नारायणगढ–मुग्लिन सडकमा सवारी साधन ओहोर दोहोर गर्दा सडक दस्तुर तिर्नुपर्ने

नारायणगढ–मुग्लिन सडक भएर सवारी साधन वहर दोहर गर्दा सडक दस्तुर तिर्नुपर्ने भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदले नारायणगण–मुग्लिन ३६.१६ किलो मिटर सडकखण्ड प्रयोग गरेबापत २ प्रकारको बेग्ला बेग्लै शुल्क लिने निर्णय गरेको सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी दिनु भएको छ । सो सडक खण्ड नियमित मर्मत सम्भार गर्न स्रोतको अभाव नहोस् भन्नको […]

भाटभटेनी सुपरमार्केटको सामान बोकेको ट्रक त्रिशुलीमा खस्यो, हाम फालेर चालकले जोगाए ज्यान

चितवन । चितवनकाे नाग्दी खोलानजिक एउटा ट्रक त्रिसुली नदीमा खसेकाे छ । उक्त ट्रकका चालकले हाम फालेर ज्यान जाेगाएका छन् । त्रिसुली नदीमा खस्ने ट्रक भाटभटेनी सुपरमार्केटकाे सामान बाेकेकाे खुलेकाे छ । पृथ्वी राजमार्गको चितवन ईच्छाकामाना गाउँपालिका–५ नाग्दी खाेला नजिक बिहीबार बिहान दुई ट्रक एकापसमा ठोक्किँका थिए । ठाेक्किएकाे एउटा ट्रक त्रिशूली नदीमा खसेको हाे […]

काठमाडौंको मध्यभागमा फेरि समातियो १५ किलो अवैध सुन

काठमाडौं, १३ साउन । राजधानी काठमाडौंमै फेरि ठूलो मात्रामा सुन बरामद भएको छ । प्रहरीले अवैध रुपमा भित्र्याइएको १५ किलो सुन काठमाडौंको कमलादीबाट बरामद गरेको हो । महानगरीय प्रहरी परिसर, काठमाडौंको टोलीले उक्त सुन बरामद गरेको हो । प्रहरीले यसबारे थप अनुसन्धान गरिरहेको जनाएको छ । राजधानीमा पटक पटक ठूलो परिमाणमा अवैत्र सुन भित्र्याइने र […]

वडाध्यक्ष पक्राउको विरोधमा ललितपुर महानगरपालिकामा काम ठप्प

साउन १२, ललितपुर  ।  ललितपुर महानगरपालिका वडा नम्बर ३ का अध्यक्ष श्रीगोपाल महर्जनलाई प्रहरीले पक्राउ गरेको विरोधमा सोमबार कर्मचारीले काम छाडेर ‘पेन डाउन’गरि ललितपुर महानगर पालिका सबै काम ठप्प गरेका छन् ।  स्थानीय तह कर्मचारी संघ नेपाल र नेपाल राष्ट्रिय कर्मचारी संगठन स्थानीय ललितपुर महानगरपालिका कार्यालय इकाइले बिरोध स्वरूप काम बन्द गरेको हो। नक्कली कागजात […]

विदेशमा रहेका १६१ नेपालीको कोरोनाले मृत्यु

काठमाडौं । कोरोना भाइरसको संक्रमणले विदेशमा १६१ नेपालीको मृत्यु भएको छ । यो साता थप एक नेपालीको मृत्यु भएसँगै विदेशमा कोरोनाले मृत्यु हुने नेपालीको संख्या १६१ पुगेको गैरआवासीय नेपाली संघले जनाएको छ । संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा. संजीव सापकोटाका अनुसार शनिबार साँझसम्म ३६ मुलुकमा रहेका ३१ हजार १५० कुल संक्रमितमध्ये २९ हजार २४३ […]

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतले कुटे वडा अध्यक्ष

सर्लाही । सर्लाहीको हरिपूर्वा नगरपालिका–३ का वडाध्यक्षमाथि कुटपिट भएको छ। हरिपुर्वा नगरपालिका–३ धनकौलका वडाध्यक्ष धर्मराजसिंह महतोमाथि सोही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतले कुटपिट गरेको प्रहरीले जनाएको छ। वडाध्यक्षलाई कुटपिट गरेको आरोपमा प्रहरीले प्रमुख प्रशासकीय अधिकृत सकलदेव राय यादव, उनका भाइ लालबाबु राय र स्थानीय शैलेन्द्र यादवलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक […]

खुल्यो लकडाउन, घटेन संक्रमण, २४ घन्टामा १३३ नयाँ संक्रमित

काठमाडौं, ९ साउन । सरकारले लकडाउ खुल्ला गरे पनि काेराेना संक्रमितहरु घटेका छैनन् । लकडाउन खाेलेकाले याे संख्या अझै बढ्ने अनुमान गरिएकाे छ । यसैक्रममा शुक्रबार थप १ सय ३३ जना नयाँ संक्रमित भेटिएका छन् । पछिल्लाे समय सार्वजनिक गरिएकाे भए पनि याे केही दिन अघि नै संकलन गरेकाे नमूनाकाे परिणाम हाे । स्वास्थ्य तथा […]

बगेर आएका पाँच शव चितवन फेला परे

काठमाडौं, ८ साउन । चितवनमा रहेका दुई ठूला नदीमा बुधबार पाँचवटा शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार नारायणीमा चार र राप्ती नदीमा एक जनाको शव फेला परेको हो। कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार वर्षा रोकिएर नदीको बहाव घटेसँगै बग्दै गरेका र किनारमा तैरिएको अवस्थामा पाँच शव भेटिएका हुन्। भरतपुर […]

नेपालका पुराना कम्युनिस्ट नेता थवाङका बरमन बुढाको निधन

काठमाडौं, ७ साउन । नेपालका पुराना कम्युनिस्ट नेता बरमन बुढाको निधन भएको छ । रोल्पाको थवाङ घर भएका नेता बुढाकाे राजधानीकाे एक अस्पतालमा उपचारकाे क्रममा निधन भएकाे हाे । ९० वर्षका नेता बुढालाइ उपचारका लागि ललितपुरको पाटन अस्पतालमा भर्ना गरिएकाे थियाे । उनकाे बुधबार बिहान निधन भएको हो । आन्द्रामा क्यान्सर भएका उनको एक वर्षदेखि […]

१२० दिन लामो लकडाउन हट्यो, यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

  काठमाडौं, ६ साउन । कोरोना महामारीका कारण मुलुकमा जारी १२० दिन लामाे ‘लकडाउन’ मंगलबार रातीबाट अन्त्य भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं अर्थमन्त्री डा. युवराज खतिवडाले मुलुकभर चैत ११ गतेबाट लागू भएको लकडाउन आज मध्यरातबाट अन्त्य भएको जानकारी दिएका हुन् ।  मन्त्रिपरिषद बैठकले भदौ १ गतेदेखि लामो […]