आयोगले निकाल्यो सुदूरपश्चिमको निमावि गणित विषयको अन्तिम नतिजा (हेर्नुहोस पूरा नतिजा)

काठमाडौं । शिक्षक सेवा आयोगले खुला तर्फको निम्न माध्यमिक तहको नतिजा सार्वजनिक गर्न शुरु गरेको छ । मंगलवार आयोगले खुला तर्फ निम्नमाध्यमिक तहको गणित विषयको सुदूरपश्चिमाञ्चल क्षेत्रको अन्तीम नतिजा सार्वजनिक गरेको हो ।

गतवर्षको असोजमा लिखित परीक्षा र गएको असार दोस्रो हप्ता अन्तर्वार्ता भएको थियो । अन्तर्वार्ता भएको महिना दिन बितिसक्दापनि आयोगले निमावि तहको नतिजा सार्वजनिक गर्न सकेको थिएन ।

निमावि तहको लागि मुख्य विषयमा देशभर १६३५ पदमा विज्ञापन भएकामा ६०९६५ ले आवेदन दिएका थिए । जसमध्ये २ हजार २४७ लिखित परीक्षा उत्तीर्ण गरि अन्तर्वार्तामा सहभागी भएका थिए ।

यहाँ हेर्नुहाेस पूरा नतिजा