सानो पाथिभरामा प्रसादको भण्डारा लगाइने

भद्रपुर, १२ असोज । सानो पाथिभरादेवीको नामले प्रसिद्ध इलामको कुटीडाँडास्थित पाथिभरा मन्दिरमा आउँदो बडादशैँको फूलपातीका दिन प्रसादको भण्डारा लगाइने भएको छ । झापाको विर्तामोडका व्यवसायीको आयोजनामा यही असोज १८ गते फूलपातीका दिन प्रसादको भण्डारा लगाइने भएको हो । यस वर्ष आयोजना गर्न लागिएको भण्डारा दशौँ पटकको हुने पाथिभरा भण्डारा समितिका सदस्य सन्तोष अग्रवालले जानकारी दिए […]

भक्तपुरका शक्तिपीठमा नवरात्रि मेला शुरु

भक्तपुर, १२ असोज । घटस्थापनाको दिन आज बिहानैदेखि भक्तपुरका शक्तिपीठमा दर्शनार्थीको भीड लागेको छ । आजैबाट भक्तपुरमा नवरात्रि मेलासमेत शुरु भएको छ । यहाँका विभिन्न नौ शक्तिपीठमा आजदेखि बिहान र साँझ गरी दिनमा दुईपटक मेला लाग्छ । विशेषगरी रातको समयमा भव्य मेला लाग्ने भएकाले नवरात्रि मेला पनि भन्ने गरिन्छ । नवरात्रि मेलामा यहाँका शक्तिपीठमध्ये पहिलो […]

४९६ को निःशुल्क स्वास्थ्य उपचार

गोरखा, १२ असोज । गोरखाको भीमसेन थापा गाउँपालिका– ७ बोर्लाङमा भएको एकदिने निःशुल्क स्वास्थ्य शिविरमा ४९६ ले स्वास्थ्य उपचार गराएका छन् । वडा कार्यालय र बरदान हस्पिटल गोरखाको संयुक्त आयोजनामा शनिबार भएको शिविरमा महिलाको पाठेघर, अन्य बिरामीको फोक्सो, कलेजो, आँखा जाँच, उच्च रक्तचाप जाँचलगायतका स्वास्थ्य सेवा प्रदान गरिएको वडाध्यक्ष नारायण श्रेष्ठले जानकारी दिए । नागरिकमा […]

मैथिली साहित्य परिषद्मा दत्त निर्वाचित

सप्तरी, १२ असोज । मैथिली साहित्य परिषद्को दुईवर्षे कार्यकालका लागि बहुमत पदसहित सतिशकुमार दत्त विजयी भएका छन ।राजविराजमा आज बिहान प्रकाशित मत परिणामअनुसार २९७ मत प्राप्त गरी अध्यक्ष पदमा दत्त निर्वाचित भएका हुन । उनको प्रतिद्वन्द्वी रामखेलावन यादवले १६७ मत ल्याएको निर्वाचन समितिका संयोजक नथुनी दासले बताए । परिषद् उपाध्यक्षमा श्यामसुन्दर यादव, सचिवमा अजयकुमार झा, […]

विपन्न परिवारको उपचारका लागि भेटिपेटिकाको शुरुआत

बेझाड, १२ असोज । गरीब, विपन्न परिवारको उपचारमा आर्थिक सहयोगका लागि पाल्पाको रामपुर नगरपालिकामा भेटिपेटिकाको शुरुआत गरिएकोे छ । मृत्यु संस्कारमा भेटघाटको क्रममा लगिने फलफूल, चामल, घिउजस्ता वस्तुको अन्त्य गरी वडा नं ७ को कार्यालयले भेटिपेटिकाको व्यवस्था शुरु गरेकोे हो । मृत्यु संस्कारमा लगिने फलफूल, चामल, घिउकोे ठाउँमा रकम सङ्कलन गरी गरीब तथा विपन्नको उपचारमा […]

पाटन–पञ्चेश्वर सडक अवरुद्ध

बैतडी, १२ असोज । केही दिनदेखिको अविरल वर्षाका कारण सडक भासिँदा पाटन–पञ्चेश्वर सडक अवरुद्ध भएको छ । उक्त सडकखण्डको पाटन नगरपालिका वडा नं ६ लोर्खा सडक भासिएर शनिबार बेलुकादेखि सडक अवरुद्ध भएको हो । अवरुद्ध सडक सञ्चालनका लागि सडक डिभिजन कार्यालयसँग समन्वय भइरहेको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिए । सडक […]

श्रम ऐन कार्यान्वयनको माग गर्दै पेप्सी कम्पनीका श्रमिक आन्दोलित

परासी, १२ असोज । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१० स्थित वरुण वेभरिज प्रालि (पेप्सी कम्पनी) का श्रमिकहरु चरणबद्ध आन्दोलनमा उत्रिएका छन् । विभिन्न नौ बुँदे मागसहित विगत पाँच महीनादेखि शान्तिपूर्ण सङ्घर्ष गर्दै आएका यहाँका कामदारले माग सुनुवाइ नभएको भन्दै चरणबद्ध आन्दोलन थालेका हुन् । पटक–पटक कम्पनीको व्यवस्थापन पक्षले माग सम्बोधनका लागि निर्णय गर्ने तर कार्यान्वयन नगर्ने […]

कम उमेरमा विवाह गरेर पछुताउँदै महिला

विराटनगर, १२ असोज । ‘बीसपारि अनि मात्र बिहेवारी’ अवधारणालाई आत्मसाथ गर्न सकेमात्र हाम्रो समाज असल समाज बन्न सक्छ भन्ने यथार्थतालाई यहाँका महिलाले अब बुझ्न थालेका छन् । अपरिपक्व उमेरमा गरिने विवाहले भविष्य उज्वल हुनुका साटो अन्धकार भएको अनुभव सानो उमेरमा विवाह गरेर पछुताएका महिलाले सुनाउन थालेका छन् । विवाहपछि आउने समस्यालाई हल गर्न सक्ने क्षमता […]

निःशुल्क स्वास्थ्य शिविरमा २६९ लाभान्वित

लमजुङ, १२ असोज । बेँसीशहर हस्पिटल प्रालि र सनराइज बैंकले संयुक्तरुपमा बेँसीशहरमा आयोजना गरेको एकदिने निःशुल्क परामर्श तथा स्वास्थ्य शिविरमा २६९ जना लाभान्वित भएका छन् । हस्पिटलले जिल्लावासीलाई आफ्नै ठाउँमा विशेषज्ञ सेवा उपलब्ध गराउने उद्देश्यले सनराइज बैंकको १२औँ वार्षिकोत्सवको अवसरमा शनिबार आयोजना गरिएको शिविरमा हाडजोर्नीका ७७, नाक–कान–घाँटीका ६८, प्रसूति ३५, बालरोग १९ र मधुमेह, उच्च […]

जङ्गली हात्तीको आक्रमणबाट एकको मृत्यु

चितवन, १२ असोज । जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका–१ दौपतीकी ६२ वर्षीया कौसीमाया तामाङ रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शनिबार राति ९ः४५ बजे घर नजिकै बाटोमा हिँडिरहेको बेलामा हात्तीले आक्रमण गरेको थियो । आक्रमणबाट तामाङको घटनस्थलमै मृत्यु भएको हो । मृतक तामाङको […]