पछिल्लो २४ घण्टामा थप १०४४ जनामा कोरोना संक्रमण

काठमाडौं, २६ मंसिर । पछिल्लो २४ घण्टामा थप १०४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७४१४ जनामा गरिएको परीक्षणमा १०४४ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ४६ हजार ६९४ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या […]

कम्बोडियाका सवै जनतालाई कोरोनाभाइरसविरुद्धको खोप निःशुल्क दिइने

एजेन्सी । कम्बोडियाका सवै जनतालाई कोरोनाभाइरसविरुद्धको खोप निःशुल्क प्रदान गरिने भएको छ । प्रधानमन्त्री हुन सेनले सवै जनतालाई कुनै शुल्क नलिई कोरोनाविरुद्धको खोप प्रदान गरिने जानकारी दिएका छन् ।आफ्नो आधिकारीक फेसबुक पेजमार्फत उनले निःशुल्क खोप प्रदान गर्न सरोकारवालाहरुसँग परामर्श गर्न सरकारी अधिकारीहरूलाई निर्देशन पनि दिएका छन् । त्यसैगरी अर्थमन्त्रीलाई पनि उनले सवै जनतालाई निःशुल्क खोप […]

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट थप १३ जनाको निधन

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप १३ जना कोरोना संक्रमितको निधन भएको छ । यो संख्यासँगै कोरोना संक्रमणबाट निधन हुनेको संख्या १५ सय ५१ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज देशभरमा थप १३ सय ४३ जनामा कोरोना संक्रमण देखिएको पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ३७ हजार पाँच […]

२४ घन्टामा १३०४ जनामा कोरोना संक्रमण, २०७३ डिस्चार्ज, २१ को मृत्यु

काठमाडौं, १६ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३०४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार दिएको जानकारी अनुसार देशभरमा थप १ हजार ३०४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३३ हजार ४५२ पुगेको मन्त्रालयले जनाएको छ। आद देशभर सक्रिय संक्रमितको […]

२४ घन्टामा ९९११ नमूना परिक्षण हुँदा १४७४ नयाँ संक्रमित भेटिए

काठमाडौं, १५ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा थप १४७४ जना कोरोना भाइरसका संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका प्रयोगशालामा पछिल्लो २४ घन्टामा ९९११ जनामा गरिएको परीक्षणमा १४७४ जनामा संक्रमण पुष्टि भएको जनाएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २ लाख ३३ हजार ४५२ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो […]

आधा घण्टामै नतिजा आउने ‘एन्टिजेन विधि’बाट नेपालमा कोरोना परीक्षण सुरू

काठमाडौँ । सरकारले कोरोना परीक्षण गरेको आधा घण्टामा नै रिपोर्ट आउने एन्टिजेन विधिबाट परीक्षण सुरु गरेको छ। काठमाडौँको अनामनगर लगायतका विभिन्न स्थानमा सुरू गरिएको यो विधीको परीक्षणबाट तुरुन्तै नतिजा आउने छ । संक्रमितको शरीरमा विकास हुने एन्टिबडीसँगै पीसीआरले झैँ जीवाणु छ कि छैन भनेर पत्ता लगाउन र्‍यापिड टेस्ट किटमार्फत गरिने परीक्षण ‘एन्टिजेन’ सुरू भएको हो […]

देशभर ४०३ अस्पताल एकैसाथ शिलान्यास गरिँदै

काठमाडौँ । आज मुलुकभर एकसाथ ४०३ वटा अस्पतालको शिलान्यास हुँदैछ । ३९६ पालिकामा आधारभूत अस्पताल र सातवटै प्रदेशमा सरुवा रोग अस्पताल गरी ४०३ अस्पताल भवनको शिलान्यास हुँन लागेको हो । पालिकासम्म स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले सरकारले आज एकैसाथ अस्पताल भवन शिलान्यास गर्न लागेको हो । बजेट भाषणका क्रममा गरिएको घोषणा कार्यान्वयनका क्रममा सरकारले पहिलो चरणमा […]

काठमाडौं महानगरले सञ्चालन गर्यो स्वाब संकलन मोवाइल भ्यान ,अशक्त, अपाङ्गता भएका, दीर्घ रोगी र जेष्ठ नागरिकको घरदैलोमै पुगेर स्वाब संकलन गरिने

  काठमाडौं । काठमाडौं महानगरले आजबाट स्वाब संकलनका लागि मोवाइल भ्यान सञ्चालनमा ल्याएको छ । महानगरले उपलब्ध गराएको सवारी साधनमा नेपाल बिज्ञान तथा प्रबिधि प्रज्ञा प्रतिष्ठानले पोजेटिभ एअर प्रेसर मेन्टेन्ड कक्ष जडान गरेर महानगरलाई हस्तान्तरण गरेपछि भ्यान सञ्चालनमा आएको हो । राष्ट्रिय सभा गृहमा आयोजना गरिएको कार्यक्रममा प्रतिष्ठानका सचिव डा. महेशकुमार अधिकारीले महानगरका प्रमुख बिद्यासुन्दर […]

कोरोना विरुद्धको खोप ल्याउन औषधि अध्यादेश जारी

  काठमाडौँ। कोरोना विरुद्धको खोप ल्याउन औषधि अध्यादेश जारी भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले आज उक्त औषधि अध्यादेश जारी गर्नु भएको हो । कोरोना भाइरस (कोभिड- १९)को औषधि पत्ता लागेपछि नेपालमा आयात सहजताका लागि कानुनि समस्या नहोस् भन्ने उदेश्यले सरकारले अध्यादेश सिफारिस गरेको थियो । राष्ट्रपति भण्डारीले ‘औषधि (तेस्रो संसोधन) अध्यादेश, २०७७’ बुधबार जारी गरेको राष्ट्रपति […]

देशभर २४ घण्टामा थपिए २१११ कोरोना संक्रमित

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २१११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ६ हजार ३५३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ३७०२२ रहेको छ । पछिल्लो २४ घण्टामा थप ३५३७ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै […]