बैतडीमा बस दुर्घटना, ८ जना घाइते

धनगढी, १३ माघ । बैतडीमा यात्रु बस दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । ना ७ ख २५७० नम्बरको बस मेलौली नगरपालिका–२ स्थित पाटन–पञ्चेश्वर सडकखण्डमा बिहान करिब ६ बजे दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मेलौली नगरपालिका–१ को कमलापति भट्ट, कञ्चनपुरको वेदकोट नगरपालिका बस्ने २१ वर्षीय पुजा भट्ट, मेलौली ९ बस्ने ३९ वर्षीय […]

बालाजु औद्योगिक क्षेत्रभित्र ग्यास बुलेटमा च्यापिएर चालकको मृत्यु

काठमाडौं, १३ माघ । काठमाडौंको बालाजुमा ग्यास बुलेटमा च्याप्दा एकजना चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतीय नागरिक ४५ वर्षीय दिलिप राजवंशी रहेका छन् । आज बिहान करिब पौने चार बजे बालाजु औद्योगिक क्षेत्र भित्र पार्किङ गरेर सिसा पुछ्दै गर्दा ग्यास बुलेट अचानक गुडेर अगाडि बढेपछि भारतीय नम्बरकै अर्को ग्यास बुलेटमा उनी च्यापिएका थिए […]

नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८०

काठमाडौं । नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ । केन्द्रीय तथ्यांक विभागले एक महिनाअघि सम्पन्न १२औँ राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक प्रारम्भिक विवरण सार्वजनिक गर्दै महिलाको संख्या १ करोड ४९ लाख १ हजार १ सय ६९ रहेको र पुरुषको संख्या १ करोड ४२ लाख ९१ हजार ३ सय ११ रहेको […]

एमालेले गुमायो ७ सिट, कांग्रेसलाई ३ सिट फाइदा

काठमाडौँ । राष्ट्रियसभा निर्वाचनमा सत्तागठबन्धनलाई फाइदा पुगेको छ । राष्ट्रियसभाका रिक्त १९ सिटमा भएको निर्वाचनमा सत्ता गठबन्धन हाबी भयो । राष्ट्रियसभाका कांग्रेसको ३ सिट थपिएको छ । माओवादी केन्द्र, जसपा र एकीकृत समाजवादीलाई एक–एक सिट थपेका छन् । २४ सिट रहेको नेकपा एमाले अब १७ सिटमा खुम्चिएको छ । सत्तागठबन्धनमा रहेका दल नेपाली कांग्रेस, नेकपा […]

मत बराबर भएर गोलाप्रथाबाट पराजित भए एमालेका उम्मेदवार

विराटनगर । प्रदेश १ राष्ट्रियसभा सदस्यमा नेकपा एमाले उम्मेदवार साेनाम गेल्जेन शेर्पा निर्वाचित भएका छन् । गठबन्धनका उम्मेदवार जनता समाजवादी पार्टीका हेमराज राईलाई पराजित गर्दै शेर्पा निर्वाचित भएका हुन् । अल्पसंख्यक काेटाबाट उम्मेदवार बनेका उनले ४ हजार ७ सय ५२ मतभार प्राप्त गरे । गठबन्धनका तर्फबाट उम्मेदवार हेमराज राईले ४३६८ मत प्राप्त गरे । राई […]

राष्ट्रियसभा निर्वाचनमा १८ जनप्रतिनिधिले गरेनन् मतदान

काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनमा २००७ मतदाताले मतदान गरेका छन् । बुधबार भएको मतदानमा २०२५ मतदातामध्ये २००७ जनाले मतदान गरेका निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । यस अनुसार १८ जना जनप्रतिनिधि मतदान गर्न अनुपस्थित भए । राष्ट्रियसभाका १९ सदस्य चयनका लागि नौ दलका ४३ उम्मेदवार प्रतिस्पर्धामा छन् ।

भारतको ७३ औं गणतन्त्र दिवस आज , राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवा बात शुभकामना ब्यक्त

माघ १२ , काठमाडौं । भारतलाई ७३ औं गणतन्त्र दिवसको अवसरमा नेपालले पनि शुभकामना दिएको छ । नेपालको तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्काले आ–आफ्ना समकक्षीलाई बधाई तथा शुभकामना सन्देश पठाएका हुन् । परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार राष्ट्रपति भण्डारीले शुभकामना सन्देश पठाउँदै भारतीय राष्ट्रपति रामनाथ कोविन्द र […]

राष्ट्रियसभा निर्वाचनको मतदान सुरु,,आजै नतिजा आउने आयोगको भनाई

 माघ १२ , काठमाडौं । राष्ट्रियसभामा रिक्त हुने २० मध्ये १९ सदस्य पदका लागि मतदान सुरु भएको छ । मुलुकका विभिन्न प्रदेशमा कायम रहेका आठ मतदानस्थल र १४ केन्द्रमा अहिले बिहान ९ बजेदेखि मतदान सुरु भएको हो । आज ३ बजे मतदान सकिएलगत्तै मतगणना सुरु हुने र आजै नतिजा सार्वजनिक हुने निर्वाचन आयोगले जनाएको छ […]

राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक विवरण आज सार्वजनिक हुने

माघ १२,काठमाडौँ –  राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक विवरण आज सार्वजनिक हुनेछ । केन्द्रीय तथ्याँक विभागले बिहान १० बजेपछि विवरण सार्वजनिक गर्न लागेको हो । प्रारम्भिक नतिजामा महिला र पुरुषसहित जम्मा जनसंख्या, विदेशमा रहेका नेपालीको जनसंख्या र नेपालमा जम्मा परिवार संख्या सार्वजनिक गरिने विभागका उपनिर्देशक हेमराज रेग्मीले जानकारी दिनुभयो । अहिले प्रारम्भिक मात्रै आउने र […]

अनुगमन कार्यविधि मस्यौदा तयार पार्न महानगरले गठन गर्यो समिति

माघ ११ ,काठमाडौँ । काठमाडौँ महानगरपालिकाले अनुगमन कार्यविधि मस्यौदा तयार पार्न पाँच सदस्यीय समिति गठन गरेको छ। महानगरले उपभोक्ताहरुको हकहितलाइ ध्यानमा राख्दै गर्दै आएको बजार अनुगमनलाइ अझ  सरल, सहज, नतिजामुखी बनाउनका लागि समिति गठन गरिएको हो। महानगरपालिका  उपप्रमुख हरिप्रभा खड्गीको अध्यक्षतामा मंगलबार बसेको विभागीय प्रमुखहरुको बैठकले समिति गठन गर्ने निर्णय भए अनुसार  योजना अनुगमन तथा […]