अमेरिकामा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या ८ लाख भन्दा धेरै

कोरोना भाइरसको संक्रमणका कारण अमेरिकामा मृत्यु हुनेको संख्या ८ लाख नाघेको छ । विश्वव्यापी महामारीका कारण एकै देशमा यति धेरै मानिसको मृत्यु भएको हो ।

गएको सोमबार अमेरिकामा कुल संक्रमितको संख्या पाँच करोड नाघेको छ । सन् २०२० को तुलनामा यो वर्ष (२०२१) मा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेमा अधिकांश खोप नलगाएका तथा पाको उमेरका व्यक्ति छन् ।

अमेरिकामा पछिल्लो समय फेरि चिन्ताजनक रुपमा मृत्यु हुनेको संख्या बढिरहेको छ । पछिल्लो ११ हप्तामा एक लाख मानिसको ज्यान गएको हो । गएको वर्षको हिउँदपछि यो सबैभन्दा तीव्र गतिमा भएको मृत्यु हो ।

दोस्रो विश्वयुद्धमा ज्यान गुमाउनेको भन्दा जारी कोरोना भाइरसको महामारीमा मृत्यु हुने अमेरिकी संख्या झण्डै दोब्बर छ । अरु कुनै पनि देशमा यति ठूलो संख्या ज्यान गएको छैन ।

ब्राजिलमा कोभिड–१९ बाट ६ लाख १६ हजार भन्दा बढी र भारतमा चार लाख ७५ हजार भन्दा धेरैको ज्यान गएको छ ।

Loading...