काठमाडौं । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-३ मा बस र विङ्गर एक आपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । घटनामा १६ जना घाइते भएका छन् । काँकडभिट्टाबाट खोटाङको दिक्तेलतर्फ जाँदै गरेको मे १ ख १७९९ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको प्र २–०१–००१ ज ००४७ नम्बरको विङ्गर सोमबार बिहान ठोक्किएर दुर्घटना भएको हो । […]
समाचार
सुर्खेतको चौकुनेमा अटो दुर्घटना, ६ जना घाइते, ५ महिने शिशुको अवस्था गम्भीर
सुर्खेत । सुर्खेतको चौकुने गाउँपालिकामा आइतबार बिहान अटो रिक्सा दुर्घटना हुँदा सात जना घाइते भएका छन् । घाइतेमध्ये एक पाँच महिने शिशुको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । प्रहरीका अनुसार, चौकुने गाउँपालिका–८ स्थित मदन भण्डारी राजमार्ग अन्तर्गत मायातालबाट गुटुतर्फ जाँदै गरेको से १ ह २७०० नम्बरको अटो रिक्सा अनियन्त्रित भई सडकबाट […]
पशुपति आर्यघाटमा जलाउँदै गरेको शवबाट चोरियाे हड्डी, दुई जना पक्राउ
काठमाडौँ । पशुपति आर्यघाटमा जलाउँदै गरेको शवबाट हड्डी चोरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । शव जलाउने जिम्मा लिएका काभ्रे घर भएका गणेश ढकाल र उनलाई सहयोग गर्दै आएका उदयपुरका विनायक मैनालीले शुक्रवार साँझ शवको हड्डी निकालेर बेचेको आरोप छ । काभ्रेको बनेपा नगरपालिका–९ का राम शाहीको शव जलाउने क्रममा उनीहरूले हड्डी निकालेका […]
शान्ति वार्तामा युक्रेनको सहभागिता अनिवार्य गर्न युरोपेली राष्ट्रहरूको माग
काठमाडौं । युरोपेली राष्ट्रहरूले युक्रेनसँगको युद्ध अन्त्य गर्न अमेरिकाले रसियासँग गर्न लागेको शान्ति वार्तामा किभको सहभागिता अनिवार्य हुनुपर्ने माग गरेका छन् । उनीहरूले रसियासँगको कुनै पनि शान्ति वार्तामा किभ (युक्रेन) लाई अनिवार्य रूपमा सहभागी गराउनुपर्ने अडान लिएका छन् । बेलायत, फ्रान्स, इटाली, जर्मनी, पोल्याण्ड, फिनल्याण्ड र युरोपेली आयोगका नेताहरूले संयुक्त वक्तव्य जारी गरेका छन् । अमेरिकी […]
उत्तर कोरियासँग नेपालको लज्जास्पद हार
काठमाडौं । एएफसी यू-२० महिला एसियन कप छनोट अन्तर्गत समूह ए को आफ्नो अन्तिम खेलमा नेपालले लज्जास्पद हार व्यहोरेको छ । उत्तर कोरियासँग नेपाल ११-० को पराकिलो अन्तरले पराजित भएको छ । भुटानको थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा आइतबार भएको खेलमा बलियो टिम उत्तर कोरियाले पहिलो हाफमा ५ र दोस्रो हाफमा ६ गोल गरेको हो । समूहको […]
संवादमा जुटे माधव–झलनाथ, भुसाल र हमाल साक्षी
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका दुई शीर्ष नेता अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालबिच भेटवार्ता भएको छ । शनिबार पार्टी कार्यालय आलोकनगरमा भएको भेटवार्तामा साक्षीका रूपमा वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, नेता बेदुराम भुसाल र महासचिव घनश्याम भुसाल रहेका थिए । अध्यक्ष नेपाल र नेता खनालबिच केही दिनयता सार्वजनिक रूपमै एकअर्कालाई पार्टी छोड्न सुझाव […]
‘फौजदारी कानुन र फौजदारी न्याय’ सार्वजनिक कार्यक्रममा न्यायाधीश भ्रष्ट भएका भन्दै चिन्ता
भक्तपुर । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप कलेज अफ लको आयोजनामा वरिष्ठ अधिवक्ता प्रा.डा. रजितभक्त प्रधानाङ्ग र सहन्यायाधिवक्ता सोमकान्ता भण्डारीको संयुक्त लेखनमा प्रकाशित पुस्तक ‘फौजदारी कानुन र फौजदारी न्याय’ शनिबार सार्वजनिक गरिएको छ। सो पुस्तक सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि रहेका संविधान सभा सदस्य एवं नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ ‘रोहित’ले कानुनमा के […]
दुई दिनमा चार दर्जन बलुचिस्तानी बिद्रोही मारिएका पाकिस्तानको दावी
इस्लामबाद, । अफगानिस्तानको सीमा नजिक रहेको बलुचिस्तान प्रान्तमा गत दुई दिनमा पाकिस्तानका सुरक्षा बलहरूले कम्तिमा ४७ आतङ्ककारी मारेको दावी गरेका छन्। पाकिस्तानी सेनाको जनसम्पर्क विभाग (आईएसपीआर)ले यो जानकारी दिएको हो। झोब जिल्लाको सम्भाजा क्षेत्रमा ७–८ अगस्टको मध्यरातमा सुरक्षा बलहरूले ३३ आतङ्ककारीहरूलाई मारे पछि आईएसपीआरले विज्ञप्तिमा भनेको छ कि ८–९ अगस्ट राति अफगानिस्तानको सीमावर्ती सम्बाजा वरपरका […]
रूस–युक्रेन युद्धविरामका लागि युरोपेली नेताहरूले राखेका पाँच सर्त
काठमाडौँ । युरोपेली नेताहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच बहुप्रतिक्षित भेटवार्ताको स्वागत गरेका छन्। ट्रम्प र पुटिनबीच पाँच दिनपछि अलास्कामा भेटवार्ता हुने तय भएपछि युरोपेली नेताहरूले त्यसको स्वागत गरेका हुन्। फ्रान्स, जर्मनी, इटाली, पोल्याण्ड, बेलायत, फिनल्याण्ड र युरोपेली संघका नेताहरूले शनिबार संयुक्त विज्ञप्ती जारी गरेर युक्रेनमा जारी युद्ध अन्त्यका लागि कुटनीतिक […]
मुख्यमन्त्री बानियाँलाई विश्वासको मत दिन एमालेको ह्विप
मकवानपुर । नेकपा एमाले बागमती प्रदेश संसदीय दलले बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई विश्वासको मत दिन ह्विप जारी गरेको छ । दलका प्रमुख सचेतक एकालाल श्रेष्ठले साउन २७ गतेको बैठकमा अनिवार्य उपस्थित भएर मुख्यमन्त्रीको विश्वासको मतको पक्षमा मतदान गर्न ह्विप जारी गरेका हुन् । मुख्यमन्त्री बानियाँले साउन २७ गते मंगलबार दिउँसो ४ बजे बस्ने प्रदेश सभा […]











