वडाध्यक्ष पक्राउको विरोधमा ललितपुर महानगरपालिकामा काम ठप्प

साउन १२, ललितपुर  ।  ललितपुर महानगरपालिका वडा नम्बर ३ का अध्यक्ष श्रीगोपाल महर्जनलाई प्रहरीले पक्राउ गरेको विरोधमा सोमबार कर्मचारीले काम छाडेर ‘पेन डाउन’गरि ललितपुर महानगर पालिका सबै काम ठप्प गरेका छन् ।  स्थानीय तह कर्मचारी संघ नेपाल र नेपाल राष्ट्रिय कर्मचारी संगठन स्थानीय ललितपुर महानगरपालिका कार्यालय इकाइले बिरोध स्वरूप काम बन्द गरेको हो।
नक्कली कागजात खडा गरी अवैध रुपमा मिर्गौला प्रत्यारोपणका लागि सिफारिस दिएको आरोपमा प्रहरीले वडाध्यक्ष महर्जनलाई असार २७ गते पक्राउ गरेको थियो । कर्मचारी संगठनले विज्ञप्ति जारि गर्दै वडाध्यक्षलाई अनावश्यक रुपमा सोधपुछ गरेको प्रति महानगरपालिका कर्मचारी संगठनको ध्यानाकर्षण भएको बताएको छ । उनीहरुले जनप्रतिनिधिलाई मुद्दा चलाउन तत्काल बन्द गरन समेत माग गर्दै दोषीउपर छानबिन गरी अनुसन्धान गर्नु पर्ने बताएको छ ।

Loading...