सामान्य विवादपछि छुरा प्रहार गरेर साथीको हत्या

काठमाडौं, ९ माघ । भक्तपुरमा छुरा प्रहार गरेर एक किशोरको हत्या भएको छ । घटनामा संलग्नको आरोपमा प्रहरीले २ किशोरलाई पक्राउ गरेको छ । छुरा प्रहारबाट भक्तपुर–१०, चोखा कमलविनायक बस्ने १५ वर्षीय रोहन सुवालको बुधबार साँझ मृत्यु भएको हो । छुरा प्रहारबाट गम्भीर घाइते सुवाललाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको महानगरीय प्रहरी […]

मापसे गरि सवारी चलाए जरिवाना होइन, सिधै जेल

धादिङ, ९ माघ । सडक दुर्घटना रोक्न मादक पदार्थ सेवन गरी सवारी चलाउनेलाई हिरासतमा राखेर मुद्दा चलाइने भएको छ। जिल्ला प्रशासन कार्यालयले जिल्लामा सडक दुर्घटना रोक्न सो निर्णय गरेको जनाएको छ । मङ्गलबार ढोलामण्डलीबाट फर्किँदै गरेको आइचर ट्रक पल्टिँदा सात जनाको अकालमा ज्यान जानुका साथै ३२ भन्दा बढी घाइते भएका थिए। बुधबार जिल्लामा प्रमुख जिल्ला […]

दैलेखमा पेट्रोलियम अन्वेषण ‘साइस्किम सर्भे’ शुरु सफलता नजिकै 

दैलेख, ०९ माघ । बिगत केहि समय अघिदेखि  दैलेख जिल्लामा शुरु गरिएको पेट्रोलियम अन्वेषण अन्तर्गत ‘साइस्किम सर्भे’ शुरु गरिएको छ । विदेशमा पेट्रोलियम अन्वेषण काम गरेका अनुभवी नेपाली कामदारलाई सो कार्यमा प्रयोग गरिएको छ । अन्वेषण कार्य सफलता नजिकै पुग्दै गएपछि पेट्रोलियम अन्वेषणको महत्वपूर्ण कार्य मानिएको सो सर्भेको काम अहिले तीव्र पारिएको हो । नेपाल […]

साविक उमावि शिक्षकलाई मावि द्वितीय श्रेणीमा स्थायी गर्न विशेष आन्तरिक विज्ञापन गर्न माग

काठमाडौं । साविक उच्च माध्यमिक तहमा कार्यरत शिक्षकहरुलाई आफूहरुलाई मावि द्वितीय श्रेणीमा एक पटकका लागि उमेरको हद नलाग्ने गरी विशेष आन्तरिक प्रतियोगिताबाट स्थायी पदपूर्ति गर्न माग गरेका छन् । माध्यमिक विद्यालय शिक्षक युनियन(हिस्टुन)ले बुधवार शिक्षा सचिव महेश दहाललाई ध्यानाकर्षण पत्र बुझाउँदै साविकको उमावि तह अनुदान कोटाका शिक्षक पदलाई स्वीकृत दरवन्दीमा परिणत गरी आन्तरिक प्रतिस्पर्धाबाट स्थायी […]

प्रधानमन्त्री ओलीको ‘फलिफाप’ त्यो माघ, ‘अशुभ’ यो माघ

काठमाडौं ।  पार्टीका नेताहरू झलनाथ खनाल र माधवकुमार नेपालले विभिन्न कालखण्डमा पार्टीको प्रमुख जिम्मेवारी पाइसकेका थिए। प्रधानमन्त्री पनि भइसकेका थिए। तर लामो समय केपी शर्मा ओलीलाई ती दुवै अवसर जुरेन। उनी पार्टीभित्र सधैँ प्रतिपक्षी जस्तो भूमिकामै सीमित रहे। छ वर्षअघिको माघबाट उनको राजनीतिक यात्राले कोल्टे फेर्‍यो। स्वास्थ्यमा प्रतिकूलता बढ्दै थियो, सरकार र पार्टी दुवैथरी सत्ताको […]

अधिकृतले लिए अवोध बालकको ज्यान

नवलपुर, ८ माघ । नवलपुरको हुप्सेकोट गाउँपालिका अध्यक्षको गाडी अधिकृतले सिक्ने क्रममा दुर्घटना हुदा एक जना बालकको ज्यान गएको छ । हुप्सेकोट गाउँपालिकाको जीपको ठक्करबाट एक ५ वर्षीय बालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । स्थानीले घटनाको विरोध गरेपछि रातभरी तनाव उत्पन्न भएको हो । स्थानीयले सवारी चालकलाई पक्राउ गर्नुपर्ने र […]

एक थान उपसभामुखको लालचमा कांग्रेसको आदर्शलाई तिलाञ्जली दिँदै

काठमाडौँ, ८ माघ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा ले रिक्त सभामुखमा हत्या आरोपमा मुद्दा खेपिरहेका सांसद अग्नि सापकोटालाई बनाउने निर्णय गरेको छ  । सापकोटा नेकपा अध्यक्ष पुष्पकमल दाहालका अत्यन्त प्रिय पात्र हुन् । हिंसात्मक राजनीतिको नेतृत्व गरेको र त्यही विचार र व्यवहारको उत्पादन अरु नेता कार्यकर्ता भएकाले दाहालले सापकोटालाई सभामुख बनाउन सम्पूर्ण शक्ति लगाउनु […]

बाँदरबाट जोगाउन नसकेपछि बैकल्पिक खेती तर्फ किसान

सिन्धुपाल्चोक, ८ माघ। सरकारले खेतियोग्य जमिन बाँझो नराख्ने नीति ल्याइरहँदा धेरै जिल्लाका किसानहरू बाँदर लगायतका जंगली जनावरको आतंकले उर्बर जमिन बाँझै राख्न बाध्य छन् । बाँदरबाट परम्परागत अन्न बाली जोगाउन नसकेपछि सिन्धुपाल्चोकका किसानहरुले भने चिया र कागतिलाई बैकल्पिक खेतिको रुपमा सुरुवात गरेका छन् । हेलम्बु ४ गैँटारका किसानहरुको झण्डै चारसय रोपनी खेतियोग्य जमिन बाँझै छ । […]

सोनाम ल्होसारमा सार्वजनिक विदा (सूचनासहित)

काठमाडौं ८ माघ । सोनाम ल्होसार पर्वको अवसरमा सार्वजनिक विदा दिएको छ । एक सूचना निकाल्दै प्रदेश ३ सरकारले सार्वजनिक बिदा दिइने भएको छ । गत पुस २७ गते बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले माघ १० गते बागमती प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । तामाङहरूको ठूलो चाड सोनाम ल्होसार बागमती प्रदेशको एक प्रमुख पर्व […]

लामो समयदेखि परेको हिमपातले कर्णाली करिडोर सडक डेढ महिनादेखि अवरुद्ध

सिमकोट, ८  माघ । लामो समयदेखि हिमपात भईरहदा कर्णाली करिडोर अन्तर्गत सिमकोट हिल्सा सडक डेढ महिनादेखि अवरुद्ध हुँदै आएको छ । उच्च हिमाली यस क्षेत्रमा बाक्लो हिमपातले सडक सेताम्मे छन् । अवरुद्ध यातायात सेवाका कारण स्थानीयवासीको यात्रा कठिन भएको नाम्खा गाउँपालिका वडा नम्बर ५ का स्थानीय लामाक्याप लामाले बताए । नाम्खाबाट जिल्ला सदरमुकाम सिमकोट आई […]