काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले सोमबार मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरेकी छिन्। एकै जना मन्त्रीलाई २–३ वटा मन्त्रालय जिम्मा दिनेगरी सानो संरचना बनाइने योजनासहित उनले सोमबार मन्त्रीहरु राख्न लागेकी हुन् ।
हाल २१ वटा मन्त्रालय रहेका भए पनि कार्कीले यसलाई अधिकत्तम ८ जना मन्त्रीबाटै काम चलाउने तयारी गरेकी छन् ।
यसका लागि दक्ष र इमानदार मन्त्रीहरु नियुक्त गरिने र सोमबार नै सपथ हुने प्रधानमन्त्री निकट स्रोतले जनाएको छ ।
अर्थ मन्त्रालयको नेतृत्वका लागि पूर्वसचिव रामेश्वर खनाललाई अर्थ मन्त्रालयसहितको जिम्मेवारी, कुलमान घिसिङलाई ऊर्जासहितका प्राविधिक मन्त्रालय र बालेनका बिश्वासपात्र अधिवक्ता ओमप्रकाश अर्याललाई गृह र कानुन मन्त्रालयको जिम्मेवारी दिने सम्भावना उच्च रहेको स्रोतको दाबी छ।
बालुवाटार स्रोतका अनुसार मिलेसम्म सोमबार नै थप मन्त्रीहरूको पनि नियुक्ति हुने छ।







