निरन्तर संसद अवरोध गर्ने पार्टी लाइनविरुद्ध भीम रावल

काठमाडौँ । एमाले नेता भीम रावलले निरन्तर संसद अवरुद्ध पार्ने पार्टी नीतिको विरोध गरेका छन्।

एमाले विभाजन भएर एकीकृत समाजवादी बनेपछि भदौ २३ गते सुरु भएको संसद अविधेशन एमालेको अवरोधकै कारण अधिवेशन नै अन्त्य भएको थियो। सरकारले फेरि मंसिर २८ गतेदेखि अधिवेशन बोलाएको छ।

त्यो अधिवेशनमा पनि सदन अवरुद्ध पार्ने चेतावी अध्यक्ष केपी शर्मा ओलीले दिएका छन्। तर नेता रावल भने त्यसको विपक्षमा उभिएका हुन्। निरन्तर संसद अवरुद्ध पार्दा जनताका आवाज अवरुद्ध हुने जिकिर गरेका छन्।

‘संसद देश र जनताको पक्षमा बहस गर्ने र आवाज उठाउने थलो हो। सरकारका सबै काम कारबाही हुन दिइ संसद अवरूद्ध गरेको भन्नुको औचित्य छैन,’ रावलले ट्वीरमार्फत अगाडि भनेका छन्, ‘कि सरकारले ल्याउने विधेयक र प्रस्ताव रोक्न सक्नु पर्यो नभए त्यसबारे जनताको आवाज उठाउन पाउनु पर्यो। अन्यथा म कुटे जस्तो गर्छु तँ रोए जस्तो गर भने झैं ठहर्छ।’

Loading...