काठमाडौं । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवं सिन्धुली क्षेत्र नम्बर २ का संघीय सांसद लेखनाथ दाहाल (राजन दाहाल) ले आफ्नो नाम जोडेर सामाजिक सञ्जालमा गरिएको प्रचार भ्रामक भएको भन्दै गम्भीर आपत्ति जनाएका छन् । नेकपा माओवादी केन्द्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपमहासचिव जनार्दन शर्माबीचको असमझदारी केही दिनअघि सतहमा आएसंगै सांसद राजन दाहाल […]
समाचार
कोशी, लुम्बिनी, कर्णाली सुदूरपश्चिम प्रदेशमा मेघ गर्जनसहित बर्षा हुने
काठमाडौं । जल तथा मौसम विज्ञान विभागमौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ अवस्थित छ। मनसुनको न्यून चापीय रेखा आगामी केही दिन सरदर स्थानभन्दा उत्तर नेपालको तराई नजिक रहने देखिएकाले मधेश प्रदेश लगायत देशभर मनसुन थप सक्रिय हुने छ महाशाखाले जनाएको छ । […]
कोटीहोमका लागि रुख काटेका ७ जनाविरुद्ध ४ महिनापछि मुद्दा दायर
पोखरा । केही समयअघि पोखरामा आयोजित ‘कोटीहोम महायज्ञ’का लागि रुखहरू अवैधानिक रूपमा काटिएको घटनाले ठूलो विवाद निम्त्याएको थियो। सार्वजनिक आलोचना र विरोधपछि महायज्ञ स्थल समेत परिवर्तन गरी बिरौटामा सारिएको थियो। अब भने उक्त घटनासँग सम्बन्धित सातजनाविरुद्ध कास्की जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ। डिभिजन वन कार्यालय, कास्कीले पोखराको विभिन्न वडामा रहेका पुराना चौतारीका बर, पीपललगायतका […]
महाराजगञ्जमा बर्थडे केक काट्दै गरेका चक्रे मिलन पक्राउ
काठमाडौं । विगतमा गुण्डा नाइकेका रुपमा चिनिएका चक्रे मिलन भनिने मिलन गुरुङलाई प्रहरीले गएराति महाराजगञ्ज क्षेत्रबाट पक्राउ गरेको छ । बाँसबारी रोडमा रहेको होटल साम्बालामा पुगेको जिल्ला प्रहरी परिसर, काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गएराति उनलाई पक्राउ गरेको हो । काठमाडौं प्रहरीका प्रवक्ता एसपी कुलदिप चन्दले राति गुण्डागर्दी पृष्ठभूमिका केही व्यक्तिहरु पक्राउ परेको […]
ट्रम्पले भारतलाई पाकिस्तानले तेल बेच्नसक्ने भनेपछि शरीफ देखिए दङ्ग
इस्लामाबाद । पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले अमेरिकासँग हालै सम्पन्न ऐतिहासिक व्यापार सम्झौताको स्वागत गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई धन्यवाद व्यक्त गरेका छन्। उक्त सम्झौताले पाकिस्तान र अमेरिका बीचको व्यापारिक तथा उर्जा सहकार्यलाई नयाँ उचाइमा पुर्याउने विश्वास प्रधानमन्त्री शरीफले व्यक्त गरेका हुन्। ट्रम्पले बुधबार आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोशल मा घोषणा गरेका थिए कि अमेरिका […]
विद्यालय हिडेका दुई किशोरी दुईदिनदेखि सम्पर्कबिहिन
म्याग्दी । मंगला गाउँपालिका–४ का दुई किशोरी दुई दिनदेखि सम्पर्कबिहिन भएका छन्। स्थानीय महेन्द्ररत्न माविको कक्षा ८ मा पढ्ने १४ वर्षीया सञ्जु विक र १३ वर्षीया सपना विक बुधबार बिहान विद्यालय जान भनी निस्किए पनि त्यसयता सम्पर्कमा छैनन् । उनीहरू बुधबार निर्धारित समयमा घर नआएपछि खोजीनीति गर्दा विद्यालय पुगेका थिएनन् भन्ने जानकारी पाएपछि परिवारमा चिन्ता […]
रञ्जिता पक्षका एक सांसदले दिए सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी सरकारबाट बाहिरिएपछि विश्वासको मत लिएका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहलाई सोही पार्टीकै सांसदले विश्वासको मत दिएका छन् । बिहीबार बसेको प्रदेश सभाको छैठौं अधिवेशनको २० औँ बैठकमा विश्वसको मत लिएका शाहलाई नाउपाकै सांसद्ले विश्वासको मत दिएका हुन् । आजको प्रदेश सभा बैठकमा जम्मा उपस्थिति सांसद सङ्ख्या ४५ थियो । […]
नाउपामा पार्टीगत संघर्षकी पारिवारिक किचलो, रेशमले बनाए बुवालाई अध्यक्ष
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीको आन्तरिक सत्ता संघर्ष सतहमा आएको छ। पार्टीले प्रतिनिधिसभा सदस्यसमेत रहेका लालवीर चौधरीलाई नयाँ अध्यक्ष बनाउने निर्णय गरेसँगै, अध्यक्ष रञ्जिता श्रेष्ठलाई हटाइएको छ। काठमाडौँमा असार १४ र १५ गते आयोजित राष्ट्रिय भेलाबाट लालवीर सर्वसम्मत अध्यक्ष घोषित भएका हुन्। पार्टी सांसद अरुणकुमार चौधरीका अनुसार डेढ वर्षदेखि केन्द्रीय समिति बैठक नबसेको, पार्टी नेतृत्व […]
दरमखोला हाईड्रोको आईपीओ सर्वसाधारणका लागि खुला
काठमाडौं । दरमखोला हाईड्रो इनर्जी लिमिटेडले आज (साउन १५ गते) देखि सर्वसाधारणका लागि आफ्नो आईपीओ (प्रारम्भिक सार्वजनिक निष्कासन) खुला गरेको छ। कम्पनीले यस चरणमा २९ लाख १९ हजार ५ सय कित्ता साधारण शेयर निष्कासन गर्दैछ। यसअघि, कम्पनीले जेठ २० गते नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट कुल ३९ लाख ५० हजार कित्ता शेयर निष्कासन गर्ने स्वीकृति […]
माछापुच्छ्रे क्यापिटलको लाभांश घोषणा
माछापुच्छ्रे क्यापिटल लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत वर्षको नाफाबाट ५ प्रतिशत नगद लाभांश (कर सहित) घोषणा गरेको हो । उक्त प्रस्ता पारित गर्न क्यापिटलले भदौ ६ गते साधारण सभा पनि बोलाएको छ । सभा बालुवाटार प्यालेस ब्यांकेट, गैह्रीधारा, बालुवाटार, काठमाडौंमा दिउँसो साढे १२ बजे सुरु हुनेछ । सभामा कम्पनीले लाभांश प्रस्ताव पेश […]










