म्याग्दीमा मात्र चार करोड अनुदान वितरण

म्याग्दी, १५ साउन । म्याग्दीका भूकम्पपीडितलाई निजी आवास पुनःनिर्माणका लागि रु चार करोडभन्दा बढी अनुदान वितरण गरिएको छ । विसं २०७२ वैशाख १२ र २९ गतेको भूकम्प तथा त्यसपछिका परकम्पले घर पूर्ण क्षति भएका लाभग्राहीहरुको खातामा दुई वर्षपछि पहिलो किस्ता अनुदान वितरण गरिएको हो । आठसय ४५ घरपरिवार भूकम्पपीडितलाई ५० हजारका दरले चार करोड २२ […]

जगदम्बा फुडसहित राजधानीका ५४ खाद्य उद्योगविरुद्ध मुद्दा

काठमाडौं, १२ साउन । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गत आर्थिक वर्ष ०७३-७४ मा उपत्यकाका ५४ खाद्य उद्योगलाई कारबाही गर्न मुद्दा दायर गरेको छ । विभागले अनुगमनबाट प्राप्त कैफियतका आधारमा उद्योग रहेको सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता गरेको हो । अनुगमन संख्या बढ्दै गर्दा व्यवसायीको कैफियत पनि धेरै देखिने गरेको विभागका सहायक प्रवक्ता […]

अब नेपालमा महिलाका लागि छुट्टैं बैंक स्थापना हुँदै

काठमाडाैं, १० साउन । अब नेपालमा पनि महिलाका लागि छुट्टैं बैंक स्थापना हुने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघले विश्व बैंकअन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी)सँग सहकार्य गरेर महिलाका लागि छुट्टैं बैंक स्थापना गर्ने तयारी थालेको हो । यसका लागि आइएफसीसँग प्रारम्भिक सहमति भइसकेको महासंघ अध्यक्ष भवानी राणाले बताइन् । आजको नयाँ पत्रिकामा खबर छ […]

लाइसेन्स लफडामा निजीको डेढ अर्ब फस्यो

काठमाडौं, १० साउन । निजी क्षेत्रका प्रवर्दकले जलविद्युत् आयोजनाको अनुमतिपत्र (लाइसेन्स)का लागि राखेको धरौटी रकम सरकारले फिर्ता नगर्दा उनीहरूको एक अर्ब ४७ करोड रुपैयाँ फसेको छ । महालेखा नियन्त्रक कार्यालयले एक वर्ष बितेपछि फिर्ता नलिएका धरौटी स्वतः सदर स्याहा (राजस्वमा दाखिला हुने) पत्राचार गरेपछि ऊर्जा मन्त्रालयले यस्तो रकम फिर्ता गर्न सकेको छैन । विद्युत् विकास […]

सुनकाण्डका खास तस्करहरु महल थप्दै भरिया जेलमा जाकिदै

काठमाडौं । प्रहरीले बारम्बार करोडौं मूल्य बराबरको सुन बरामद गर्दै आएको छ, तर पनि तस्करी रोकिएको छैन । यति धेरै सुन बरामद हुँदा पनि किन तस्करी रोकिएन ? किनकि सुन तस्करीका नाइकेहरु सधैँ सुरक्षित हुने गर्दछन् । प्रहरीले जतिसुकै अनुसन्धान गरेपनि उनीहरु जेल जानु पर्दैन । एक पटक बरामद भएको सुनको लगानी २÷४ पटक तस्करी […]

१८ बर्षदेखि लाउडा काण्डको पौने २ अर्ब बेरुजु अझै सल्टिएन

काठमाडाै‌‌ । मुलुकको हवाई इतिहासमै लाउडा प्रकरणले लामो समयसम्म चर्चा पायो । नेपाल वायु सेवा निगमका तत्कालिन उच्च अधिकारीसहित पर्यटनमन्त्री समेत र प्रधानमन्त्री समेत मुछिएको यो प्रकरणले झन्डै २ महिना संसद अवरुद्ध पनि भयो । तत्कालिन प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाको राजनीतिक इतिहासमै कालो धब्बा लगाउने यो प्रकरणले पर्यटनमन्त्री तारणीदत्त चटौतको राजनीति पनि झन्डै समाप्त पार्यो […]

फेरि सञ्चालनमा आउँदै जनकपुर–जयनगर रेल सेवा

धनुषा, ७ साउन । देशको एकमात्र रेल सेवा ‘जनकपुर–जयनगर रेल्वे’ पुनः सञ्चालनमा आउने भएको छ । भारतको जयनगरदेखि जनकपुर हुँदै महोत्तरीको बिजुलपुरासम्मको रेलमार्गको पुनःनिर्माण कार्य अन्तिम चरणमा रहेकाले यही वर्षको फागुनदेखि सञ्चालनमा आउने बताइएको छ । ५१ किलोमिटर लामोे रेल लिकको पुनःनिर्माण अन्तिम चरणमा पुगेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको रेल विभागले जनाएको छ । […]

मेगा बैंकले बालगृहलाई दियो एक लाख

काठमाडौँ, ७ साउन । मेगा बैंक नेपाल लिमिटेडले बौद्धस्थित ‘गरिब तथा अनाथ बालिका गृह’लाई रु एक लाख आर्थिक सहयोग गरेको छ । बैंकको आठौँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा बैंकका अध्यक्ष भोजबहादुर शाह र प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले अनाथ गृहका पूर्णमाया गुरुङलाई रकम हस्तान्तरण गरे । वार्षिकोत्सवका अवसरमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तरगत समाजसेवामा […]

ओलाङचुङ्गोला हुँदै चीनसँग जोडियो नेपालको सडक सञ्जाल

ताप्लेजुङ, ७ साउन । छिमेकीमुलुक चीन र पूर्वी नेपालको ओलाङ्चुङगोला सडक सञ्जालले जोडिएको छ । सात महिना अघिदेखि नेपाल र चीनको सीमा क्षेत्र टिपतालाबाट निर्माण सुरु गरिएको सडक निर्माणकार्य ताप्लेजुङको ओलाङचुङ्गोला बस्तीसम्म आइपुगेपछि चीन र ओलाङचुङ्गोला सडक सञ्जालले जोडिएको हो । शुक्रबार चिनियाँ ड्राइभर स्काभेटरलगायतका मेसिनसहित ट्र्याक खोलेर ड्राइभर बस्तीमा आइपुगेपछि स्थानीयवासी हर्षित भएका छन् […]

काठमाडौंबाट काँकडभिट्टा जाँदै गरेको यात्रुबस धादिङमा दुर्घटना

धादिङ, ५ साउन । काठमाडौंबाट काँकडभिट्टा जाँदै गरेको यात्रुबाहक बस धादिङमा दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ । दुर्घटनामा परी १० जना घाइते भएका छन् । बेनिघाट रोराङ गाउँपालिका–५ स्थित विशालटारमा सडकबाट २० मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । दुर्घटनामा परी दुवै जनाको घटनास्थलमै ज्यान गएको थियो । […]