गत शनिबार हेम-सरिता पाठक फाउन्डेसन (Hem-Sarita Pathak Foundation)ले प्रज्ञा-भवनमा पत्रकार तथा गीत र कविताका गरि ५ सर्जकलाई ४ लाख नगद राशिसहित सम्मान गर्यो । फाउन्डेसनका अध्यक्ष जेनी पाठकको सभापतित्वमा आयोजित सो कार्यक्रमका प्रमुख अतिथि माननीय डा. अमरेशकुमार सिंहले सो पुरस्कारहरु प्रदान गरेका थिए । कार्यक्रममा २ लाख राशिको टंकप्रसाद– रमादेवी पाठक पत्रकारिता पुरस्कारबाट पत्रकारहरु मातृका […]
ब्यानर न्यूज
मध्यपुर थिमिका सूचना अधिकारी सिलवाल लगायत सम्मानित
भक्तपुर । सूचनाको हक प्रभावकारी कार्यान्वयन गरेको भन्दै मध्यपुर थिमि नगरपालिकाका सूचना अधिकारी केशव सिलवाललाई राष्ट्रपति रामचन्द्र पौडेलले सम्मान गरेका छन्। राष्ट्रिय सूचना आयोगको १८औँ वार्षिकोत्सवको अवसरमा शीतल निवासमा आयोजित कार्यक्रममा सिलवाललाई नगद ३० हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरिएको हो। आयोगले सूचनाको हकलाई सर्वसाधारणसम्म पुर्याउने कार्यमा उल्लेखनीय योगदान दिएको आधारमा सिलवाललाई ‘उत्कृष्ट सूचना अधिकारी’ को […]
समाज रूपान्तरणका आधार श्रमिक वर्ग हुन् : अध्यक्ष प्रचण्ड
काठमाडौं । १३६औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आयोजित भव्य कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले श्रमिक वर्गलाई समाज परिवर्तनको आधार र विकासको प्रणेता भएको उल्लेख गर्नुभएको छ । अध्यक्ष प्रचण्डले नेपालमा श्रमिक वर्गका हितका लागि २००६ सालदेखि निरन्तर आन्दोलन हुँदै आएको र त्यसकै महत्वपूर्ण निरन्तरता […]
मध्यपुर थिमिको नेपाल–कोरिया मैत्री नगरपालिका अस्पतालमा पनि ब्लड बैंक
भक्तपुर । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले निजी मेडिकल कलेजहरूलाई आवासीय चिकित्सकको पारिश्रमिक सम्बन्धी सरकारी निर्णय अविलम्ब कार्यान्वयन गर्न चेतावनी दिएका छन् । भक्तपुरको नेपाल–कोरिया मैत्री नगरपालिका अस्पतालको १७औं वार्षिकोत्सव समारोहमा सोमबार आयोजित कार्यक्रममा मन्त्री पौडेलले निजी क्षेत्रले चिकित्सकहरूको अधिकार नमान्दा सरकारबाट कुनै सहयोग नपाउने स्पष्ट पारेका हुन् । “स्वास्थ्य मन्त्रालयले आवासीय चिकित्सकलाई मासिक […]
शिक्षाको पाठ्यक्रम तत्काल बदल्न, जडिबुटी र कृषिमा आधारित शिक्षा प्रणाली लागु गर्न माग
सुर्खेत । १३ बुँदे कर्णाली घोषणापत्र जारी गर्दै कर्णाली एजुकेसन एक्स्पो सिजन वान सम्पन्न भएको छ । कर्णाली प्रदेसको राजधानी बीरेन्द्रनगर सुर्खेतमा ३ दिनसम्म चलेको एक्स्पोले कर्णालीको माटो सुहाउँदो र कर्णालीका नागरिकको जीवनसँग जोडिने शिक्षा प्रणाली र पाठ्यक्रम विकास गर्नुपर्ने लगायतका विभिन्न निष्कर्ष निकालेको छ । सरकारका मन्त्रीहरु, सचिवहरु, शिक्षा लगायत विभिन्न क्षेत्रका विज्ञहरु, अन्तराष्ट्रिय […]
कर्णाली एजुकेसन एक्स्पो सुरु, पाठ्यक्रममाथि उठे गम्भीर प्रश्न
सुर्खेत । सुर्खेतको बिरेन्द्रनगरमा कर्णाली एजुकेसन एक्स्पो सिजन वान सुरु भएको छ । कर्णालीमा शैक्षिक गुणस्तर विकास गर्न र सीमान्तकृत तथा अपाङ्गता भएका बालबालिकाको शिक्षामा पहुँच बढाउने उद्देश्यका साथ यो एक्स्पो आयोजना गरिएको हो । कर्णाली प्रदेसका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले एक्स्पोको उद्घाटन गर्दै कर्णालीमा अझै पनि शिक्षाको गुणस्तर सन्तोषजनक नभएको बताए । एक्स्पोका […]
सिन्धुलीको मरिण गाउँपालिकाद्वारा किसानलाई नि:शुल्क भैँसीको पाडा वितरण
सिन्धुली । मरिण गाउँपालिकाले स्थानीय किसानलाई आत्मनिर्भर बनाउने उद्देश्यसहित नि:शुल्क भैँसीको पाडा वितरण गरेको छ। आर्थिक वर्ष २०८१/८२ को स्वीकृत ‘मासुका लागि पाडा प्रवर्द्धन कार्यक्रम’ अन्तर्गत मरिण गाउँपालिका-४ का १० घरपरिवारलाई दुई-दुईवटा पाडा वितरण गरिएको हो। मंगलबार आयोजित विशेष कार्यक्रममा गाउँपालिका अध्यक्ष विमर्श मुक्तान (प्रख्यात)ले किसानहरूलाई पाडा हस्तान्तरण गर्नुभयो। अध्यक्ष मुक्तानले यो कार्यक्रम गाउँपालिकाको कृषि […]
आगोमा घ्यू थप्दै ओली सरकार, निकालिए जनताको हिरो कुलमान घिसिङ
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले पदमुक्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई हटाउने निर्णय गरेको हो। दलहरू प्रति नै जनताको बितृष्णा बढ्दै गर्दा २२ घण्टाको लोडसेडिङ हटाएर जनप्रिय बनेका कुलमानलाई हटाउनु दुःखद् भएको सरोकारबाला बताउँछन् । राजावादीहरु यो कार्वाहीले उत्साहित छन् । यसले जनताको आक्रोशमा थप घ्यू थप्न सक्ने […]
भक्तपुरमा एक व्यक्ति मृत फेला
भक्तपुर । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–९ बोडे निलबाराहीस्थित पिकनिक स्पोर्टको पार्किङस्थलमा एक व्यक्ति मृत फेला परेको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जनाएको छ। प्रहरीका अनुसार मृतक ६६ वर्षीय ओम प्रकाश राई हुन्, जो खोटाङको केपिलासगढी गाउँपालिका–२ घर भई हाल बोडेमा बस्दै आएका थिए। कवाडी सामग्री संकलन गर्ने उनी आइतबार बिहान ५:५५ बजे टाउको र दायाँ […]
धनुषामा ४७७ किलो गाँजासहित एक जना पक्राउ
धनुषा । लक्ष्मिनीया गाउँपालिका–७ लक्ष्मिनीया चोकबाट अवैध लागूऔषध गाँजा करिब ४ सय ७७ किलो ७४ ग्रामसहित एकजना पक्राउ परेका छन् । मकवानपुर घर भएका २४ वर्षीय संजिब स्याङ्तानलाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय धनुषा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबासबाट खटिएको संयुक्त टोलीले जनकपुरबाट ढल्केवरतर्फ जाँदै गरेको […]