नेकपाले सुरु गर्यो तीन महिने जनजागरण तथा भण्डाफोर अभियान

काठमाडौँ, १५ माघ । नेपाल कम्युनिस्ट पार्टीको तीन महिने ‘जनजागरण तथा भण्डाफोर’ अभियान सुरु भएको छ । देशभर विभिन्न कार्यक्रमका साथ नेकपाले साेमवारबाट याे अभियान सुरु गरेकाे हाे ।  साेही क्रममा नेकपाकाे उपत्यका ब्यूरोले काठमाडाैंमा पनि एक कार्यक्रमकाे अायाेजना गरेकाे थियाे । राजधानीकाे रत्नपार्कबाट अभियान उद्घाटन गरिएकाे हाे । अभियान उद्घाटन कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य […]

दरवारमार्गमा सामूहिक रुपमा बलात्कृत युवतीको उजुरी नलिएर पीडकसँग प्रहरीले लेनदेन गरेको आशंका

Rape

काठमाडौँ, १५ माघ । दरबारमार्गस्थित ल्यान्डमार्क होटलमा ४ जनाको समूहले एक युवतीलाई गत बिहीबार राति ‘सामुहिक बलात्कार’ गरेको घटनामा प्रहरीले उजुरी दर्ता नगरी मिल्न दबाब दिएको पाइएको छ । महानगरीय प्रहरी परिसर, काठमाडौंले उक्त घटनाको अनुसन्धान गर्न सोमबार एसपी रामदत्त जोशीको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेपछि यो घटना बाहिर आएको हो । स्रोतका […]

राजधानीमै फिल्मी शैलीमा दिउसै सात लाख ठगी

भक्तपुर, १५ माघ । भक्तपुरकाे ठिमीमा अाज एक व्यक्ति दिन दहाडै फिल्मी शैलीमा ठगिएका छन् । साेलुखुम्बुकाे चाैरीखर्क गाउँपालिका वार्ड नं १ मा स्थायी घर भएका लाेक्पा शेर्पा अपरिचित एक व्यक्तिबाट सजिलै ठगिएका हुन् । काठमाडाैंकाे कपनमा बस्दै अाएका शेर्पाकाे ७ लाख रकम अपरिचित व्यक्तिले सजिलै लगेर हिडेपछि उनी अहिले हैरान भएका छन् । मध्यपुर […]

वाम गठबन्धनकै सरकारमा जाने उपेन्द्र यादवको तयारी

काठमाडौं, १५ माघ । संघीय समाजवादी फोरमले वाम गठबन्धनसँग सहकार्य गरी सरकारमा जाने संकेत गरेको छ । फोरमका अध्यक्ष अध्यक्ष उपेन्द्र यादवले वाम गठबन्धन र त्यसका नेता केपी ओलीको हातमा सबै कुरा छोडेको बताएका छन् । यादवले राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै केपी ओलीको कोर्टमा बल रहेको बताए । ओलीले कस्तो गोल हान्नुहुन्छ भन्ने आफूहरुले […]

प्रदेश २ मा फोरम नेतृत्वमा सरकार बन्ने

काठमाडौं, १५ माघ । प्रदेश नम्बर २ मा संघीय समाजवादी फोरम, नेपालको नेतृत्वमा सरकार बन्ने सो पार्टीका अध्यक्ष उपेन्द्र यादवले बताएका छन् । राजधानीमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै नेता यादवले सो दावी गरेका हुन् । प्रदेश नम्बर २ मा सबैभन्दा ठूलाे पार्टी राष्ट्रिय जनता पार्टी (राजपा), नेपाल हाे । तर, राजपाले सरकार बनाउन नसकेका […]

अदालतले दोषी ठहर गरेका गुण्डा प्रहरीको संरक्षणमा

काठमाडौं, १४ माघ । नेपाल तरुण दल धनुषा जिल्ला जनकपुर उप–महानगरपालिकाका नगर सभापति प्रकाश मिश्रले आफ्नो ज्यान खतरामा रहेको भन्दै सुरक्षाको प्रत्याभूति गराउन सरकारसँग माग गरेका छन् । आफूमाथि संघातिक आक्रमण गरी मरणासन्न हुने गरी कुटपिट गर्ने जीवनाथ चौधरीलाई अदालतले दोषी ठहर गरे पनि प्रहरी प्रशासनले संरक्षण दिएको मिश्रले आरोप लगाएका छन् । आईतबार रिपोर्टर्स […]

बन्दुकको युग समाप्त भयो : प्रचण्ड

बन्दुकको नालमाथि मात्र बिश्वास गर्ने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बन्दुकको युग समाप्त भएको बताएका छन् । सोमबार प्रेस सेन्टर नेपालको १४ औ स्थापना दिवसको अवसर पारेर प्रेस सेन्टर महिला विभागले आयोजना गरेको कार्यक्रममा प्रचण्डले उक्त कुरा बताएका हुन् । ”बन्दुक र मादलले जति सपना पुरा भए, भए । अब, कलम मुख्य हतियार […]

एमाले र माओवादी केन्द्रको संयुक्त बैठक सिहंदरबारभित्र

काठमाडौँ, १५ माघ । नेपाल कम्युनिस्ट पार्टी एमाले र माअाेवादी केन्द्रकाे संयुक्त बैठक बसेकाे छ । पार्टी एकता र निर्वाचनका सन्दर्भमा गठित दुर्इ पार्टीकाे संयुक्त कार्यदलकाे बैठक सिं‌हदरवारमा बसेकाे हाे । एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा जारी बैठकमा सुवासचन्द नेम्वाङ, नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा बादल लगायत सहभागी छन् । अाजकाे बैठकमा दुई पार्टीका अध्यक्ष केपी […]

विशेष अदालतबाट फेरि सफाइ पाएपछि दीपक मनाङेविरुद्ध अर्काे मुद्दाकाे तयारी

काठमाडौं, १५ माघ । सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतबाट सफाइ पाएका राजीव गुरुङ (दीपक मनाङे) को फैसलाविरुद्ध महान्यायाधिवक्ताको कार्यालयले पुनरावेदन गर्ने भएको छ । महान्यायाधिवक्ताको कार्यालयले बैठक बसी मनाङेलाई विशेष अदालतले कानुनविपरीत सफाइ दिइको ठहर गर्दै त्यसविरुद्ध सर्वोच्चमा पुनरावेदन गर्ने निर्णय गरेको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले १४ करोड ७३ लाख ३१ हजार बिगोसहितको माग […]

ड्युटीमै रहेका सुरक्षा गार्ड तुलबहादुर तामाङको हत्या

काठमाडाैं । इस्टवेस्ट सेक्युरिटिका सुरक्षा गार्ड तुलबहादुर तामाङको गएराति हत्या भएको छ । ड्युटीमै रहेका बेला धारिलो हतियार प्रयोग गरि उनको हत्या भएको हो । दोलखा मावापौवा-२ घर भएका ५३ वर्षीय तामाङलाइ गएराति करीब १ बजेतिर असननजिकै मच्छिन्द्रबहालमा अचेत अवस्थामा फेला पारेपछि प्रहरीले ट्रमा सेन्टर पुर्‍याएको थियो । प्रहरीका अनुसार उनको टाउकोमा गहिरो चोट देखिएको […]