नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा पून विजयी

मङ्सिर २९ ,काठमाडौँ – नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा पून विजयी हुनु भएको छ । पहिलो चरणको मतादानमा ५१ प्रतिशत नपुगेपछि दोस्रो चरणको मतदानमा अर्का प्रत्यासी डा. शेखर कोइरालालाई ९०७ मतान्तरले पराजित गर्दै देउवा दोस्रो कार्यकालका लागि सभापति पदमा निर्वाचित हुनु भएको हो ।

दोस्रो चरणको मतदानमा ४ हजार ६२३ मत खसेको थियो र सभापतिमा निर्वाचित हुन बहुमत अर्थात २३११ मत चाहिन्थ्यो । देउवाले २७३३ मत प्राप्त गर्नु भएको थियो भने निकटतम प्रतिद्वन्द्वी कोइरालाले १८५५ मत प्राप्त गर्नु भएको थियो । ३५ मत भने बदर भएको छ ।

यसैगरी कांग्रेसको महाधिवेशनमा निर्वाचन भएको अन्य पदाधिकारी र केन्द्रीय सदस्यहरुको मतगणना आजबाटै सुरु हुने भएको छ । सभापतिको नजिता घोषणा गर्दै निर्वाचन आयोगका संयोजक वरिष्ठ अविक्ता गोपालकृष्ण घिमिरेले आजै दिउँसोबाट बाँकी मत गणना थाल्ने जानकारी दिनुभयो ।

गत सोमबार भएको मतदानपछि मतपेटिका पार्टी कार्यालय सानेपामा लगेर राखिएको छ । मत गणना सानेपामै गर्ने तयारी छ । पहिले महामन्त्रीलगायत पदाधिकारीको गणना हुने र त्यसपछि सदस्यहरुको मत गणना हुने छ ।