चिनियाँ सामाजिक संस्था द्वारा खाद्य सामाग्री वितरण

जेष्ठ ३, काठमाडौं ।
कोरोना महामारी विरुद्धको लडाईमा सघाउँदै चिनियाँहरुले खाद्य सामग्री वितरण गरेको छ ।
चाईना फाउण्डेशन फर पोभर्टी एलिभिएसनले अलिबाबा फिलोन्थ्रोपीसंग सहकार्य गरेर दोस्रो पटक खाद्य सामग्री वितरण गरेको हो ।
‘कोरोना भाईरस संक्रमण विरुद्ध नेपाली जनताको लडाईमा चीन साथ छ’ भन्ने मुख्य नाराका साथ चन्द्रागिरी नगरपालिका र नागार्जुन नगरपालिकामा रहेका १२ वटा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको लागि सो सामग्री वितरण गरिएको हो । स्माईलिङ चिल्ड्रेन प्रोगाम अन्र्तगत २ हजार ३ सय ८३ बोरा चामल, ५ केजी दाल र ३ लिटर हस्तान्तरण गरिएको नेपाल प्रतिनिधि जोउ जिईक्वाङले जानकारी दिनुभयो ।
कोरोना भाईरस संक्रमण रोकथाम र नियन्त्रणका लागि जारी लकडाउनले जनजीवन कष्टकर बन्दै गएको अवस्थामा चीनका जनताहरुको तर्फबाट यथोचित सहयोग गरेको पनि प्रतिनिधि जोउले बताउनुभयो ।
सो खाद्य सामग्री दुवै नगरपालिकाका १२ सामुदायिक विद्यालयमा पढ्ने बालबालिकाहरुलाई प्रदान गर्ने बताइएको छ ।यस अघि सो संस्थाले विभिन्न नगरपालिका र प्रदेशहरुमा व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) मास्क, सेनिटाईजर र खाद्य सामग्री वितरण गरेको थियो । 

Loading...