यौन सम्पर्क गर्दा कोरोनाभाइरस सर्छ कि सर्दैन ?

के यौन सम्पर्कका कारण कोरोनाभाइरस सङ्क्रमण सर्न सक्छ ? यसबारे तपाईँले सोच्नुभएको होला तर सङ्कोच लागेर प्रश्न नगर्नुभएको पनि हुन सक्छ। यस विषयमा सही र गलत कुरा छुट्यावन बीबीसी रेडिओ वनको न्यूजबीटले यो प्रश्न विज्ञहरूलाई राखेको छ। डा. एलेक्स जर्ज चिकित्सक हुन् भने यौन विषयमा पत्रकारिता गर्ने एलिक्स फक्स बीबीसी रेडिओकी पूर्वप्रस्तोता हुन्। के कोरोनाभाइरस […]

कोरोनाले स्पेनकी राजकुमारीको निधन, राजकुमार पनि संक्रमित

काठमाडौं, १५ चैत । कोरोना भाइरस (कोभिड-१९) बाट स्पेनमा एक राजकीय सदस्यको ज्यान गएको छ । स्पेनकी राजकुमारी ८६ वर्षीया मारिया टेरेसाको शुक्रबार कोरोना भाइरसको कारण ज्यान गएको हो । टेरेसा स्पेनको बोउरबोन-पर्मा राजकीय परिवारकी सदस्य हुन् । युवराज सिक्टस हेनरीले शनिबार राजकुमारी टेरेसाको मृत्यु भएको पुष्टि गरेका हुन् । युवराज्ञीका कुनै सन्तान छैनन् । […]

विश्व मानव जीवनको भविष्य अनिश्चित दिशातिर गइरहेको डब्लुएचओको चेतावनी, अहिलेको क्षति सुरुवात मात्र

काठमाडौं, १५ चैत । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले महामारीका कारण विश्वको भविष्य अनिश्चित दिशातिर गइरहेको बताएको छ । कोरोना (कोभिड–१९) भाइरसको महामारीको अहिलेको क्षति शुरुवात मात्र भएको बताउँदै डब्ल्यूएचओले कोरोना महामारीको धनजनको क्षति यतिमै रोकिने अवस्था नरहेको पनि जनाएकाे छ ।    विश्वका धेरै देशमा यो महामारीको भर्खर सुरु मात्रै भएको बताउँदै डब्ल्यूएचओले बेलैमा […]

टेकु अस्पतालमा उपचाररत तीन कोरोनाका बिरामीको यस्तो छ अवस्था

काठमाडौं, १५ चैत । फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएर कोरोना भाइरसको उपचाररत १९ वर्षीया युवतीको अहिले पनि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन कक्षमा उपचारमा रहेकी छिन् । उपचाररत ती युवती अस्पतालबाट डिस्चार्ज भएको भनी समाजिक सञ्जाल र केही सञ्चारमाध्यममा आएपछि अस्पतालले युवती अस्पतालमै रहेको र उनको स्वास्थ्यमा राम्रो सुधार भइरहेको जनाएको […]

धनगढीमा पनि भेटिए कोरोना संक्रमित

काठमाडौं । नेपालमा चौथो व्यक्तिमा पनि कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । संक्रमित व्यक्ति सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारमा रहेका ३४ वर्षका नेपाली पुरूष भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए। मन्त्रालयको पत्रकार सम्मेलनमा जानकारी दिँदै देवकोटाले थप एक नेपालीमा संक्रमण भएको पुष्टि भएको बताएका हुन्। दुबईबाट आएका उनी चैत ११ गते […]

‘कोरोना भाइरसको शङ्का भएकाको परिचय गोप्य राख्नुपर्छ’

सञ्चारमाध्यम र सञ्चारकर्मीले कोभिड–१९ को सङ्क्रमण सम्बन्धमा समाचार सामग्री प्रकाशन, प्रसारण गर्दा आशङ्कित वा सङ्क्रमितको आशङ्का गरिएका वा सङ्क्रमितको व्यक्तिगत गोपनीयतामा ध्यान दिनुपर्ने व्यवस्थासहितको निर्देशिका जारी गरिएको छ । प्रेस काउन्सिल नेपालले कोरोना भाइरसको सङ्क्रमण सम्बन्धमा समाचार सामग्री प्रकाशन, प्रसारण गर्दा अपनाउनुपर्ने सावधानी र निर्वाह गर्नुपर्ने दायित्वका सम्बन्धमा उक्त निर्देशिका हालै जारी गरेको हो । […]

अमेरिकामा कोरोना संक्रमित नेपालीको मृत्यु, तीन संक्रमित

न्यूयोर्क । कोरोना संक्रमणबाट अमेरिकामा एक नेपालीको मृत्यु भएको छ । पाँचथर घर भएका ५० वर्षीय अनिल सुब्बाको सोमबार न्यूयोर्कमा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको नेपाली जनसम्पर्क समिति अमेरिकाका महासचिव मुनेन्द्र नेम्वाङले बताए । नेपालमा पाँचथर जिल्ला साविक रानीगाउँ गाविस घर भएका लिम्बु २० वर्षदेखि अमेरिकामा बासोबास गर्दै आएका थिए। लिम्बुका श्रीमती, दुई छोरा र […]

कोरोनाभाइरसको सङ्क्रमण तीव्र गतिमा फैलिरहेको विश्व स्वास्थ्य सङ्गठनको चेतावनी

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)का प्रमुखले कोरोनाभाइरस सङ्क्रमणको प्रकोप तीव्र गतिमा फैलिरहेको चेतावनी दिएका छन्।टेड्रोस एड्हानोम गेहब्रेयससले संसारभरि तीन लाखभन्दा धेरैमा सङ्क्रमण पाइएको भन्दै अझैपनि प्रकोपको गतिलाई परिवर्तन गर्न सकिने बताएका छन्।जिनिभास्थित बीबीसी सम्वाददाता इमोजेन फोक्स भन्छिन्, ‘पहिलो केस भेटिएको ६७ दिनपछि एक लाखमा सङ्क्रमण पाइयो। दुई लाख पुग्न अर्को ११ दिन लाग्यो। तर त्यसको चार […]

घरबाट निस्कन नपाइने, लकडाउन उल्लंघन गरे ६ महिना कैद

काठमाडौं । कोरोना भाइरसकाे संक्रमण रोक्न सरकारले अाज चैत ११ गतेदेखि चैत १८ गतेसम्म देशलाई ‘लकडाउन’ गरेको छ । याे अवधिमा देशभर बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म घरबाट बाहिर निस्कन रोक लगाइएको छ । लकडाउन उलंघन गरे ६ महिना कैद सजाय हुन सक्ने बताइएको छ । काठमाडौंमा एक जनामा कोरोना संक्रमण पुष्टि भएलगत्तै सरकारले […]

अर्घाखाँची जिल्ला ‘लकडाउन’को घोषणा

अर्घाखाँची ।  आज राति १२ बजेबाट अर्को सूचना जारी नभएसम्मका लागि अर्घाखाँची जिल्ला ‘लकडाउन’ हुने भएको छ । कोरोना भाइरस सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै आज जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले जिल्लालाई ‘लकडाउन’ गर्ने निर्णय गरेको हो । सतर्कता अपनाउन अन्य जिल्लाबाट अर्घाखाँची जिल्लामा प्रवेश गर्ने मालवाहक गाडीबाहेक अन्य […]