प्रेसमाथि नियन्त्रण गर्ने सरकारको नियत विरुद्ध पत्रकारको हातेसाङ्लो प्रदर्शन

काठमाडौं । प्रेस स्वतन्त्रता कुण्ठित हुने गरी सरकारले ल्याएको मिडिया काउन्सिल विधेयकका विरुद्ध नेपाल पत्रकार महासंघकाे नेतृत्वमा पत्रकारहरुले प्रदर्शन गरेका छन । साे क्रममा उनीहरुले विधेयक पास गरे त्यसअन्तर्गत गठन हुने काउन्सिल अस्वीकार गर्ने चेतावनी समेत दिएका छन । विधेयकका विरुद्धकाे प्रदर्शनका क्रममा शनिबार राजधानीमा हातेसाङ्लो प्रदर्शन सुरु गर्दै पत्रकारहरुले साे चेतावनी दिएका हुन् । […]

बार बर्दियामा सिकल सेल एनिमिया रोगको उपचार गर्न नमूना अस्पताल बन्ने

बर्दिया । बारबर्दिया नगरपालिकामा नेपालमै पहिलो सिकल सेल एनिमिया अस्पताल बन्ने भएको छ । सिकल सेलमा बारबर्दिया मोडल नामक एक वर्षे लामो अभियानपछि उक्त नगरपालिकाले देशमै पहिलो अस्पताल यहाँ स्थापना गर्ने घोषणा गरेको हो । आइतबार बारबर्दिया नगरपालिकाले बारबरर्दियामा सिकलसेल पहिचान, नियन्त्रण र रोकथाम सम्बन्धी अभियान घोषणा समारोह आयोजना गरी यस्तो घोषणा गरेको हो । […]

प्रचण्डमाथि अचम्मको दवाव, नामै दिन नसक्ने अवस्थामा प्रचण्ड पुगेपछि कार्यक्रम स्थगित

काठमाडौं, ३ जेठ । कार्यकर्ताको तीब्र असन्तुष्टी र दवावका कारण प्रचण्डले अन्तिम समयमा आएर आफ्नो तर्फबाट पोलिटब्यूरोमा राख्नुपर्नेहरुको नाम नदिएपछि नेकपामा समस्या आएको छ । नेकपाको पार्टी एकतालाई पूरा गर्न आज शुक्रबार पोलिटब्यूरोको अन्तिम नामावली घोषणा गर्ने कार्यक्रम तय भएको थियो । एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएको एक बर्ष पुगेको अवसर पारेर आज […]

बिदेशको राम्रो कमाइ छोडेर कृष्ण पाडाफार्ममा आकर्षित , युवाले उनीबाट सिक्नुपर्नेमा मेयर खड्काको जोड

सर्लाही, १४ बैशाख । वैदेशिक रोजगारीको लागि लाखौं युवाहरू म्यानपावरको चक्कर लगाइरहेको अवस्थामा सर्लाहीका एक युवा भने आफ्नै गाउँमा स्वउद्यम तर्फ आकर्षित भएका छन् । सर्लाहीको लालबन्दी नगरपालिका वडा नम्बर दुई जुटपानीका एक युवा बैदेशिक रोजगारीलाई बाई बाई गर्दै आफ्नै गाउँमा पाडा फार्म तिर आकर्षित भएका हुन् । झन्डै एक दशक बैदेशिक रोजगारीमा होमिएर ड्राईभिङ्ग […]

भक्तपुर नगरका उत्कृष्ट खेलाडी सम्मानित

भक्तपुरका उत्कृष्ट खेलाडीहरुलाई आज एक समारोहबीच सम्मान गरियो । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले भक्तपुर नगरपालिकाको आयोजनामा वर्षका उत्कृष्ट पुरुष तथा महिला खेलाडीहरुलाई सम्मान गरे । शुक्रवार सहिद स्मृति खेलमैदानमा आयोजित बिशेष कार्यक्रमका बीच उत्कृष्ट खेलाडीहरुलाई प्रमुख अतिथि बिजुक्छेँले मेडल तथा प्रमाणपत्रद्रारा सम्मानित गरेका हुन् । उक्त अवसरमा सम्मानित हुने वर्षको उत्कृष्ट […]

हुरीबतासबाट मानवीय तथा धनजनको क्षति पुग्न गएकाेमा प्रदेशसभाद्वारा दुःख व्यक्त

हेटौँडा, १८ चैत । प्रदेश नं ३ को प्रदेशसभाको आज बसेको बैठकले प्रदेश नं २ का बारा र पर्साको विभिन्न ठाउँमा आइतबार राति आएको हुरीबतासबाट मानवीय तथा धनजनको क्षति पुग्न गएकामा दुःख प्रकट गर्दै उक्त घटनामा मृत्यु भएकाको परिवारप्रति हार्दिक समवेदना व्यक्त गरेको छ । बैठकले मृतात्माको चिरशान्तिको कामना गर्दै घाइतेको स्वास्थ्यलाभको कामना गरेको छ […]

भाषण गरिरहेका बेला कालो झण्डासहित नारा लाउनेलाई सुरक्षाकर्मीले केही नगरेपछि प्रम ओली रिसाउँदै दिए समात्न आदेश

बुटवल, ७ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीलाई शनिवार बुटवलमा कालोझण्डा देखाइएको छ ।  जितगढी विजयी उत्सव कार्यक्रमलाई सम्बोधन गर्दै गरेका प्रधानमन्त्री ओलीलाई एक युवाले कार्यक्रम स्थल प्रवेश गरेर कालोझण्डा देखाएका हुन् । खचाखच भरिएको मञ्च भन्दा झण्डै ५० मिटर अगाडि एक्कासी प्रवेश गरी अर्घाखाँचीका रुद्र घिमिरे ‘उजिरसिंह जिन्दावाद, हाम्रो देश प्राणभन्दा प्यारो छ’ भन्दै कार्यक्रम स्थल […]

हायातलाई तहस नहस पार्ने यस्तो अचम्मको षडयन्त्र

तारागाउँ रिजेन्सी होटल लिमिटेडद्वारा काठमाडौंको बौद्धमा सञ्चालित होटेल हायातलाई तहस नहस पार्न अहिले विभिन्न षडयन्त्र भइरहेका छन् । दक्षिण एशियाकै नमूना होटलका रुपमा रहेको हायात होटेल प्रसंगले यतिबेला सबैको ध्यान तानेको छ। ठूला राष्ट्रिय स्तरका कार्यक्रम गर्न तथा अन्य देशका विशिष्ट तहबाट नेपालमा भ्रमण हुँदा आतिथ्यता गराउने क्षमता भएको उच्च स्तरको होटेलका रुपमा स्थापित हायात […]