भिखारी संघका अध्यक्षकाे घरबाट लाखाैंको बोरा बरामद

बिराटनगर । डुबानमा परेका भिखारी संघ मोरङका अध्यक्ष महेश मण्डलको घरबाट तीन लाख १५ हजार रुपैयाँ फेला परेको छ । विराटनगर–७ स्थित सिंघिया खोलाको बाढीले उनको घर भत्काएको थियो । सो घरलाई हिजो नेपाली सेना र सुरक्षाकर्मीको टोलीले सरसफाइ गर्ने क्रममा बोरामा राखिएका अवस्थामा सो रकम फेला परेको हो । अधिकांश नोट भिजेको अवस्थामा फेला […]

बाढीका कारण प्राधिकरणको दुई अर्बभन्दा बढीको क्षति

काठमाडौँ, २९ साउन । अविरल वर्षाका कारण नेपाल विद्युत् प्राधिकरणका एक दर्जनभन्दा बढी सबस्टेसन तथा अन्य भौतिक संरचनामा क्षति पुगेको छ । प्राधिकरणले गरेको प्रारम्भिक अनुसन्धानका क्रममा ती संरचनाको क्षति करिब रु दुई अर्बको हाराहारीमा हुन सक्ने देखिएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आज ऊर्जा मन्त्रालयमा आयोजित पत्रकारसम्मेलनमा भने, “प्राधिकरणको संरचनामा अर्बौंको क्षति […]

पहिरोले चार लघुजलविद्युत् परियोजना बन्द

म्याग्दी, ३० साउन । केही दिनदेखिको अविरल वर्षासँगैको पहिरोका कारण म्याग्दीका चारवटा लघुजलविद्युत् परियोजना बन्द भएका छन् । दुर्गम ग्रामीण बस्तीमा विद्युत् सेवा पु¥याउँदै आएका परियोजना बन्द हुँदा धौलागिरि र मालिका गाउँपालिकाका एक हजार ५०० घरधुरी प्रभावित भएका छन् । पहिरोले बाटो र बाढीले झोलुङ्गे पुल बगाएपछि दुई गाउँ जोड्ने पैदलमार्गसमेत अवरुद्ध बनेको छ । […]

रातारात जनतालार्इ राज्यसत्ता चाहिन्छ : प्रकाण्ड

काठमाडौँ, २९ साउन । नेपाल कम्युनिस्ट पार्टीले राज्य संचालकहरु उत्तरदायी नभएका कारण जनता असुरक्षित र जोखिमपूर्ण जीवन बाच्न बाध्य भएको बताएको छ । देसभर बाढी र डुवानले जनताले ज्यान गुमारहँदा पनि सरकारले कुनै उल्लेख्य कदम चाल्न नसकेकाे भन्दै नेकपाले अाक्राे पनि व्यक्त गरेकाे छ । नेकपाका प्रवक्ता प्रकाण्डले आइतबार एक विज्ञप्ति जारी गर्दै जनताकाे जीवनसँग […]

बाढीले मोरङ जिल्ला पूरै डुबानमा । जिल्ला भयो तालजस्तो

मोरङ, २८ साउन । अविरल वर्षाका कारण मोरङमा अहिलेसम्मकै ठूलो बाढी आएको छ । बाढीले मोरङ जिल्ला पूरै तालमा डुवेको जस्तो भएको छ । बाढीले जिल्लाका ७ हजार ५ सयभन्दा बढी घर डुबानमा पारेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । बाढी कारण मृत्यु हुने मध्ये अहिलेसम्म २ जना महिलाको शव फेला परेको छ । […]

सुनकाे मुल्य पाँच सयले बृद्धि

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको भाउ तोलामा ५ सय रुपैयाँ महंगो भएको छ । अघिल्लो दिन तोलामा ३ सय रुपैयाँ बढेको सुनको भाउ आज फेरी ५ सय रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा छापावाल सुन प्रतितोला ५४ हजार ९ सय रुपैयाँ पुगेको छ । अघिल्लो दिन प्रतितोला ५४ हजार […]

बिम्स्टेक एसओएम बैठक काठमाडाैंमा सुरु

काठमाडाै, २६ साउन । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) सदस्य मुलुकका बाह्य मामिला/विदेश/परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरु (एसओएम)को १८औँ बैठक सुरु भएकाे छ । नेपालसहित भारत, भुटान, बंगलादेश, थाइल्याण्ड, म्यान्मा र श्रीलंका सदस्य रहेको उक्त उपक्षेत्रीय संगठनको आज र भोलि यहाँ हुने बैठकले सदस्य देशका बाह्य मामिला÷विदेश÷परराष्ट्रमन्त्रीको १५औँ मन्त्रिस्तरीय बैठकको कार्यसूची […]

२५ किलोको माला थाप्दै मन्त्री मण्डलले गरे कारबाही गर्ने कुरा

विराटनगर । आपूर्तिमन्त्री शिवकुमार मण्डललले नेपाल आयल निगमद्वारा जग्गा खरिद प्रकरणका भएको भनिएको अनियमितता सम्बन्धमा मन्त्रालयद्वारा अनुसन्धान भइरहेको बताउँदै दोषी ठहरिएमा कारबाही गरिने दृढता व्यक्त गरे । आइतवार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मन्त्री मण्डलले कारबाही गर्न आफू रहेको बताएका हुन् ।     उनले दशैँंतिहारका लागि सहज, सुलभ र सस्तो मूल्यमा आवश्यक खाद्यान्नलगायत सामग्री […]

निगममा सेटिङ मिलाउन ५४ गुणा महङ्गो मुल्य सिफारिस गरेर करोडौ घोटाला

काठमाडौं, २० साउन । नेपाल आयल निगमले अर्बौं रुपैयाँको जग्गा किन्दा भएको करोडौं घोटालालाई ढाकछोप गरी कानुनी प्रक्रिया पुर्‍याउन स्थानीय तहका कर्मचारीलाई समेत प्रयोग गरेको खुलासा भएको छ। निगम अधिकारी र एजेन्टले जग्गा खरिद गर्दा स्थानीय तहका कर्मचारीबाट चलनचल्तीको बजार मूल्य महँगो देखाएर कानुनी प्रक्रिया पुर्‍याउन खोजेका हुन्। स्थानीय तहका कर्मचारीले धेरै महँगो सिफारिस गरे […]

नेपाल–चीनबीच चार नाकामा क्रस वोर्डर ट्रान्समिसन लाईन निर्माण

काठमाडौं, २० साउन । चारवटा नाकाबाट नेपाल–चीनबीच क्रस–बोर्डर ट्रान्समिसन लाइन निर्माण हुने भएको छ। ऊर्जा मन्त्रालयले रसुवागढी–केरुङ, तातोपानी–खासा, कोराला–तिब्बत र किमाथान्का–चेन्ताङ नाकाबाट अन्तरदेशीय ४०० केभी ट्रान्समिसन लाइन निर्माण गर्ने भएको हो। विद्युत आयात–निर्यातका लागि चीनसँग क्रस–बोर्डर ट्रान्समिसन लाइनका लागि दुई देशबीच समझदारीपत्र (एमओयू)को मस्यौदा चीन पठाइएको ऊर्जा मन्त्रालयका प्रवक्ता दिनेशकुमार घिमिरेले बताएका छन्। नेपालका तीन […]