।नेपाल तरुण दल सूर्यविनायक नगर समिति, भक्तपुरले ७० करोड काण्डमा मुछिएका पूर्वमन्त्री गोकुल बास्कोटालाई बालकोटमा प्रवेश निषेध गरेको हो । तरुण दलको सूर्यविनायक नगर समितिले अध्यक्ष उमेश अधिकारीको नेतृत्वमा ‘भ्रस्टाचार’को आरोप लागेका बस्कोटालाई बालकोटमा प्रवेश निषेधको माग राखेर बुधबार प्रदर्शनसमेत गरेको छ। […]

भारतले आफ्ना नागरिकसँगै भाइरस सक्रमित नेपालीको उद्धार

काठमाडौं, १५ फागुन । कोरोना भाइरस संक्रमणको डायमन्ड प्रिन्सेस क्रुज पानीजहाजबाट नेपालीको पनि उद्धार गरिएको छ। भारतले आफ्ना नागरिकसँगै नेपालीको पनि उद्धार गरेको हो  यात्रुमा कोरोना भाइरसको संक्रमण देखिएपछि जापानले राजधानी टोकियोमा पानीजहाजलाई नै क्वारेन्टाइनमा राखेको छ। जसमा ६ सय १३ जना कोरोना भाइरस संक्रमण भएका यात्रु पनि रहेका छन्। जहाजमा सुरुआतमा तीन हजार सात […]

आफ्नो र केपी ओलीको सम्पती छानविन गर्न संसदमा बाबुराम भट्टराईको माग

काठमाडौं, १४ फागुन । पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओलीको सम्पती छानविन गर्न माग गरेका छन् । बुधवार प्रतिनिधि सभाको बैठकमा बोल्दै भट्टराईले तेह्रथुमको सानो ‘बुकुरो’मा बस्ने मान्छेको बालकोटमा भव्य दरवार बन्न नसक्ने दावी गर्दै उनको सम्पती छानविन गर्नुपर्ने बताएका हुन् । सो प्रसंगमा भट्टराईले प्रम ओलीको मात्र […]

नागरिकता कानूनले दिल्लीमा भड्कियो हिंसा, मृत्यु हुनेको संख्या २० पुग्यो

काठमाडौं । भारतको राजधानी दिल्लीमा पछिल्लो तीन दिनदेखि जारी हिंसाका कारण ज्यान गुमाउनेको संख्या २० पुगेको छ । सोमबार रातिदेखि दिल्लीको उत्तरी क्षेत्रमा नागरिकता संशोधन कानून (सिएए) को विपक्ष र समर्थनमा भएको प्रदर्शनले झडपको रुप लिएको हो । घाइतेहरुको उपचार भइरहेको गुरु तेगबहादुर अस्पतालका प्रबन्ध निर्देशक सुनील कुमार गौतमलाई उद्धृत गर्दै समाचार संस्था एएनआईले हिंसाका […]

राष्ट्रपति स्वागतका लागि नगरपालिकाले दियो सार्वजनिक बिदा

काठमाडौं, १४ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारी भवन उद्घाटनका लागि बिहीबार बैतडी जाने भएकी छन् । राष्ट्रपति जाने भएपछि बैतडीस्थित पाटन नगरपालिकाले सार्वजनिक बिदा दिएको छ । बैतडीको पाटन नगरपालिका–६ मा निर्माण भएको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सीटीईभीटी भवन उद्घाटनका लागि राष्ट्रपति भण्डारी बिहीबार बैतडी जान लागेकी हुन् । त्यस्तै, नागरिक अभिनन्दन लगायतका […]