विश्वभर ५ लाख बढी कोरोना संक्रमित थपिए

काठमाडौँ – विश्वभर झण्डै साढे ५ लाख कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

ओल्डोमिटरको पछिल्लो विवरणअनुसार विश्वभर पछिल्लो २४ घण्टामा ५ लाख ३० हजार ५५१ जना संक्रमित थपिएका छन् भने ३ लाख ७७ हजार ७७५ जना निको भएका छन् ।

यही अवधिमा ६ हजार १९ जना संक्रमितको मृत्यु भएको छ ।

 

Loading...