काठमाडौँ । पत्रकार दिनेश सिटौलाको निधन भएको छ। आइतबार मध्याह्न १२:४५ बजे उनको निधन भएको ग्राण्डी अस्पतालले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ। ‘चिकित्सकीय प्रोटोकलअनुसार मस्तिष्कको कार्य क्षमता परिक्षण गर्न एप्निय परीक्षण गरियो जुन पोजिटिभ थियो। जसले स्वतः श्रासप्रश्वास नभएको जनाउँछ। र उहाँको १२:४५ बजे निधन भएको जानकारी गराउँछौं,’ विज्ञप्तिमा भनिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ […]
समाचार
ओरालो यात्रामा सुन, आज पनि घट्यो प्रतितोला १८ हजार ८ सय
काठमाडौ । आइतबार नेपाली बजारमा सुनको मूल्य १८ हजार ८ सय रुपैयाँले घटेको छ । नेपाली सुन चाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला ३ लाख रुपैयाँ कारोबार भइरहेको छ । शुक्रबार सुन प्रतितोला ३ लाख १८ हजार ८ सय रुपैयाँ थियो । आइतबार चाँदीको मूल्य पनि घटेको छ । चाँदी प्रतितोला १ हजार ५ सय […]
अमेरिकासँग वार्ता गर्न इरान तयार, ट्रम्पको धम्कीले तनाव कायमै
काठमाडौं । इरानका शीर्ष राष्ट्रिय सुरक्षा अधिकारीले अमेरिका र इरानबीच वार्ताका लागि संरचना निर्माणको काम अघि बढिरहेको बताएका छन् । खाडी क्षेत्रमा अमेरिकाले सैन्य उपस्थिति बढाइरहेका बेला यस्तो इरानका उच्च अधिकारीबाट सो अभिव्यक्ति आएको हो । इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का प्रमुख अली लारिजानीले शनिबार सामाजिक सञ्जालमा लेख्दै ‘मिडियामा सिर्जना गरिएको कृत्रिम युद्धको माहोलभन्दा फरक […]
सहारा क्लब पोखराले आहा रारा गोल्डकपको सिल्भर जुब्ली सेलिब्रेसन गर्ने
पोखरा । सहारा क्लब पोखराले यो वर्ष आहा रारा पोखरा गोल्डकपको सिल्भर जुब्ली सेलिब्रेसन गर्ने भएको छ । प्रतियोगिताको २५ औँ संस्करण माघ २७ देखि फागुन ९ गतेसम्म हुँदैछ । पोखरालाई खेलकुद पर्यटनको सहरका रूपमा स्थापित गर्ने उद्देश्य बोकेको फुटबल प्रतियोगिताको २५ औँ संस्करणमा पुरस्कार राशि थपिएको छ भने रातको समयमा फ्लडलाइटमा खेल हुने भएको […]
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न माग गरेका छन् । एमाले ओखलढुंगा काठमाडौँ सम्पर्क मञ्चले शनिबार काठमाडौँमा आयोजना गरेको चुनावी भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले संवैधानिक सङ्कटमा देश फसेको बेलामा मौन बस्दा अदालतको औचित्यमाथि नै प्रश्न उठ्ने भन्दै संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न माग गरेका हुन् […]
आजको मौसम : यी तीन प्रदेशमा हिमपातसहित हल्का वर्षाको सम्भावना
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले सुदूरपश्चिम प्रदेशको तराई भूभागका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागमा आंशिक बादल लागेको छ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ […]
पत्रकार पण्डितको स्मृतिमा पत्रकारिता पुरस्कार स्थापना गरिने
काठमाडौ । शिक्षा पत्रकार समूहले शिक्षा पत्रकार शेषकान्त पण्डितको स्मृतिमा शिक्षा पत्रकारिता पुरस्कार स्थापना गर्ने घोषणा गरेको छ ।पण्डितको दोस्रो पुण्यतिथिका दिन शनिबार आयोजित श्रद्धाञ्जलीसभामा समूहकी अध्यक्ष निर्जला कक्षपतिले पुरस्कार स्थापना गर्ने घोषणा गरेकी हुन् । शिक्षा पत्रकारितामा पण्डितको योगदानलाई चिरस्थायी बनाउन पुरस्कार स्थापनाको घोषणा गर्नु प्रशंसनीय रहेको पूर्व अध्यक्ष प्रकाश सिलवालले प्रतिक्रिया दिए । […]
कांग्रेसले युवाहरू विदेश जान नपर्ने वातावरणमा बनाउँछ : सभापति थापा
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले कांग्रेसको कार्यकालमा नेपाली युवाहरू विदेश जान नपर्ने गरी वातावरण बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। काठमाडौं ४ मा शनिवार भएको कार्यक्रममा बोल्दै नेपाली युवाहरूलाई नेपालमै काम उपलब्ध गराउने वातावरण बनाउने बताए। उनले भने, ‘नेपाली युवाहरू अब विदेशमा भौँतारिनु पर्दैन। हामी नेपालमै युवाहरूलाई रोजगारी दिलाउने छौँ । काठमाडौंका फुटपाथमा सामान […]
भक्तपुरमा दुई दशक बढी जनसेवामा सक्रिय दीपशिखा भन्छन् – जीवन रहेसम्म जनसेवामा समर्पित
भक्तपुर । नेपाली कम्युनिस्ट पार्टीले मध्यपुर थिमि नगरपालिकाको ऐतिहासिक एवं सांस्कृतिक नगरी नगदेशमा आफ्नो चुनावी सम्पर्क कार्यालय स्थापना गरेको छ। नगदेशको न्याचामा स्थापना गरिएको कार्यालय शुक्रबार शहीद दिवसको अवसर पारेर सो क्षेत्रका प्रत्यक्ष तर्फका उम्मेदवार रामप्रसाद सापकोटा दीपशिखा र समानुपातिक उम्मेदवार दिलिप प्रजापति भीष्मले उद्घाटन गरेका छन् । सो अवसरमा कार्यकर्ता र स्थानीयलाई सम्बोधन गर्दै […]
खगेन्द्र सुनारको विवादित अभिव्यक्तिपछि बोल्यो रास्वपा
काठमाडौँ । बाँके क्षेत्र नम्बर ३ बाट उम्मेदवार बनेका खगेन्द्र सुनारको विवादित अभिव्यक्तिलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सुनारले राष्ट्रिय जनावर गाईको विषयमा दिएको अभिव्यक्ति विवादित बनेपछि रास्वपाले ध्यानाकर्षण भएको जनाएको हो । शुक्रबार महामन्त्री कविन्द्र बुर्लाकोटीले विज्ञप्ति जारी गर्दै रास्वपामा जोडिनु अगाडि सुनारले व्यक्त गरेको अभिव्यक्तिलाई लिएर समाजमा पर्न गएको […]











