ओमिक्रोन विश्वका अधिकांश देशमा फैलिएको हुनसक्छ : डब्लुएचओ

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण विश्वका अधिकांश देशमा फैलिइसकेको हुन सक्ने चेतावनी दिएको छ ।

अहिलेसम्म ओमिक्रोनको संक्रमण औपचारिक रुपमा ७७ देशमा पुष्टि भएको छ । तर डब्लुएचओका प्रमुख डा. टेडरोज आध्यनोम गेब्रेयेसोसले ओमिक्रोन विश्वका अरु देशमा पनि रहेको हुन सक्ने बताएका हुन् ।

ओमिक्रोनलाई लिएर जति चनाखो वा सचेत हुनु पर्ने हो त्यति नभएको भन्दा उनले चासो र चिन्ता व्यक्त गरेका छन् ।

झण्डै ५० वटा उत्परिवर्तन (म्युटेशन) भएर कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन बनेको हो । यो भेरियन्ट यसअघिका भेरियन्ट भन्दा बढी उत्परिवर्तित रहेकाले बढी संक्रामक पनि देखिएको छ ।

नोभेम्बरको अन्तिम हप्ता ओमिक्रोन भेरियन्ट पहिलोपटक दक्षिण अफ्रिकामा पुष्टि भएको थियो । त्यहाँका राष्ट्रपति सिरिल सामाफोसासहितलाई संक्रमण भएको छ ।

Loading...