चिलीको राष्ट्रपतिमा ३५ वर्षीय विद्यार्थी नेता निर्वाचित

काठमाण्डौ, पुस ५ । दक्षिण अमेरिकी देश चिलीको राष्ट्रपतिमा इतिहासकै सबैभन्दा कम उमेरका व्यक्ति निर्वाचित भएका छन् । ३५ वर्षका वामपन्थी नेता गाब्रिएल बोरिक राष्ट्रपति बन्ने पक्का भएको हो । उनले दक्षिणपन्थी नेता होसे एन्तोनिओ कास्तलाई पराजित गरेको बीबीसीले जनाएको छ । हिजो भएको राष्ट्रपतीय चुनावमा ३५ वर्षका युवा नेता बोरिकले ५६ प्रतिशत मत पाएका […]

ओमिक्रोन विश्वका अधिकांश देशमा फैलिएको हुनसक्छ : डब्लुएचओ

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण विश्वका अधिकांश देशमा फैलिइसकेको हुन सक्ने चेतावनी दिएको छ । अहिलेसम्म ओमिक्रोनको संक्रमण औपचारिक रुपमा ७७ देशमा पुष्टि भएको छ । तर डब्लुएचओका प्रमुख डा. टेडरोज आध्यनोम गेब्रेयेसोसले ओमिक्रोन विश्वका अरु देशमा पनि रहेको हुन सक्ने बताएका हुन् । ओमिक्रोनलाई लिएर जति चनाखो वा सचेत […]

अमेरिकामा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या ८ लाख भन्दा धेरै

कोरोना भाइरसको संक्रमणका कारण अमेरिकामा मृत्यु हुनेको संख्या ८ लाख नाघेको छ । विश्वव्यापी महामारीका कारण एकै देशमा यति धेरै मानिसको मृत्यु भएको हो । गएको सोमबार अमेरिकामा कुल संक्रमितको संख्या पाँच करोड नाघेको छ । सन् २०२० को तुलनामा यो वर्ष (२०२१) मा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेमा अधिकांश खोप नलगाएका तथा पाको […]

विश्वभर ५ लाख बढी कोरोना संक्रमित थपिए

काठमाडौँ – विश्वभर झण्डै साढे ५ लाख कोरोनाका नयाँ संक्रमित थपिएका छन् । ओल्डोमिटरको पछिल्लो विवरणअनुसार विश्वभर पछिल्लो २४ घण्टामा ५ लाख ३० हजार ५५१ जना संक्रमित थपिएका छन् भने ३ लाख ७७ हजार ७७५ जना निको भएका छन् । यही अवधिमा ६ हजार १९ जना संक्रमितको मृत्यु भएको छ ।  

बसमा आगलागी हुँदा कम्तीमा ४५ जनाको मृत्यु

बुल्गेरियामा यात्रु बसमा आगलागी हुँदा कम्तीमा ४५ जनाको ज्यान गएको छ । बुल्गेरियाको पश्चिमी क्षेत्रको राजमार्गमा बसमा आगलागी हुँदा ठूलो मानवीय क्षति भएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । नेपाली समय अनुसार मंगलबार बिहान पौने ६ बजेतिर घटना भएको हो । बोस्नेक गाउँ नजिक बसमा आगलागी भएको बुल्गेरियाको आन्तरिक मामिला मन्त्रालयलाई उद्धृत […]

आन्ध्र प्रदेशमा बाढी : १७ जनाको मृत्यु, दर्जनौँ बेपत्ता

एजेन्सी – आन्ध्र प्रदेशमा आएको अविरल वर्षापछिको बाढीबाट कम्तीमा १७ जनाको मृत्यु भएको छ भने दर्जनौँ बेपत्ता भएका छन् । लगातारको वर्षापछि तीन तले घर भत्किदा अनन्तपुर जिल्लाको कादिरी सहरमा एक बृद्धा र तीन बालबालिकाको पुरिएर मृत्यु भएको छ । घरभित्र फसेका चार जनाको उद्धार कार्य जारी छ । बाढीका कारण तिरुपति सहरमा हजारौँ तीर्थयात्री […]

अत्यधिक प्रदुषण बढेपछि दिल्लीका विद्यालय र कलेज अनिश्चितकालीन बन्द

काठमाडौँ । वायु प्रदूषण बढेपछि दिल्लीका सम्पूर्ण विद्यालय र कलेज अनिश्चितकालका लागि बन्द गरिएका छन् । दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले बुधबार यस्तो घोषणा गरेका हुन् । त्यस्तै, दिल्लीमा २१ नोभेम्बरसम्म सम्पूर्ण निर्माण कार्य नगर्न भनिएको छ । तर, यातायात र रक्षासम्बन्धी निर्माण कार्यका हकमा यो प्रतिबन्ध लागू हुने छैन् । दिल्लीमा एक सातादेखि सरकारी कर्मचारीले […]

लाओसका सबै विद्यालयमा भौतिक उपस्थितिमै पढाइ सुरु

एजेन्सी । एसियाली मुलुक लाओसका विद्यालयहरूमा सोमबारदेखि भौतिक उपस्थितिमै पढाइ सुरु भएको छ । सरकारले सूचना जारी गर्दै भौतिक उपस्थितिमै विद्यालयहरूमा पठनपाठन सुरु गर्न आह्वान गरेपछि देशभरका विद्यालयमा पढाइ सुरु भएको हो । कोरोनाभाइरसको महामारीका कारण लामो समयदेखि भौतिक उपस्थितिमा पठनपाठन ठप्प भएकोमा सोमबारदेखि फेरि सूचारु भएको हो । महामारी नियन्त्रणसम्बन्धी सरकारी उच्च अधिकारीहरू, सरोकारवालाहरू […]

दिल्ली बन्यो अत्यधिक प्रदुषित , केन्द्रीय प्रदुषण नियन्त्रण बोर्डले दियो चेतावनी

काठमाडौँ । भारतको राजधानी दिल्लीमा अत्यधिक प्रदुषण बढेको छ। त्यहाँ स्थित केन्द्रीय प्रदुषण नियन्त्रण बोर्डले अत्यधिक प्रदुषण बढेपछि चेतावनी जारी गरेको छ । बोर्डले अत्यधिक प्रदुषणका कारण हावाको गुणस्तर निकैनै खराब भएको तथ्यांक सार्वजनिक गर्दै कम्तिमा दुइ दिन गम्भीर रोगी, बच्चा, गर्भवती र बुढाबुढीलाई घरबाहिर ननिस्किन चेतावनी दिएको हो । साथै नोभेम्बर १८ सम्म दिल्लीमा […]

अमेरिकी पत्रकारलाई म्यानमारमा एघार वर्ष जेल सजायको फैसला

एजेन्सी- म्यानमारको जुन्टा अदालतले शुक्रबार एक अमेरिकी पत्रकारलाई एघार वर्षको जेल सजाय सुनाएको छ । उनका वकिलहरुले गैरकानूनी संगत, सेनाविरुद्ध उक्साउने र भिसा नियम उल्लंघन गरेको लगायतका आरोपमा दोषी ठहर गर्दै उनलाई जेल सजायको फैसला सुनाएको जानकारी दिएका छन् । सेनाले गत फेब्रुअरीमा ‘कू’ गरी सत्ता लिएपछि प्रेसलाई पनि नियन्त्रणमा लिएको छ । सैन्य कूविरुद्ध […]