कोभिड-१९ बाट नेपालमा पहिलो मृत्यु, महामारी नयाँ चरणमा प्रवेश

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) बाट एक जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको महामारी नयाँ चरणमा प्रवेश गरेको छ । सिन्धुपाल्चोक बाह्रेबिसेकी २९ वर्षीया महिलाको कोभिड–१९ बाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो । उनको १० दिनअघि त्रिवि शिक्षण अस्पतालमा नर्मल डेलिभरी भएको थियो । आमाछोरा दुबैको स्वास्थ्य […]

सेनाका मध्यपूर्वी पृतनापति उपरथी नै कोरोना संक्रमित

काठमाडौं, ३ जेठ । नेपाली सेनाको मध्यपूर्वी पृतनाका प्रमुखलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण भएको पाइएको छ । तर, उनकाे अवस्थाका बारेमा अाधिकारिक जानकारी भने दिइएकाे छैन । स्वास्थ्य मन्त्रायलले शनिबार अपरान्ह महोत्तरीका ५२ वर्षीय पुरुषमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरेको थियो । तिनै व्यक्ति नेपाली सेनाका मध्यपृतनाका प्रमुख भएकाे थाहा भएकाे छ । मन्त्रालयले […]

लुकीछुपी काठमाडौँ छिर्नेलाई सरकारी खर्चमा क्वाराइनताइनमा राख्न सकिन्न,खर्चअसुली कारवाही गरिनु पर्छ-मेयर शाक्य

           जेष्ठ ३, काठमाडौँ ।   काठमाडौँ महानगर पालिकाका प्रमुख बिद्या सुन्दर शाक्यले गृहमन्त्रालय बात जथाभाबी सवारी पास बढेका कारण अबको अवस्थामा काठमाडौँ उपत्यका सुरक्षित भन्न नसकिने बताउनु भयो । नेवा :पत्रकार समूह संगको कुराकानीमा उहाले कोरना भाइरस बात सुरक्षित भैसकेको उपत्यकामा बाहिरी जिल्ला बाट उपत्यका भित्रका स्थानीय सरकार संग छलफल नै […]

कोरोना पोजेटिभ देखिएकी महिलाको धुलिखेल अस्पतालमा मृत्यु

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएकी एकजना महिलाको धुलिखेल अस्पतालमा मृत्यु भएको छ। सिन्धुपाल्चोक बाह्रबिसे घर भएकी उनी विहीबार राति धुलिखेल अस्पताल आएकी थिइन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकार सम्मेलन गरेर यसबारे जानकारी दिएको हो ।  एकसाता अघि त्रिवि शिक्षण अस्पतालमा सुत्केरी गराइएकी ती महिलामा श्वासप्रश्वासमा समस्या देखिएपछि सिन्धुपाल्चोकबाट रेफर गरिएको थियो […]

शैक्षिक अवस्था र आवश्यकता विपरितको नीति तथा कार्यक्रमः शिक्षाविद्

कठमाडौं । सरकारले सार्वजनिक गरेको आगामी वर्षको नीति तथा कार्यक्रममा शिक्षाको पुनर्संरचनाको विषय नसमेटिएको सरोकारवालाहरुले बताएका छन् । नयाँ कुरा भन्दापनि पुरानै कुरा दोहोरिएको भन्दै उनीहरुले आएका केही राम्रा विषयको पनि कार्यान्वयनमा शंका गरे । सरकाले  शिक्षामा आफ्नो प्रष्ट नीति, योजना र कार्यक्रम अघि सार्न नसकेको उनीहरुले टिप्पणी गरे । शिक्षा पत्रकार समूहले शनिवार आयोजना […]

चिनियाँ सामाजिक संस्था द्वारा खाद्य सामाग्री वितरण

जेष्ठ ३, काठमाडौं । कोरोना महामारी विरुद्धको लडाईमा सघाउँदै चिनियाँहरुले खाद्य सामग्री वितरण गरेको छ । चाईना फाउण्डेशन फर पोभर्टी एलिभिएसनले अलिबाबा फिलोन्थ्रोपीसंग सहकार्य गरेर दोस्रो पटक खाद्य सामग्री वितरण गरेको हो । ‘कोरोना भाईरस संक्रमण विरुद्ध नेपाली जनताको लडाईमा चीन साथ छ’ भन्ने मुख्य नाराका साथ चन्द्रागिरी नगरपालिका र नागार्जुन नगरपालिकामा रहेका १२ वटा […]

आजबाट सबै सवारी पास रद्द ,नयाँ सवारी पास लिन गृहमन्त्रालयले गर्यो ‘सर्कुलर’

जेष्ठ ३, काठमाडौँ ।   कोरोना भाइरस (कोभिड–१९) संक्रमित बिरामीको संख्या बढ्दै गएपछि गृहमन्त्रालयले सबैकिसिमको आवतजावतमा कडाई गर्ने निर्णय गरेको छ। यस अगाडी मन्त्रालयले जिल्ला भित्र तथा अर्को जिल्लामा आवत जावत गर्न दिइएका अनुमति ई-पास र अन्य पास रद्ध गर्ने निर्णय गरेको हो । मन्त्रालयको यो निर्णयमा केही अस्पष्टता भएको भन्दै विभिन्न जिल्ला प्रशासन कार्यालयहरुबाट गुनासो […]

काठमाडौँका जनताले किन गरे आफैले बन्द ? ( फोटो फिचर र भिडियो सहित )

जेष्ठ ३ ,काठमाडौँ ।    काठमाडौँका पुरानो भित्रि शहरका मूल सडक, गल्ली र चोकहरुमा शुक्रबार जतातै बाँसका छेका राखी स्थानीय जनता आफैले बटाेहरु बन्द गरेका छन् । नयाँ सडक आसपासका व्यापारिक केन्द्र रहेको मुख्य क्षेत्र वरपर स्थानीय युवा समूहले माइकीङ्ग गरि पसल समेत बन्द गराएका छन् ।   उनीहरुले कोरना संक्रमण बात जोगिन र बाहिर बात […]

यस्तो छ सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)

काठमाडौँ । सरकारले  स्वास्थ्य, शिक्षा, रोजगारी र आर्थिक पुनरुत्थानलाई  केन्द्रमा राखेर आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा शुक्रबार आगामी आबको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमान सरकारको अबको कार्यदिशा सुदृढ स्वास्थ्य पूर्वाधार निर्माण, शिक्षा, रोजगारी र आर्थिक पुनरुत्थान हुने बताइन् । उनले […]

लिपुलेक र कालापानी क्षेत्रलाई समेटेर नयाँ नक्सा जारी गर्ने घोषणा

काठमाडौं । सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई समेटेर नेपालको नयाँ नक्सा जारी गर्ने घोषणा गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदमा पेश गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालको भूमि भएको र यसलाई प्राप्त गर्न ठोस कूटनीतिक पहल गर्ने उल्लेख छ ।  ‘तदनुरुप नै छुटेको भूमि समेत […]