पर्यटन प्रवद्र्धन र भ्रष्टाचार न्यूनीकरणको सन्देश दिन साइकलयात्रा

परासी, ६ असोज । पर्यटन प्रवद्र्धन गर्ने र भ्रष्टाचारमुक्त समाज स्थापनाका लागि प्रेरित गर्ने अभियानका साथ नेपाल भ्रमण गरिरहेका साइकलयात्री अभियन्ता कर्ण श्रेष्ठ पश्चिम नवलपरासीमा आइपुगेका छन । खोटाङबाट साइकलयात्रा शुरु गरेका उनले मुलुकका ७५ जिल्ला भ्रमण गरिसकेका छन । यात्राको क्रममा श्रेष्ठले पर्यटन प्रवद्र्धन गर्दै स्थानीय स्रोतसाधनको समुचित सदुपयोग गर्न सम्बद्ध पक्षलाई आग्रह गरेको […]

मिनीसडक महोत्सव असोज १० मा

पोखरा, ६ असोज । विश्व पर्यटन दिवसका अवसरमा असोज १० गते ‘रेष्टुराँ एण्ड बार एशोसिएशन’ (रेवान)ले मिनी सडक महोत्सवको आयोजना गर्ने भएको छ । प्रत्येक वर्ष विश्वभरि २७ सेप्टेम्बरमा मनाइने सो दिवसको अवसरमा ‘पर्यटन र रोजगार सबैका लागि राम्रो भविष्य’ भन्ने मूल नारालाई आत्मसात् गर्दै यस वर्ष पनि विभिन्न कार्यक्रमका साथ यहाँ सो दिवस मनाउन […]

पर्यटकको आगमन शुरु

रसुवा, ५ असोज । शरद ऋतुको आगमन शुरु भए लगतै हिमाली प्रकृतिको अवलोकन गर्ने पर्यटकको आगमन क्रमिक रुपमा बढ्न थालेको छ । लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालयका सहायक संरक्षण अधिकृत एवं प्रवक्ता शिवलाल गैरेका अनुसार लाङटाङ तथा गोसाइकुण्ड क्षेत्रमा आउने विदेशी पर्यटकको भ्रमण गर्ने मौसम शुरु भइसकेको र दैनिक सरदर २५ जनाका दरले आगमन हुन थालेको […]

धरानमा पर्यटनका क्रेता र विक्रेता साझेदारी बढाउँदै

धरान, ५ असोज । राज्यको परिवर्तित संरचनापछि विभिन्न प्रदेशले पर्यटनलाई प्राथमिकतामा राखेको वास्तविकतामा धरानमा शुरु दोस्रो इष्ट टुरिजम मार्टमा यतिखेर पर्यटनका क्रेता र विक्रेता एकापसमा साझेदारी बढाउन क्रियाशील छन् । नेपाल पर्यटन बोर्डको आयोजना तथा धरान उपमहानगरपालिकाको संयोजनमा धरानको सिद्धी नेवाः परिषद्मा शनिबारदेखि तीन दिनसम्म चल्ने मार्टमा नेपालका विभिन्न पर्यटकीयस्थलका साथै भारत, बङ्गलादेश र भुटानका […]

सूर्योदयमा महोत्सव गरिने

इलाम, ४ असोज । मुलुककै प्रमुख पर्यटकीयस्थलमा पर्ने यहाँस्थित कन्याम, अन्तुलगायतका क्षेत्रको पर्यटकीय प्रचारका लागि आउँदो मङ्सिरमा महोत्सव लगाइने भएको छ । केही समय मात्र प्रदेश नं १ को पर्यटकीय नगरी नामकरण भएको सूर्योदय नगरपालिकाको आयोजनामा महोत्सव गरिन लागिएको हो । भ्रमण वर्ष–२०२० लाई लक्षित गर्दै लाग्ने महोत्सवमा स्थानीय पर्यटकीय क्षेत्रको प्रचार र प्रवद्र्धनका लागि […]

इलामकाे पर्यटन विकास गर्न यस्ताे याेजना

इलाम, ३ असोज । इलामको पर्यटकीय विकासलाई लक्ष्य गरी आयोजित पर्यटन व्यवसायी तथा सरोकारवालाबीचको छलफल एवम् अन्तक्र्रियामा पर्यटन, प्रवद्र्धन र पर्यटकीय साझेदारीमा जोड दिइएको छ । इलाम नगरपालिका कार्यालय र नगर पर्यटन प्रवद्र्धन समितिद्वारा बिहीबार साँझ संयुक्त रुपमा आयोजित कार्यक्रमका वक्ताले यहाँका प्राकृतिक एवम् सांस्कृतिक स्थललाई पर्यटन बजारमा पु¥याउँदै पोखरा, चितवनलगायत स्थलसँग पर्यटकीय साझेदारी हुनुपर्ने बताए […]

घरबासले ल्याउँदैछ समृद्धि

भेषराज बस्नेत राँझा, २ असोज । राँझा, २ असोज बाँकेमा सञ्चालित सामुदायिक घरबासले गाउँघरमै रोजगारीका अवसर सिर्जना गरिदिएको छ । विसं २०७० मा शुरु भएको गाभर भ्याली सामुदायिक घरबास अहिले नेपालकै नमूना घरबासका रुपमा चिनिन्छ । गाभर भ्याली सामुदायिक घरवासका अध्यक्ष कृष्ण चौधरीका अनुसार अहिले बाँकेमा तीन वटा सामुदायिक घरबास सञ्चालित छन् । चार वटा […]

ऐतिहासिक चुरे मन्दिरको जीर्णोद्वार सम्पन्न

गाईघाट, २ असोज । उदयपुरको त्रियुगा नगरपालिका– ६ स्थित चुरे क्षेत्रमा रहेको ऐतिहासिक पञ्चकन्या चुरियादेवीको मन्दिर जीर्णोद्वार तथा पुनःमर्मत गर्ने कार्य सम्पन्न भएको छ । प्रदेश नंं १ सरकार, पर्यटन मन्त्रालयको रु दश लाखको आर्थिक सहयोगमा सो मन्दिरको जीर्णोद्वार तथा पुनःमर्मत गरिएको हो । उदयपुर जिल्लाकै महत्वपूर्ण शक्तिपीठको रुपमा रहेको पञ्चकन्या चुरियादेवी मन्दिरको रङ्गरोगन गर्ने, […]

पर्यटकीय पदमार्ग निर्माण

दमौली, २ असोज । जिल्लामा तीन वटा पर्यटकीय पदमार्ग निर्माण सम्पन्न भएको छ । गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको आर्थिक सहयोगमा भीमाद, व्यास र भानु नगरपालिकामा पर्यटकीय पदमार्ग निर्माण सम्पन्न भएको हो । रु ४२ लाखको लागतमा तीन हजार ५४५ मिटर दूरीको पदमार्ग निर्माण गरिएको भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँका प्रमुख […]

इच्छाकामना मन्दिर पुनःनिर्माणका लागि आर्थिक अभाव

मुग्लिन, २ असोज । चितवनको इच्छाकामना गाउँपालिका–५ मा रहेको ऐतिहासिक धार्मिकस्थल इच्छाकामना मन्दिरको पुनःनिर्माणका लागि आर्थिक अभाव भएको छ । धेरै वर्ष पुरानो ढुङ्गा–माटोको गारोले निर्माण गरिएको इच्छाकामना मन्दिर जीर्ण बनेपछि जगबाटै भत्काएर पुनःनिर्माण शुरु गरिएको छ । मन्दिर संरक्षण समितिका अध्यक्ष रामप्रसाद बोहोराका अनुसार मन्दिरको पुनःनिर्माणका लागि रु तीन करोड २५ लाख लाग्नेछ । […]