विश्व चर्चित अन्र्तराष्ट्रिय ब्राण्ड WK डिजाइनको दोस्रो नयाँ स्टोर ललितपुरमा

ललितपुरका युवा उद्यमीले विश्व चर्चित अन्र्तराष्ट्रिय ब्राण्ड डब्लु के डिजाइनको दोस्रो नयाँ स्टोर ललितपुरको कुमारीपाटीमा शुरुवात गरेका छन ।

दक्षिण पुर्वी एशिया सहित अन्य ६० भन्दा बढी मुलुकहरुमा बजार रहेको डब्लू के कम्पनीको नेपालको आधिकारीक बिक्रेता टेकम्याक्स इन्टरनेशनलको दोश्रो आधिकारिक स्टोरको नेपाली राट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काद्वारा एक समारोहका बीच उक्त स्टोरको उद्घाटन गरिएको छ ।

२ सय देखि ६० हजार सम्मका सुलभ मूल्यमा उपलब्ध कम्पनीका गुणस्तरयुक्त विभिन्न सामानमा ६ महिनाको रिप्लेसमेन्ट वारेण्टी पनि दिइएको बताउँदै युवा उद्यमी प्रविन महर्जनले भने, ू सुपथ मूल्यकासाथै भ्यालु फर मनी प्रवद्र्धन हुने गुणस्तरीय ब्राण्ड र लाईफस्टायल सुहाउँदो विभिन्न आधुनिक इलेक्ट्रोनिक्स ग्याजेट तथा एसोसिरिजहरु यहाँ रहने छन ।ू

प्रविधिमैत्री युवापुस्ताहरु प्रति लक्षित उक्त स्टोरमा उपलब्ध कम्पनीका उत्पादनहरु अनलाइनमा दराज मार्फत पनि खरिद गर्न सकिने उनले बताए।

कम्पनीले चाडै नै काठमाडांैको बानेश्वर, बौद्ध, न्यूरोड, पोखरा र नारायणघाटको सिजी मल लगायत देशभरीमा आधिकारीक आउटलेटहरु स्थापना गरिने बताएको छ ।

Loading...