माध्यमिक शिक्षकको नयाँ पदपूर्तिको आह्वान

काठमाडौँ । शिक्षक सेवा आयोगले माध्यमिक तहको एक हजार ५४४ शिक्षकको नयाँ पदपूर्तिका लागि खुला विज्ञापन गरेको छ।

आउँदो पुस १ गतेदेखि २९ गतेसम्म नियमित शुल्कमा र माघ ६ गतेसम्म विलम्ब शुल्कमा परीक्षा आवेदन फाराम भर्ने गरी आयोगले मंगलबार सूचना प्रकाशित गरेको छ।

नयाँ विज्ञापनअनुसार आगामी चैत १५ गते परीक्षा सञ्चालन हुनेछ। परीक्षा आवेदन फाराम अनलाइनबाट पनि भर्ने व्यवस्था गरिएको छ।

Loading...