४१० मेघावाटको नलगाड हाईड्रोको मुआब्जा विरतरणको समस्या समाधान

जाजरकोट, २८ फागुन । लामो समयदेखि रोकिएका नलगाड हाईड्राेपावर कम्पनीकाे मुआब्जा वितरणको समस्या समाधान समाधान भएको छ । विद्युतगृह निर्माण स्थल नलगाड नगरपालिका १ दल्लीमा बसोवास गरिरहेका १८ घरधुरी बादी समुदायले जिल्ला प्रशासन कार्यालय जाजरकोट मार्फत वितरण गर्ने गरी सहमती भएपछि बिवाद समाधान भएको हो । जिल्ला प्रशासन कार्यालय जाजरकोटको खातामा जम्मा गरिएको र अब […]

बजेटको आकार घटाएर १० खर्ब ८३ अर्ब बनाइयो

काठमाडाैं, २४ फागुन । अर्थ मन्त्रालयले चालू आर्थिक वर्षको बजेटको आकार घटाएको छ । चालू आवका लागि संसद्ले १२ खर्ब ७९ अर्बको बजेट पारित गरे पनि त्यसको आकार घटेर १० खर्ब ८३ अर्ब रुपैयाँ मात्रै खर्च गर्न सकिने प्रक्षेपण मन्त्रालयले गरेको हो । बुधबार बजेटको मध्यावधि समीक्षामार्फत बजेटको आकार १५ दशमलव ३३ प्रतिशतले घटाएको हो […]

चेक बाउन्स केसमै अल्झियो काठमाडौं प्रहरी, ३ अर्बको चेक बाउन्स

काठमाडौं, १९ फागुन । गम्भीर प्रकृतिका अपराध अनुसन्धानमा खटिनुपर्ने काठमाडौं प्रहरीको अधिकांश समय पछिल्ला दिन ‘चेक बाउन्स’का उजुरी छानबिनमा बित्ने गरेको छ । चेक बाउन्सका उजुरी बढेपछि प्रहरीको ठूलो शक्ति छानबिनमा लाग्नुपरेको हो । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्वराज पोखरेलले चेक बाउन्सका उजुरी छानबिन गर्न परिसर मातहतको ४० प्रतिशत शक्ति लागेको बताए । […]

१० अर्ब १५ करोड रुपैयाँ बिमाबाट उठ्यो

काठमाडौं, १९ फागुन । चालू आर्थिक वर्ष ०७४-७५ को दोस्रो त्रैमासिकसम्म निर्जीवन बिमा कम्पनीहरूको बिमाशुल्क आम्दानी औसतमा २१ प्रतिशतले बढेको छ । सो अवधिमा सञ्चालनमा आएका १७ निर्जीवन कम्पनी (नेसनल जनरल इन्स्योरेन्सबाहेक)ले करिब १० अर्ब १५ करोड रुपैयाँ बिमाशुल्क आर्जन गरेका छन् । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा १६ प्रतिशतले बढी हो । […]

४७ कम्पनीले गरे बोनस सेयर बाड्ने घोषणा

Share Market

विभिन्न ४७ कम्पनीले रु १० अर्ब ८१ करोड तीन लाख ४४ हजार बराबरको बोनस शेयर आफ्ना शेयरधनीलाई उपलब्ध गराउने घोषणा गरेका छन् । नेपाल धितोपत्र बोर्डमा उपलब्ध गराइएको जानकारीअनुसार १० करोड ५९ लाख २२ हजार ८६५ कित्ता बराबरको शेयर बोनसबापत शेयरधनीलाई प्रदान गर्ने घोषणा गरिएको हो । चालू आर्थिक वर्षको शुरुदेखि हालसम्म बोर्डमा बोनस शेयर […]

सिटी एक्सप्रेस र साउदीको बैंक अल बिलाद एन्जाजले सुरु गरे संयुक्त रेमिट्यान्स सेवा

काठमाडौं । साउदी अरबमा रहेका नेपालीहरुले अब सजिलै नेपालमा पैसा पठाउन सक्ने भएका छन् । साउदी अरबको प्रसिद्ध बैंक अल बिलाद, एन्जाज सर्भिस सेन्टर र नेपालको सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिटान्स सम्झौता भएपछि यो सेवा अझ सजिलो भएको हो । अब एन्जाज सर्भिस सेन्टरका १७९ रेमिटान्स सेन्टरहरुबाट नेपालीहरुले नेपालमा सिधैं नगद पठाउन वा नेपालमा रहेको […]

सिंहदरवारभित्रै एक मेगावाट विद्युत उत्पादन गर्ने अन्तिम तयारी

काठमाडौं, १३ फागुन । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारका छतहरुबाट सोलार(सौर्य उर्जा) मार्फत एक मेगावाट बिजुली उत्पादन भएको छ । २०६७ सालदेखि नै सिंहदरबारका छतहरुबाट सोलारमार्फत विद्युत उत्पादन गर्ने लक्ष्य लिए पनि बल्ल अन्तिम परीक्षण र निरीक्षणसँगै ९ सय ५६ किलोवाट विद्युत उत्पादन भएको हो । सिंहदरबार र आसपासमा रहेका २३ मन्त्रालय र विभिन्न सरकारी […]

संसदका कुर्सी र माइक खरिदमा ठूलो भ्रष्टाचार

काठमाडौं, १३ फागुन । राष्ट्रियसभा बैठक हलमा सांसदका कुर्सीमा माइक खरीद र जडानका लागि टेण्डरबाट गरिएको कम्पनी छनोटमा भ्रष्टाचारको आशंका भएपछि संसद् सचिवालयले प्रक्रिया तत्काल स्थगन गर्न आदेश दिएको छ। सार्वजनिक खरिद ऐनविपरीत बढी रकम कबोल गर्ने कम्पनीलाई माइक खरिद र जडानको टेण्डर दिएको भन्दै कम रकममा टेण्डर हालेको कम्पनीले उजुरी दिएपछि प्रक्रिया स्थगन भएको […]

प्राधिकरणको नीति : स्वदेशी कम्पनीमाथि अंकुश, विदेशीलार्इ अनुमति

काठमाडौं, १३ फागुन । नेपाल नागरिक उड्डयन प्राधिकरणले विदेशी एयरलाइन्सलाई नेपालमा उडान भर्न अनुमति दिइरहेका बेला स्वदेशी कम्पनीलाई भने अंकुश लगाउने तयारी गरेको छ । प्राधिकरणले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई केही महिनाअघि पूर्वाधार विस्तार नभएसम्म नयाँ एयरलाइन्सलाई उडान अनुमति दिन नसक्ने जनकारी गराएको थियो । तर त्यसको केही सातापछि नै कुवेतको वातानीय एयरलाइन्सलाई […]

उद्घाटन गर्ने तयारी गरिएको पुल प्रयोगमा नल्याउँदै भाँचियो

सिन्धुपाल्चाेक, ८ फागुन । गोरखा भूकम्पपछि बन्द तातोपानी नाका सुचारु गर्ने लक्ष्यका साथ भोटेकोसी नदीमा निर्माण भइरहेको बेलिब्रिज निर्माणकै क्रममा भाँचिएको छ । भोटेकोशी गाउँपालिका ३ र ४ को सिमामा पर्ने लार्चास्थित भोटेकोशी नदीमाथि निर्माण भइरहेको बेलिब्रिज प्राविधिक सावधानीले भाँचिएको भोटेकोशी गाउँपालिका प्रमुख राजकुमार पौडेलले जानकारी दिए । तीन चार दिनमै निर्माण सकेर नाका सञ्चालनको […]