पुनर्निर्माणमा भारतीय प्रतिबद्धता अलपत्र

काठमाडौं, २३ बैसाख ।  भूकम्पले भत्काएका सम्पदा पुननिर्माण गरिदिने प्रतिवद्धता बनाएको भारतले तीन बर्ष बित्दा पनि काम सुरु गरेका छैन । भूकम्पपछि भारतले देशभरका २८ गुम्बा तथा मठमन्दिर पुनर्निर्माण गरिदिने प्रतिबद्धता जनाएको थियो । तर प्रतिबद्धताअनुसार हालसम्म कुनै पनि काम सुरु नभएको पुरातत्व विभागले जनाएको खबर आजको नागरिक दैनिकमा छापिएको छ । भारतले पाटनको नापीचन्द्र […]

अस्तव्यस्त वैदेशिक रोजगारी, क्षतिपूर्ति पाउने पीडित १० प्रतिशत

काठमाडौं, २३ बैसाख । वैदेशिक रोजगारीको क्रममा ठगी र शोषणमा पर्नेमध्ये १० प्रतिशत पीडितले मात्र क्षतिपूर्ति पाउने गरेको तथ्य खुलेको छ । आजको नागरिक दैनिकमा समाचार छ । वैदेशिक रोजगारीको क्रममा पीडित हुनेको संख्या ठूलो रहेको गुनासो बढेका बेला गरिएको एक अध्ययनले पीडितमध्ये निकै कमले मात्र क्षतिपूर्ति पाउने गरेको पाइएको हो । वैदेशिक रोजगार प्रवद्र्धन […]

अन्ततः यातायात व्यवसायीको बन्द फिर्ता

काठमाडौं, २२ बैसाख । सिन्डिकेटको पक्षमा उभिएर यातायात बन्दको घोषणा गरेको यातायात व्यवसायी महासंघले बन्द फिर्ता लिएको। महासंघले वार्ता र संवादमार्फत समस्याको स्थायी समाधान खोज्न सरकारसँग आग्रहसमेत गरेको छ । यातायात व्यवसायी महासंघ संयुक्त आन्दोलन मूल समितिका संयोजक योगेन्द्रनाथ कर्माचार्यले एक विज्ञप्ति जारी गर्दै बन्द कार्यक्रम फिर्ता भएको घोषणा गरेका हुन् । सिन्डिकेट हटाउन नहुने […]

वैशाखमा पनि पुस-माघको जस्तो चिसो, घट्न थाल्यो बिजुली उत्पादन

काठमाडौं, २१ बैसाख । चर्को गर्मी हुने वैशाख महिनामा पनि पुस माघको जस्तो चिसो भएपछि हिउँ पग्लन नपाएर विजुली उत्पादनमा कमी आएको छ । नदी प्रवाहमा आधारित जलविधुत आयोजनाबाट उत्पादन हुने विजुली उत्पादनमा गत बर्षको यही महिनाको तुलनामा २४ प्रतिशतसम्म कमी आएको छ । गत बर्षको वैशाखमा चर्को गर्मी थियो । अहिले जाडो मौसम जस्तै […]

डेढ वर्षभित्र तातोपानी नाका सञ्चालनमा आउने

काठमाडौं, २१ बैसाख । तीन वर्षअघिको बारपाक भूकम्पपछि बन्द भएको नेपाल–चीनबीचको तातोपानी नाका पुनः सञ्चालनमा आउने भएको छ । काठमाडौंबाट सबैभन्दा नजिकको चिनियाँ नाका आगामी डेढ वर्षभित्र सञ्चालनमा आउने भएको हो । भूकम्प र बाढीका कारण क्षतिग्रस्त तातोपानी नाकाको पूर्वाधार पुनः निर्माण गर्दै नाका सञ्चालनमा ल्याउन दुवै मुलुक सहमत भएका छन् । जसअनुसार आगामी एक […]

देशैभर सार्वजनिक यातायात ठप्प, ट्याक्सी र ई–रिक्साको यस्तो मनपरि, यात्रु अलपत्र

काठमाडौं, २१ बैसाख । सिण्डिकेटधारी यातायात व्यवसायीहरुले थालेको यातायात बन्दको आन्दोलनका कारण काठमाडौं लगायत देशभारको जनजीवन प्रभावित बनेको छ ।  शहरमा भाडाका सवारी साधनहरु न्यूनमात्रामा देखिएका छन् । केही शहरमा भने सडक सुनसानजस्तै देखिएको छ । काठमाडौंमा बिहानै भाडाका सवारी साधनहरु नचले पनि निजी सवारी साधन र भाडाका ट्याक्सीहरु चलिरहेका छन् । प्रदेश ५ को […]

३२ हजार कर्मचारी घरका न घाटका

काठमाडौं, २० बैसाख । देशका विभिन्न सरकारी कार्यालयमा कार्यरत ३२ हजार कर्मचारीको अवस्था अहिले न घरको न घाटको जस्तो भएको छ । उनीहरुलाई स्थायी गर्न सकिने नसकिने भन्नेबारे सरकारले अहिलेसम्म कुनै प्रक्रिया अगाडि बढाएको छैन । आजको नेपाल समाचारपत्रमा यो समाचार छापिएको छ । यसबारे सोध्दा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङको […]

कर्मचारीले विदेश भ्रमणमा राज्यकोषको स्वाहा गरेपछि..

काठमाडौं, १९ बैसाख । कर्मचारीले अनावश्यक रूपमा विदेश भ्रमण गरी राज्यकोष दोहन गरेपछि त्यसलाई नियन्त्रण गर्न सरकारले वैदेशिक भ्रमण व्यवस्थापन निर्देशिका २०७५ जारी गरेको छ । चालु आर्थिक वर्षको पहिलो छ महिनामा विदेश भ्रमणका नाममा कर्मचारीले करिब दुई अर्ब १५ करोड रुपैयाँ राज्यकोषबाट रित्याएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले वैदेशिक भ्रमण व्यवस्थापन निर्देशिका ल्याएको हो । […]

साँफेबगर विमानस्थलको पुनर्निर्माण अन्तिम चरणमा

अछाम, १४ बैसाख । २०५८ सालबाट बन्द रहेको साँफेबगर विमानस्थलको धावन मार्ग कालोपत्रे गर्न थालिएको छ ।  त्यसयता विमानस्थल केही समय सञ्चालन भए पनि ०६२ देखिदेखि भने पूर्ण रूपमा बन्द गरिएको थियो । अवरुद्ध साँफेबगर विमानस्थल सञ्चालनका लागि सरकारले ११ करोड १७ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । चैत ९ गतेसम्ममा काम सकाइसक्नुपर्ने भएपनि […]

सांसदहरूले व्यापार-व्यावसाय गर्न नपाउने

काठमाडौं, १४ बैसाख । सांसदहरूले पदभार ग्रहण गरे पछि कुनै व्यापार,व्यावसाय गर्न नपाउने, तलब पाउने गरी अन्यत्र व्यावसायीक काम गर्न नपाउने,छोरा श्रीमतीले लिएको उपहार समेत सार्वजनिक गर्नुपर्ने जस्ता नीति बनाउदै सरकारले राष्ट्रिय सदाचार नीति ल्याउने तयारी गरेको छ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यलयले सदाचार नीतिको मस्यौदा तयार गरेको छ। सो मस्यौदामाथि प्रधानमन्त्रीको कार्यलयले एक दुई दिनमै […]