सय मिलियनको राहत सामाग्री पठाउँदै छिमेकी मित्र राष्ट्र चीन

छिमेकी राष्ट्र चीनले भूकम्प प्रभावित क्षेत्रका लागि सय मिलियन रुपैया बराबरको राहत सामग्री उपलब्ध गराउने घोषणा गरेको छ। नेपालका लागि चिनियाँ राजदूत छन सङले सामाजिक सञ्जालमार्फत् सो घोषणा सुनाएका हुन् । चीनले नेपाललाई भूकम्प प्रभावित क्षेत्रमा बाड्न टेन्ट, कम्बललगायत अत्यावश्यकीय सामग्री उपलब्ध गराउने र ती सामान दुई दिनमै नेपाल आइपुग्ने उनले प्रष्ट पारेका छन् । […]

भूकम्प प्रभावितको खोजी, उद्धार र उपचारमा सम्पूर्ण संयन्त्र परिचालित

सरकारले भूकम्पबाट प्रभावितको खोजी, उद्धार र उपचारमा स्थानीय प्रशासनको नेतृत्वमा सम्पूर्ण संयन्त्रलाई प्रभावकारीरूपमा परिचालन गरिएको जनाएको छ। गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले आज विज्ञप्ति जारी गर्दै सबै सुरक्षा निकाय, सरकारी संयन्त्र र गैरसरकारी क्षेत्रलाई प्रभावितको उद्धार तथा राहतमा केन्द्रित गरिएको जानकारी दिए। जाजरकोटको बारेकोट गाउँपालिका केन्द्रबिन्दु रहेको सो भूकम्पमा परी हालसम्म जाजरकोटमा एक सय पाँच […]

भूकम्पले जाजरकोटमा ठूलो क्षति, घटनास्थल पुगे प्रधानमन्त्री प्रचण्ड

जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका रामिडाडा केन्द्र विन्दु भएर गएराती मध्यरातमा गएको ६.४ म्याग्निच्यूटको भूकम्पमा परी कम्तीमा १ सय जनाको ज्यान गएको छ भने अन्य सयौं मानिस घाइते भएका छन् । भूकम्पमा परि नलगाड नगरपालिकाकी उप प्रमुख सरिता सिंहसहित सय जनाले ज्यान गुमाएका छन् भने घाइतेहरुको उद्धार र उपचारमा कमी हुन नदिन प्रधानमन्त्री पुष्प कमल दाहाल […]

एकाविहानै पाचँखालमा आगलागी, ४ वटा कपडा पसल आधा घण्टामै खरानी

शुक्रबार बिहान काभ्रेको पाचँखालमा आगलागी हुँदा ७२ लाख बराबरको क्षति भएको छ ।  बिहान करिब सबा ६ बजेको समयमा समाजकल्याण चोक स्थित  उद्धवप्रसाद तिमलसिनाको घरमा अचानक आगलागी भएको हो ।                        घरको सटरमा अचानक विद्युत सर्टभई आगोलागी हुदा सोहि घरमा रहेको ९ सटरमा क्षती पुगेको […]

विवाहेत्तर प्रेमले लियो ज्यान, ५ पक्राउ

बारामा गोली प्रहार गरी प्रधानाध्यापकको हत्या गरेको घटनामा संलग्न पाँच जना पक्राउ परेका छन् । कलैया उपमहानगरपालिका-६ मदर्शा टोलमा बाल एकता ईङगलिस बोडिङ स्कुलका सञ्चालक तथा प्रधानाध्यापक सोही ठाउँ बस्ने ३५ वर्षीय गुड्डु भन्ने रूपेश स्वर्णकारको गोली प्रहारबाट हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा मुख्य योजनाकार सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ […]

नेपाल प्रहरीमा प्राविधिक सेवा तर्फ बिभिन्न पदमा पदपूर्तीको लागि सूचना

नेपाल प्रहरीमा प्राविधिक सेवा तर्फ बिभिन्न पदमा पदपूर्तीको लागि सूचना आह्वान गरिएको छ । प्रहरी निरीक्षकदेखि प्राविधिक प्रहरी नायब निरीक्षक र सहायक निरीक्षकसम्मको पदमा जागिर खुलेको हो । प्रहरी प्रधान कार्यालयको मानवश्रोत विकास विभाग, वृत्ति विकास महाशाखा, भर्ना छनोट शाखाले शुक्रवार एक सूचना जारी गर्दै १ सय २८ जनाका लागि प्राविधिक प्रहरी समूहअन्तर्गत रिक्त रहेका […]

४६ सय मेट्रिक टन चिनी बजारमा, लुकाउने र बढी मूल्य असुल्नेहरुको सूचना दिन सरकारको आग्रह

बजारमा चिनीको अभाव बारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चासो राखेका छन् । उनले उद्योग तथा वाणिज्य मन्त्री तथा मुख्यसचिवलाई चिनीको अभाव सिर्जना हुन नदिन सबै उपायको खोजी गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्रीको निर्देशनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव सचिव गणेश पाण्डेले नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागका महानिर्देशकहरुसँग अवैध ढंगले भित्रिएका तथा […]

संयुक्त रास्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले संघीय संसदको संयुक्त बैठकमा दिएको मन्तव्य

महामहिमहरू, माननीय मन्त्रीज्यूहरू, माननीय सांसदज्यूहरू एवम् मित्रहरू आज यहाँ तपाईंहरूसँग उपस्थित हुन पाउनु सम्मानको कुरा हो। मनमोहक नेपालमा फर्कन पाउनु एउटा सौभाग्य पनि हो।म यहाँ पहिलो पटक सन १९७० को दशकमा आएको हुँ। जति पटक म यहाँ आएको छु, म छक्क परेको छुँ। र यो यात्रा पनि कुनै अपवाद होइन। विगत केही दिनमा मैले देखेका […]

मेसीले जिते आठौं पटक किर्तिमानी बालोन डे’ओर अवार्ड

काठमाडौं । लिओनल मेसीले आठौं पटक बालोन डे’ओर अवार्ड जित्दै आफ्नै रेकर्ड तोडेका छन् । हाल अमेरिकी फुटबल क्लब इन्टर मायमीमा आवद्ध भई व्यवसायिक फुटबल खेलिरहेका अर्जेन्टिनी स्टार मेसीले यसअघि सातौपटक बालोन डेओर अवार्ड जित्दै सबैभन्दा बढी अवार्ड जित्ने खेलाडी भएका थिए । गत वर्ष अर्जेन्टिनालाई फिफा विश्वकपको उपाधि जिताउन सफल नेतृत्व गरेका मेसीले यसपटक […]

दशैँको अन्तिम दिन भक्तपुरमा रहेकी नवदुर्गाको विशेष पूजाअर्चना

बडा दशैँको अन्तिम दिन कोजाग्रत पूर्णिमाको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले भक्तपुरमा रहेकी नवदुर्गाको विशेष पूजाअर्चना गरेका छन् । राजाले कोजाग्रतमा पूजाअर्चना गर्ने प्रचलनलाई निरन्तरता दिंदै राष्ट्र प्रमुखका रूपमा राष्ट्रपति पौडेलले शनिवार भक्तपुर आएर नवदुर्गा मन्दिरमा ब्रह्मायणी, महेश्वरी, कुमारी, वैष्णवी, वाराही, महाकाली, महालक्ष्मी, त्रिपुरासुन्दरी र भद्रकाली भवानीको दर्शन र पूजाअर्चना गरेका हुन् । राष्ट्रपति पौडेललाई बनमालाहरुले […]