विशेष कार्ययोजनाको सङ्कल्पसहित सखी प्रतिष्ठानको कार्यक्रम सम्पन्न

२०८१।२२ गते शनिवार ।

सखी प्रतिष्ठानका अध्यक्ष मन्जिला अनिलको नेतृत्वमा २२ जना स्रष्टाहरू सुकेटेबीच रिभर फनमा काव्यिकयात्रा सम्पन्न भएको छ ।  “जलसम्पदा संरक्षणमा हाम्रो ऐक्यबद्धता ” भन्ने नारासहित सम्पन्न उक्त काव्यिक यात्रामा नेपालका दुई दर्जन साहित्यक स्रष्टाहरू सम्मिलित थिए ।

काव्यिक यात्रामा सहभागी स्रष्टाहरूलाई कार्यक्रमस्थित होटलका संचालक तुलसी गिरीले टीका र खादा लगाई स्वागत गरेका थिए ।

जलसम्पदाको संरक्षण अभियानमा जुटेका स्रष्टाहरूले यसका लागि गर्न सकिने कार्यहरूका बारेमा अनौपचारिक छलफल गरेका थिए भने  वैशाख २३ गते बिहान नदीकिनारको काव्यिक भ्रमणपश्चात् होटलको सभाहलमा औपचारिक कार्यक्रम भएको थियो ।

प्रतिष्ठानका अध्यक्ष मन्जिला अनिलको सभापतित्वमा भएको उक्त कार्यक्रममा सुचना आयुक्त कमला वलीको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै प्रा डा गोविन्दमान सिंह कार्कीको विषेश अतिथिका रुपमा थिए । उक्त कार्यक्रममा सबैभन्दा पहिला मुक्तककार निशा केसीलाई नयाँजीवन पाउनुभएकोमा टीका र फूलले अभिन्दिन गरिएको थियो भने उनकै कविताबाट कार्यक्रमको शुभारम्भ गरिएको थियो । कार्यक्रम संयोजक मधु पाठकले स्वागत मन्तयव्यसहितको कविता सुनाएका थिए ।

प्रा डा गोविन्दमान सिंह कार्कीले सखी प्रतिष्ठानले नदी किनारमा स्रष्टाहरूलाई भेला गरी जलसम्पदा संरक्षणको विषयलाई उठाउनु अन्तयन्तै सान्दर्भिक भएको र सखीले गर्दै आइरहेका अन्य कार्यक्रम पनि अत्यन्त सान्दर्भिक रहेको तथा आफू तेस्ता कार्यक्रमहरूको साक्षी रहेको जानकारी गराउँदै सखीको अभियानमा ऐक्यबद्धता जनाएका थिए ।

प्रमुख अतिथि कमला ओलीबाट सखीको उद्देश्य नै  स्रष्टाहरूका कलमलाई प्रकृति र सामाजिक विकासका गतिविधिमा सकृय गराई सकारात्मक सन्देश दिलाउनु रहेको कुरा उल्लेखसहित जलसम्बन्धी कविता वाचन भएको थियो ।

अनेसास नेपाल च्यापटरका अध्यक्ष राजेन्द्र केसीले शुभकामना मन्तव्यसहित काव्ययात्राको नारा केन्द्रीत कविता सुनाएका थिए । त्यस्तै राष्ट्रिका प्रतिष्ठानका अध्यक्ष ऋषभदेव घिमिरेले गजल र छन्दमा कविता वाचन गरेर सहभागीहरूलाई मुग्ध बनाएका थिए ।

होटल संचालक तुलसी गिरीले फूलरूपी स्रष्टाहरूको सुकुटेबीचमा भएको प्रवेशले यस क्षेत्र मगमगाएको छ  भन्दै शुभकामना व्यक्त गरेका थिए ।

साहित्यकार बिक्रम भक्त जोशीले “भ्याकुरे खोला अब रुने छैन ” कविता वाचनमा सभाहल नै भावुक बनेको थियो ।  यसैगरी जल सम्बन्धित शीर्षकमा नै केन्द्रीत रहेर वाचन गर्न कविहरुमा रविन्द्र आशिष शैली , विष्ष्णु थापा , उषा के सी , शुष्मा आचार्य , रुद्र अधिकारी , राज रजक, ज्ञान्दरी कैनी , नीशा रिमाल , शसिता फुयाल थिए । उपाध्यक्ष कमला रिसाल र गायक अनिलनाथ उप्रेतीले गजल गाउनुका साथै कविता पनि वाचन गरेका थिए । कार्यक्रमका सभापति मन्जिला अनिलबाट सखी प्रतिष्ठानले भक्तपुरको निकोसेरास्थित शुभारम्भ स्कुलमा ‘सखी पुस्तकालय’ स्थापना गर्ने तयारी पुरा भइसकेको जानकारी गराउँदै कार्यक्रमलाई समापन गरिएको थियो । कार्यक्रमलाई सखी प्रतिष्ठानकी महासचिव एल्सा झाले संचालन गरेकी थिइन्  ।

Loading...