चिप्लेढुङ्गा, १३ असोज । साहित्यमा उपन्यासबाट उचाइमा रहेका साहित्यकार सरुभक्तले १५ वर्षपछि सातौँ उपन्यास प्रतिगन्ध लिएर पाठक समक्ष आएका छन । २०६१ सालमा अमेरिका भ्रमणमा पुग्दा नेपालीले भोगिरहेका विविध पक्षहरु नियालिरहँदा उत्पन्न अनेक अनुभूतिको समिश्रणलाई उतार्न अठोट लिएर उनि फर्किएका थिए । अमेरिकामा बसेका नेपालीले भोगेको भोगाइको साझा चित्रणलाई सरुभक्तले १५ वर्षपछि प्रतिगन्ध उपन्यासमा सार्वजनिक […]
समाचार
बेपत्ता दुई बालिकामध्ये एकको शव फेला
गलेश्वर, १३ असोज । असोज ५ गते शनिबार राति म्याग्दीको बेनी नगरपालिका २ बगरफाँटस्थित कोटखोलामा आएको बाढीले बेपत्ता भएका दुई बालिकामध्ये एकको शव फेला परेको छ भने एक बालिकाको अवस्था अझैसम्म पनि अज्ञात रहेको छ । शनिबार राति १०ः३० बजे भीषण वर्षापछि खोलामा आएको बाढीले १० वर्षकी प्रवीना परियार र ८ वर्षकी अनुश्का परियार बेपत्ता […]
मार्बल झार्दा च्यापिएर मजदूरको मृत्यु
गोरखा, १३ असोज । गोरखा नगरपालिका–६ स्थित हरमटारीमा निर्माणाधीन भवनको मार्बल झार्ने क्रममा च्यापिएर एक मजदूरको मृत्यु भएको छ । भूकम्पले क्षति पु¥याएपछि निर्माणाधीन जिल्ला अदालत गोरखाको भवनका लागि ल्याइएको मार्बल झार्ने क्रममा सिरहा मोतीपुर घर भएका ३० वर्षीय नागेन्द्र शाहानीको च्यापिएर गए राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक मित्रबन्धु शर्माले […]
अविरल वर्षाले जनजीवन प्रभावित
लहान, १३ असोज । विगत चार दिनदेखिको अविरल वर्षाका कारण सिरहाको जनजीवन प्रभावित भएको छ । लगातारको वर्षाले सहजरुपमा सर्वसाधारणले आफ्ना काम गर्न पाएका छैनन् भने विजयदशमी शुरु भइसक्दा पनि बजारमा चहलपहल बढेको छैन् । दिनभरिनै झरीसँगै चिसो हावा चल्ने गरेकाले सर्वसाधारणको जनजीवन कष्टकर बनेको छ । वर्षाले गाउँघर तथा शहर बजारका धेरै सडक हिलाम्य […]
वर्षाले जनजीवन अस्तव्यस्त
जलेश्वर, १२ असोज । महोत्तरीमा सात दिनदेखि लगातार वर्षा हुँदै आएको छ । बिहान, बेलुका वा राति कुनै पनि समयमा नरोकी अविरलरुपमा जिल्लामा वर्षा भइरहेको हुनाले यहाँको जनजीवन अस्तव्यस्त बनेको छ । दैनिक अविरलरुपमा पानी पर्दा लाखौँ मूल्यका तरकारीबाली नष्ट हुनाका साथै धानखेतीलाई पनि अत्यधिक पानी भएपछि नोक्सानी भइरहेको किसान बताउँछन् । त्यस्तै पानी पर्दा […]
विद्यालयलाई चार जनाले गरे जग्गा दान
गलकोट, १२ असोज । बागलुङको काठेखाला गाउँपालिका–७ स्थित रेश नुन्थला माविको शैक्षिक उन्नयनका लागि पाँच रोपनी जग्गा निःशुःक उपलब्ध गराइएको छ । प्राविधिकधार तर्फको अध्यापन र शैक्षिक गुणस्तरमा अभिवृद्धि गराउनका लागि विद्यालयलाई आवश्यक पर्ने जग्गा स्थानीय सहयोगदाताले विद्यालयका नाममा नामसरी भएर आएका विद्यालयले जनाएको छ । शैक्षिक उन्नयनका स्थानीय चार जनाले विद्यालयलाई निःशुल्क जग्गा उपलब्ध […]
काङ्ग्रेस एकढिक्का भए कसैले हराउन सक्दैनः महामन्त्री कोइराला
काठमाडौँ, १२ असोज । नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले काङ्ग्रेस एकढिक्का भए आगामी निर्वाचनमा कसैले हराउन नसक्ने बताएका छन । नेपाली काङ्ग्रेस नुवाकोटको विदुर, बेलकोटगढी, ककनी–काठमाडौँ सम्पर्क समितिले आज यहाँ आयोजना गरेको ‘शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम’मा उनले काङ्ग्रेस एकढिक्का भएर अगाडि बढ्नुपर्ने बताए । “काङ्ग्रेस गुटरहित र एकढिक्का भए अर्को निर्वाचनमा कसैले हराउन […]
यथार्थ बुझेर मात्रै पत्रकारले समाचार लेख्नुपर्छ : मन्त्री बाँस्कोटा
काभ्रेपलाञ्चोक, १२ असोज । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पत्रकारले जुनसुकै विषयमा पनि यथार्थ बुझेर मात्रै समाचार लेख्नुपर्ने बताएका छन । नेपाल पत्रकार महासङ्घ जिल्ला शाखाको बनेपामा नवनिर्मित भवन उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै उनले समाचार सन्सनी बनाउने नाममा मिथ्या समाचार सम्प्रेषण गरिएकामा रोष प्रकट गरे । उनले भने, “समाचार सन्सनी बनाउने नाममा तथ्यहीन समाचार […]
ज्ञानेन्द्रमाथि भएको आक्रमणका विरुद्ध उत्रिए रवि लामिछाने
काठमाडौं, १२ असोज । चर्चित टेलिभिजन पत्रकार रवि लामिछाने चितवनमा भएको घटनाका विरुद्धा उत्रिएका छन् । शनिवार चितवनको चौबीसकोठीमा नेपालका लागि नेपाली अभियानका ज्ञानेन्द्र शाहीमाथि भएको सांघातिक आक्रमणका विरुद्ध पत्रकार लामिछाने उत्रिएका हुन् । लामिछानेले ज्ञानेन्द्रमाथिको आक्रमण अभिव्यक्ति स्वतन्त्रतामाथिको भद्दा मजाक भएको बताएका छन् । उनले संविधानले हरेक नागरिकलाई बोल्न पाउने स्वतन्त्रता दिइएको भए पनि […]
शहरी सौन्दर्य बिगार्ने तार दशैँअगावै व्यवस्थित गर्न प्राधिकरणको निर्देशन
काठमाडौँ, १२ असोज । शहरी क्षेत्रमा निजी इन्टरनेट सेवाप्रदायक, केवल अपरेटर तथा अन्य सङ्घ संस्थाका तारले सौन्दर्य बिगारेको भन्दै नेपाल दूरसञ्चार प्राधिकरणले दशैँअगावै त्यस्ता अव्यवस्थित तार नहटाए आफैँ हटाइदिने चेतावनी दिएको छ । गम्भीर दुर्घटनासमेत भएको तर तार राख्ने निकायले त्यसप्रति कुनै जिम्मेवारी नै नलिएको भन्दै प्राधिकरणले त्यस्ता तार तत्काल व्यवस्थित गर्न अन्यथा, त्यस्ता तार […]