विराट नेपाल भाषा साहित्य सम्मेलन सम्पन्न

भक्तपुर, २५ असोज । यहाँ आयोजित ५८ औँ विराट नेपाल भाषा साहित्य सम्मेलन सम्पन्न भएको छ । विराट गुथिले भक्तपुरको सूर्यविनायकमा दुईदिन सञ्चालन गरेको सो सम्मेलनमा विराट गुथीका सल्लाहकार कवि योगेन्द्र प्रधानले विराट भाषा साहित्य सम्मेलनले भाषिक तथा साहित्यक योगदान दिँदै धेरै साहित्यकार जन्माएको बताए । विराट गुथी कुनै राजनीतिक पार्टीको संस्था नभएकाले नेपाल भाषाको […]

राइनास साहित्य पदयात्रा सम्पन्न

लमजुङ, १९ असोज । बडादशैँको शुभमकामना आदानप्रदान गर्नका लागि राइनास साहित्य पदयात्रा २०७६ गरिएको छ । राइनास नगरपालिकाको सहयोगमा राइनास वाङ्मय प्रतिष्ठान र सौभाग्यदेव पूर्वविद्यार्थी समाज राइनासले नगरपालिकाका बासिन्दालाई दशैँको शुभकामना दिँदै पदयात्रा गरेको हो । फूलपाती अर्थात् शनिबारदेखि नगरपालिका ४ सातबिसे बजारबाट शुरु भई भलायोखर्क, राइनासकोट, तीनपीप्लेलगायत स्थान हुँदै सातबीसे बजारमा नै आएर आज […]

को हुन महाकवि देवकोटाको विश्वचर्चित निबन्ध के नेपाल सानो छ मा प्रयुक्त पात्रहरु ?

१. विषयप्रवेश महाकवि लक्ष्मीप्रसाद देवकोटाको ‘के नेपाल सानो छ ?’ निबन्ध त्रिभुवन विश्वविद्यालयको मानविकी संकायको स्नातक तहमा पढाइ हुन्छ । लक्ष्मी निबन्ध संग्रहमा संकलित यो निबन्धमा देवकोटाले विश्वप्रसिद्ध लेखक, कलाकार, दार्शनिक, संगीतकार, खेलाडी आदि व्यक्तिहरुको नाम प्रयोग गरेका छन् । निबन्धगत सौन्दर्य र भावलाई सघन बनाउन यस्ता नामहरुले निकै सहयोग पु¥याएको पाइन्छ । यो देवकोटाको […]

‘सिम्ता दरा’ विमोचन

सुर्खेत, १७ असोज । सिम्ता गाउँपालिकाका अध्यक्ष कविन्द्रकुमार केसीले म्युजिक भिडियो ‘सिम्ता दरा’ बजारमा ल्याउनुभएको छ । सिम्ता क्षेत्रको कला–संस्कृति र प्राकृतिक सुन्दरता समेटिएको उक्त एल्बम आज कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले विमोचन गरेका हुन. । मन्त्री रावलले कर्णाली कला, भाषा र संस्कृतिको खानी भएको बताए । “सिम्ता क्षेत्रमा मात्रै नभई कर्णालीमा पर्याप्त सांस्कृतिक, […]

बजार खोज्दै एकेडेमीका प्रकाशन

काठमाडौँ, १७ असोज । नेपाल प्रज्ञा प्रतिष्ठानले विभिन्न भाषाभाषीसहित एक दर्जन साहित्यिक पत्रिकाको प्रकाशन गरे पनि उचित बजार पाउन सकेको छैन । प्रतिष्ठानले विगतदेखि प्रकाशन भइरहेको र केही नयाँसहित गद्यप्रधान त्रैमासिक ‘समकालीन’, विज्ञसमीक्षित अर्धवार्षिक जर्नल ‘प्रज्ञा’, अनुसन्धानमूलक अर्धवार्षिक अङ्ग्रेजी जर्नल ‘जर्नल अफ नेप्लिज स्टडिज’, कविताप्रधान त्रैमासिक ‘कविता’, समाचारप्रधान त्रैमासिकको नियमित प्रकाशन गरिरहेको छ । यसैगरी, […]

साहित्य र पर्यटन सँगसँगै लगिने

काठमाडौँ, १५ असोज । त्रिशूली वाङ्मय प्रतिष्ठानको आयोजनामा भएको शारदीय काव्योत्सवमा करीब २५ कविले आआफ्ना सिर्जना वाचन गरेका छन् ।  संस्थाका उपाध्यक्ष राजेन्द्रमान डङ्गोलको अध्यक्षतामा भएको कार्यक्रममा कविता वाचन गर्नेमा बलराम दाहाल, प्रकाश गफाडी, रामकुमार एलन, उमेश पाण्डे, कृष्णदेव रिमाल, जीतेन्द्र रसिक, समाश्री, माधव अटल, धरणीधर गुरागाईं, गीता रेग्मी, प्रेमिला राई, केशवराज जोशी, गङ्गा आचार्य, […]

पन्ध्र वर्षपछि ‘प्रतिगन्ध’ उपन्यासका साथ सरुभक्त

चिप्लेढुङ्गा, १३ असोज । साहित्यमा उपन्यासबाट उचाइमा रहेका साहित्यकार सरुभक्तले १५ वर्षपछि सातौँ उपन्यास प्रतिगन्ध लिएर पाठक समक्ष आएका छन । २०६१ सालमा अमेरिका भ्रमणमा पुग्दा नेपालीले भोगिरहेका विविध पक्षहरु नियालिरहँदा उत्पन्न अनेक अनुभूतिको समिश्रणलाई उतार्न अठोट लिएर उनि फर्किएका थिए । अमेरिकामा बसेका नेपालीले भोगेको भोगाइको साझा चित्रणलाई सरुभक्तले १५ वर्षपछि प्रतिगन्ध उपन्यासमा सार्वजनिक […]

ताम्राकारको ‘अनाम परिधि’ विमोचित

विराटनगर, १२ असोज । कथाकार रीता ताम्राकारको चौथो कथाकृति ‘अनाम परिधि’ आज इटहरीमा आयोजित कार्यक्रममा विमोचन गरिएको छ । साहित्य सञ्चार प्रतिष्ठान इटहरीद्वारा आयोजित कार्यक्रममा कवयित्री कुन्ता शर्मा, प्राज्ञ विवश पोखरेल, कवि मनु मञ्जिल, बद्री भिखारी लगायतले ‘अनाम परिधि’ कथासङ्ग्रहको विमोचन गरेका थिए । विमोचित कथासङ्ग्रहका बारेमा समालोचक डा रामजी तिम्सिनाले टिप्पणी गरेकन थिए । […]

दानी साहित्यकार सबै पुरस्कारको रकम संस्थालाई

बागलुङ, ११ असोज । साहित्यकार काजी रोशनले आफूले पाएका सबै पुरस्कार र सम्मानबापतको रकम धौलागिरि साहित्य प्रतिष्ठानलाई प्रदान गर्दै आएका छन् । हालसम्म राष्ट्रिय र क्षेत्रीयस्तरमा प्राप्त १६ वटा पुरस्कार÷सम्मानको रकम प्रतिष्ठानलाई समर्पित गरेको साहित्यकार रोशनले बताए । उनले पहिलोपटक विसं २०४५ मा पाएको युवा वर्ष मोती पुरस्कारको रकम सात हजार ५०० प्रतिष्ठानलाई हस्तान्तरण गरेका […]

लाशमाथिको ‘महाभोज’

काठमाडौँ, ९ असोज । ‘बेवारिसे लाशलाई लुछिलुछी खाँन्छन् गिद्धहरुले, तर मेरो लास बेवारिसे होइन, मेरो आमा छिन् र बा पनि’, काठमाडौँको अनामनगरस्थित मण्डला थिएटरको प्रेक्षालयमा आवाज गुञ्जिन्छ । चकमन्न थिएटरको अँध्यारो कोठामा भरिभराउ दर्शकको मन सिरिङ्ग पार्नेगरी आएको दृश्यसहितको आवजलेनै बोलिरहेको थियो कारुणिक कथा । सन् १९३१ मा भारतको मध्यप्रदेशमा जन्मेकी मन्नु भण्डारीले सन् १९७९ […]