तीन मौसमी प्रणालीको असर, आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा साधरणतया बादल लागेको छ। साथै बाँकी पहाडी र हिमाली भूभागमा आंशिक बादल लागेको छ। । तराई भूभागमा मौसम मुख्यतया सफा […]

प्रधानमन्त्रीले संसद्‌मा पठाए दुई विधेयक, कानुनमन्त्रीले गरिन् पेश

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले दर्ता गराएका दुईवटै विधेयक प्रतिनिधिसभामा पेश भएका छन् । प्रधानमन्त्री र गृहमन्त्रीको हैसियतमा शाहले दर्ताका लागि प्रतिनिधिसभामा पठाएका विधेयकहरू कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले बुधबारको प्रतिनिधिसभा बैठकमा पेश गरेकी हुन् । प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक २०८३ र मतदाता नामावली (पहिलो संशोधन) विधेयक २०८३ प्रतिनिधिसभामा पेश […]

यसपालि पनि काटियो प्रदेश र स्थानीय तहमा वित्तीय समानीकरण अनुदान

काठमाडौं । संघीय सरकारले चालु आर्थिक वर्ष २०८२/८३ मा समेत ८.५५ प्रतिशत बराबर वित्तीय समानीकरण अनुदान कटौती गर्ने भएको छ । अर्थ मन्त्रालयले महालेखा नियन्त्रक कार्यालयलाई ४ जेठमा पत्र लेख्दै चालु आवको वित्तीय समानीकरण अनुदान कुल विनियोजनको ९१.४५ प्रतिशतमा नबढ्ने गरी मात्र हस्तान्तरण गर्न निर्देशन दिएको हो । सोही अनुसार कार्यालयले कोष तथा लेखा नियन्त्रक […]

सालनालसहित नवजात शिशु फेला

भक्तपुर । मध्यपुर थिमि- ३ गठ्ठाघरस्थित नमूनाबस्तीमा बुधवार बिहान सालनालसहितको नवजात शिशु फेला परेको छ।  स्थानीयले बताएका अनुसार विगमार्ट नजिक बाटो छेउमा बिहान करिब ५:३० बजे सालनाल सहित नवजात शिशु फेला परेको हो ।  स्थानीयले प्रहरीलाई खबर गरेपछि उद्धार गरी नागरिक अस्पताल पुर्‍याइएको शिशु स्वस्थ रहेको बताइएको छ । शिशु छोरी रहेको प्रहरीले जनाएको छ। […]

अञ्जनी पोखरेललाई सशस्त्रको एआईजीमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सशस्त्र प्रहरीका डीआईजी अञ्जनी कुमार पोखरेललाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्न सिफारिस गरिएको छ । मंगलबार बसेको बढुवा समितिको बैठकले रिक्त रहेको पदमा पोखरेललाई बढुवा गर्न सिफारिस गरेको हो । एआईजी बढुवा समितिको अध्यक्ष प्रधानमन्त्रीको कार्यालयका सचिव र सदस्य गृह मन्त्रालयका सचिव हुन्छन् । आईजी सदस्य सचिव हुने कानुनी व्यवस्था छ […]

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्दै छ । बैठकमा प्रधानमन्त्री तथा गृह मन्त्री वालेन्द्र शाहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले “प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३” प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्नेछिन् । साथै “प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३” प्रस्तुत गर्ने, “मतदाता […]

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशको पहाडी र हिमाली भूभागमा साधरणतया बादल लागेको छ । बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत लुम्बिनी र कर्णाली प्रदेशको हिमाली र पहाडी भूभागमा […]

मन्त्रिपरिषद् बैठकका सात निर्णय सार्वजनिक

काठमाडाैँ । मन्त्रिपरिषद् बैठकले विभिन्न सात वटा निर्णय गरेकाे छ । मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्काे कार्यालय सिंहदरबारमा बसेकाे बैठकले विभिन्न सात वटा निर्णय गरेकाे हाे । नगरपालिका राजस्व अभिवृद्धि परियोजनाको लागि स्वीट्जरल्याण्ड सरकारबाट प्राप्त हुने ६.११६ मिलियन स्वीस फ्याङ्क अनुदान स्वीकार गर्ने निर्णय गरिएकाे सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पाेखरेलेल जानकारी दिए। १. नगरपालिका राजस्व […]

विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय

काठमाडौँ । सरकारले काठमाडौँ उपत्यका नदी किनारका बस्तीबाट विस्थापित परिवार रुजू गरी प्रतिपरिवार रु २५ हजार पुनर्स्थापना बापत एकमुष्ट रकम दिने निर्णय गरेको छ । मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । त्यस्तै जोखिममुक्त बस्ती हटाइएकाहरूलाई वैकल्पिक बसोबासको व्यवस्था आफैँ गर्न प्रोत्साहन स्वरूप पाँच सदस्य भएको प्रतिपरिवार राहत रकम १५ हजार र सो […]

हिरासतमा रहेका सुलभ अग्रवालसँग आइप्याड भेटिएपछि प्रहरीमाथि छानबिन

काठमाडौँ । हिरासतमा बस्दा सुलभ अग्रवालसँग आइप्याड भेटिएपछि छानबिन सुरू भएको छ। सम्पत्ति शुद्धीकरण कसुरमा पक्राउ परेका अग्रवाललाई जिल्ला प्रहरी परिसर ललितपुरमा राख्दा हिरासतभित्रै आइप्याड चलाइरहेको उजुरी परेपछि छानबिन समिति गठन भएको हो। काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका डिआइजी ओम अधिकारीको नेतृत्वमा छानबिन भइरहेको हो। उनलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पक्राउ गरी अनुसन्धान गरिरहेको छ। ‘अग्रवाल […]