अनेसास दर्पणको संयोजनमा ‘मिलाप’ मासिकले उपन्यासकार नगेन्द्र न्यौपानेको चौथो उपन्यास ‘दरबारको कानुन’ को आज लोकार्पण गरेको छ । साहित्यकार प्राध्यापक पुरूषोत्तम दाहालको अध्यक्षता र प्राडा शैलेन्दुप्रकाश नेपालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रमुख अतिथि, सभाध्यक्ष, विशेष अतिथि खेमनाथ दाहाल, राधेश्याम लेकाली, ईश्वरी वाग्ले, डा. यज्ञश्वर निरौला, डा. अम्बिका अर्याल, सन्तोष श्रेष्ठ लगायत मञ्चासीनहरुले कृतिको लोकार्पण गरेका […]
समाचार
श्रद्धाञ्जली सभामा ‘मेरो देश प्रेमको देश’ अभियानको चर्चा
२०८२ मंसिर १४, काठमाडौं । अनेसास केन्द्रका पूर्व अध्यक्ष मोहन सिटौला तथा अनेसास डिसी च्याप्टरका उपाध्यक्ष कविन्द्र सिटौलाकी ममतामयी माता मनमाया सिटौलाको श्रद्धाञ्जली सभा एवम् कवि कविन्द्र सिटौलाको ‘मेरो देश प्रेमको देश’ अभियानको बारेमा जानकारी दिने उद्देश्यले आज एक कार्यक्रमको आयोजना गरियो । अनामनगरस्थित डालो रेष्टुरेन्टमा आयोजना गरिएको सो शोकसभा कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व […]
साहित्यकार केदार सङ्केतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण
बेलायतमा बसोबास गर्ने विशेषगरी युद्ध साहित्यमा आफ्नो पहिचान बनाएका स्रष्टा केदार सङ्केतको नवीनतम कथासङ्ग्रह ‘अन्तिम साँझ’ गत आइतवार साँझ लोकार्पण गरिएको छ । वरिष्ठ साहित्यकार खेमनाथ दाहालले सभापतित्व गरेको कार्यक्रमलाई अनेसास दर्पणका कार्यकारी सम्पादक रमेश दाहालद्वारा स्वागत तथा गीता अधिकारीले सहजीकरण गरिएको थियो । मिलाप पब्लिकेशनको आयोजना तथा अनेसास दर्पणको संयोजनमा ललितपुर कुमारीपाटीस्थित ऐला लाउन्जमा […]
मदनराजको ‘अतीतको झझल्को’ सार्वजनिक
ललितपुर । साहित्यकार मदनराज ताम्राकारद्वारा लिखित आत्मकथात्मक कृति ‘अतीतको झझल्को’ सार्वजनिक गरिएको छ। ललितपुरको जावलाखेलमा शनिबार आयोजित कार्यक्रममा वरिष्ठ साहित्यकार तथा प्राज्ञ डा. तुलसीप्रसाद भट्टराईले पुस्तक विमोचन गरे। जीवन, संघर्ष र स्मृतिको दस्तावेज ‘अतीतको झझल्को’ पुस्तकमा लेखक ताम्राकारका जीवनअनुभव, जागिरे जीवनका भोगाइ, देश–विदेश भ्रमणका संस्मरण तथा आत्मकथ्यपरक निबन्धहरू समेटिएका छन्। नेपाल बैंकदेखि एभरेष्ट बैंकसम्मको लामो […]
उषा केसीको ‘हिउँफूल’ उपन्यासमाथि चर्चा
शब्दयात्रा प्रकाशनले शब्दसाधना प्रस्तुतीकरण कार्यक्रमको दोस्रो शृङ्खलामा आज २०८२ पुस १० गते बिहीबार उषा केसीद्वारा लिखित उपन्यास ‘हिउँफूल’ माथिको संवाद कार्यक्रम आयोजना गरेको थियो । अग्रज समालोचक डा. दयाराम श्रेष्ठ प्रमुख अतिथि र शब्दयात्रा प्रकाशनका जग्गादाता कृष्णमणि कुइकेल सभापति रहेको आजको कार्यक्रममा शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीले शब्दयात्रा प्रकाशनका विषयमा जानकारी गराएका थिए । […]
गीतकार श्रीराम राईको ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ सार्वजनिक
गीतकार श्रीराम राईको ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ गीत ओसियन म्युजिक नेपालको यूट्युब च्यानलबाट सार्वजनिक भएको छ। संगीतकार ओमप्रकाश राईको संगीत र गायिका पेमा शेर्पा राईको गायनले गीतलाई जीवन्त बनाएको छ। गीतको एरेन्ज सन्तोष प्रगाढ राईले गरेका छन्। त्यस्तै इडिटिङ वीरेन्द्र भाट ‘विपिन’ र मिक्सिङ–मास्टरिङ गोविन्द सोनीले गरेका छन्। गीतले एकतर्फी प्रेमको पीडा […]
कांग्रेस नेता महरको गीत सार्वजनिक, मन्त्री र महानायकदेखि दर्जन बढीको अभिनय
ललितपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैन सिंह महरको शब्दमा उनिएको ‘बन्छ मेरो देश बन्छ’ बोलको राष्ट्रिय गीत सार्वजनिक भएको छ । ललितपुरमा बुधबार एक कार्यक्रम गरी ओएसआर डिजिटल युट्युव च्यानल मार्फत देशभक्तिपूर्ण उक्त गीतको सार्वजनिक गरिएको छ। गीतमा निराशा र बेथितिले सबैलाई पिरोलिरहेको बेला आशाको सञ्चार गर्न प्रयास गरिएको छ। उक्त गीतमा शिक्षा मन्त्री […]
बलामीका दुई कृति बजारमा
काठमाडौ । गजलकार रीता बलामीको ‘आभासपुञ्ज’ गजलसङ्ग्रह र ‘बालमञ्जरी’ बालकवितासङ्ग्रह विमोचन भएको छ । प्रज्ञाभवनको लेखनाथ सभाकक्षमा कार्यक्रमका प्रमुख अतिथि एवम् वरिष्ठ गीतकार प्राडा कृष्णहरि बराल र अन्य अथितिले संयुक्तरूपमा उनको गजलसङ्ग्रह आभासपुञ्जको विमोचन गरे । वरिष्ठ कवि स्नेह सायमीको संयोजकत्वमा रातोघर र कार्डिनल इन्टरनेशनल बोर्डिङ हाइस्कुलद्वारा आयोजित सो विमोचन कार्यक्रममा ‘बालमञ्जरी’ को विमोचन प्रमुख […]
खेमनाथ दाहालको रचना र ज्ञानु रानाको स्वर रहेको ‘बित्छ बिहान आमाको’ गीत सार्वजनिक
महाकाव्यकार खेमनाथ दाहालको शब्द रचना रहेको गीत ‘बित्छ बिहान आमाको’ सार्वजनिक भएको छ । डा.यज्ञश्वर निरौलाको प्रमुख आतिथ्यतामा बिहीबार काठमाडौंमा एक विशेष कार्यक्रमबीच उक्त गीतको भिडियो सार्वजनिक गरिएको हो । विशिष्ठ गायिका ज्ञानु राणाको स्वरमा रहेको गीत महाकाव्यकार दाहालको कृति ‘योद्धा’मा रहेको काव्यलाई कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठको संगीत गरेका हुन् । मिलापको आयोजनामा साहित्यकार लेखनाथ […]
साहित्यिक पत्रकार संघद्वारा दुई पुस्तक लोकार्पित
काठमाडौँ। साहित्यिक पत्रकार संघ (सापस) द्वारा आयोजित भव्य साहित्यिक समारोहमार्फत कवि किशनसिंह धामीको कविता–सङ्ग्रह ‘सम्बोधनमा छोरी’ र समालोचक डा. हिरण्यलाल ज्ञवालीको समालोचनात्मक कृति ‘एटलान्टिकका भँगालामा डुबुल्की मार्दा’ को आज विधिवत् लोकार्पण सम्पन्न भएको छ। नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व उपकुलपति तथा प्रतिष्ठित साहित्यकार विष्णुविभू घिमिरेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको सभापतित्व साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीले गरेका […]











