विप्लवले केन्द्रीय सदस्यबाट हटाएको भोलिपल्टै गुणराज लोहनीलाई प्रहरीले गर्यो गिरफ्तार

काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका निवर्तमान केन्द्रीय सदस्य गुणराज लोहनीलाई प्रहरीले गिरफ्तार गरेको छ । सोमबार मात्र सो पार्टीका महासचिव विप्लवले जारी गरेको विज्ञप्तिमा लोहनीको स्वास्थ्यमा समस्या आएको भन्दै आरामका लागि भनेर केन्द्रीय सदस्यको जिम्मेवारीबाट अलग गरिएको बताएका थिए । पार्टीको केन्द्रीय समितिबाट अलग गरिएका लोहनीलाई के कति कारणले गिरफ्तार गरिएको […]

सवारी दुर्घटनामा परी तीन महीनामा ३३ को मृत्यु

चितवन, ५ कात्तिक । जिल्लामा साउनयता भएका सवारी दुर्घटनामा परी ३३ को मृत्यु भएको छ । सो समयमा ८१ दुर्घटना भएका थिए । दुर्घटनामा परी १८० घाइते भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार जिल्लाका भित्री सडकमा दुर्घटना बढी हुने गरेका छन् । कार्यालयका प्रमुख प्रहरी निरीक्षक चन्द्रकुमार गिरीका अनुसार भित्री सडमा तीन महीनामा […]

यसरी गरिदैछ सिस्नुको बजारीकरण

मेलम्ची, ५ कात्तिक । इन्द्रावती गाउँपालिका–२ कुञ्चोकमा उत्पादित सिस्नुको पाउडर बजारीकरण गर्ने अभियानमा महिला सक्रिय बनेका छन् । गाउँमै गरिएको सिस्नु खेतीबाट भएको उत्पादनलाई अग्र्यानिक बनाएर बिक्री गर्न महिला एकजुट भएका छन् । कुञ्चोकका महिलाले बाँझो जग्गा तथा करेसाबारीमा सिस्नु खेती गरेका छन् । जौडाँडा महिला बहुउद्देश्यीय सहकारी संस्थाका सदस्यले खेतबारीका केही भागमा सिस्नुलाई व्यावसायिकरूपमा […]

कृषिलाई प्राथमिकता

हेटौँडा, ४ कात्तिक । प्रदेश नं ३ सरकारले पशुपालन तथा मत्स्य विकासका लागि चालू आर्थिक वर्षमा निजी तथा सहकारीको साझेदारीमा रु २४ करोडभन्दा बढी लगानी गर्ने भएको छ । प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले निर्धारण गरेको पशुपक्षी तथा मत्स्य विकास कार्यक्रममा साझेदारीका लागि कृषक समूह, सहकारी र निजी क्षेत्रलाई आह्वान गरेको छ । […]

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग शिलान्यास

काठमाडौँ, ४ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले आज नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्ग शिलान्यास गरेका छन । सडक पूर्वाधारमा महत्वपूर्ण संरचना मानिएको सवारी साधन आवतजावतका लागि प्रयोग गरिने नेपालकै पहिलो सो सुरुङमार्ग चन्द्रागिरि नगरपालिका–१ टोटेपाखामा आयोजित समारोहमा शिलान्यास गरिएको हो । प्रधानमन्त्री ओलीले त्यहाँस्थित शिलापत्र पनि अनावरण पनि गरे । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइका को […]

नेपाल विदेशीको दबाब र प्रभावमा छैन: परराष्ट्रमन्त्री

काठमाडौँ, ४ कात्तिक । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल कुनै पनि देशको दबाब र प्रभावमा नरहेको स्पष्ट गर्दै त्यस्ता भ्रमबाट मुक्त हुन सम्बद्ध सबैलाई आग्रह गरे। राष्ट्रपति विद्यादेवी भण्डारीबाट आइतबार सम्पन्न म्यान्मा गणतन्त्र सङ्घको राजकीय भ्रमणका सम्बन्धमा जानकारी दिन आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सञ्चारकर्मीसँगको भेटमा उनले नेपालमाथि कुनै पनि विषयमा कुनै पनि देशले दबाब नदिएको […]

कोरला नाकामा सुरक्षा बन्दोबस्तको तयारी

बेनी, ४ कात्तिक । समथर भू–भाग । उजाड फाँट । हिमाली मरुभूमिलाई आंशिक रुपमा हिमालबाट घेरिएको छ । समथर फाँटमा ‘नेपाल’ लेखिएको २४ नम्बरको स्तम्भ ठडिएको छ । नेपाल–चीन सिमानामा पर्ने कोरला नाकाको यो स्तम्भ नै नेपालतर्फको एक मात्रै देखिने चिनारी हो । स्तम्भको अगाडि धमाधम चिनियाँ पक्षले पूर्वाधार बनाइरहेको छ । द्विपक्षीय सम्झौताअनुसार ‘कोरला […]

बाख्रा पाल्ने किसानलाई अनुदान

भरतपुर, ४ कात्तिक । चितवनको माडी नगरपालिकाले बाख्रा पालक किसानलाई उत्पादनको आधारमा अनुदान दिने भएको छ । नगरपालिकाले प्रतिकिलो रु २५ अनुदान दिन लागेको हो । पछिल्लो समय नगरपालिकामा फष्टाउँदै गएको बाख्रापालन व्यवसायतर्फ किसानलाई थप आकर्षित गर्न नगरपालिकाले अनुदानको व्यवस्था गरेको नगरप्रमुख ठाकुरप्रसाद ढकालले जानकारी दिए । अनुदान दिन नगरपालिकाले कार्यविधि निर्माण गरिरहेको छ । […]

फूल खेतीतर्फ आकर्षण बढ्दो

बेझाड, ४ कात्तिक । पाल्पाको रामपुरका दिलबहादुर थापाले शुरु गर्नुभएको व्यावसायिक फूल खेतीतर्फ गाउँका अन्यको समेत आकर्षण बढ्दो छ । फूल खेतीको अवलोकन गर्न आउनेको चहलपहल बढ्दै गएको छ । थापाले जग्गा भाडामा लिएर फूल खेती थालेका। उनले तिहार पर्वलाई लक्ष्य गरी मखमलीलगायत फूलखेती शुरु गरेका छन । रामपुरमा नयाँ व्यवसाय भएकाले फूल खेतीतर्फ अन्यको […]

एक सय ९१ तोला चाँदीसहित एक जना पक्राउ

हेटौँडा, ४ कात्तिक । प्रहरीले भन्सार छलेर ल्याएको १९१ तोला चाँदीको गरगहनासहित एक जनालाई पक्राउ गरेको छ । ना१४प २८३६ नं को मोटरसाइकलमा लुकाइ राखेको अवस्थामा चाँदीको गरगहनासहित प्रहरीले भारतको मोतिहारी आदपुर घर भई मकवानपुरको हेटौँडा उपमहानगरपालिका–५ बस्दै आएका १८ वर्षीय राकेशकुमार सुनारलाई पक्राउ गरेको हो । वडा प्रहरी कार्यालय सानोपोखराका प्रहरी सहायक निरीक्षक जयबहादुर […]