विद्यालोक धरान ग्रन्थको भव्य लोकार्पण समारोह सम्पन्न

प्रवेशिका परीक्षा समूह— २०२५, धरानद्वारा प्रकाशित विद्यालोक धरान ग्रन्थको लोकार्पण भएको छ । प्रधान सम्पादक खेमनाथ दाहाल एवं सम्पादक रमेश दाहालद्वारा सम्पादित उक्त ग्रन्थलाई नेपाली वाङ्मयमा शीर्ष स्थान कायम गरेका वरिष्ठ गीत÷साहित्यकार श्री कालीप्रसाद रिजालको प्रमुख आतिथ्यतामा लोकार्पण गरिएको थियो । प्रकाशन व्यवस्था समितिका संयोजक श्री भुपेन्द्र कार्कीद्वारा उपस्थित सम्पूर्ण अतिथिहरुलाई स्वागत मन्तव्यमार्फत स्वागत गरिएको […]

काठमाडौं नेशनल मेडिकल कलेज शिक्षण अस्पताल पुनः सञ्चालन, ओपिडीमा शुल्क नलाग्ने

काठमाडौ । केही समयदेखि स्थगनमा रहेको घट्टेकुलोस्थित काठमाडौं नेशनल मेडिकल कलेज शिक्षण अस्पताल शुक्रबारदेखि पुनः सञ्चालनमा आएको छ। बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरले एक विशेष समारोहबीच यसको औपचारिक उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री थापाले अस्पतालको पुनः सञ्चालनलाई स्वास्थ्य सेवा र चिकित्सा शिक्षाको क्षेत्रमा एक सकारात्मक र स्वागतयोग्य कदमको रूपमा […]

जहाज उड्न थालेपछि आत्तिएका व्यक्तिलाई सँगै बसेका यात्रुले थप्पड हानेपछि….

मुम्बई । भारतमा उडानका क्रममा जहाजभित्रै एक यात्रुले सँगै बसेका अर्का यात्रुलाई थप्पड हानेका छन्। मुम्बईबाट कोलकाता उडेको इन्डिगो एयरलाइन्सको फ्लाइट ६ ई१३८ मा एक यात्रुले छेउमा बसेका यात्रुमाथि थप्पड हानेका हुन्। उक्त भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको छ। थप्पड खाने व्यक्ति असमको कछार जिल्लाको काटिगोरा क्षेत्रअन्तर्गत लाथिमारा गाउँका ३२ वर्षीय हुसैन अहमद मजूमदार भएको खुलेको […]

कांग्रेसका सहमहामन्त्री भन्छन्- पटकपटक मन्त्री बन्न पाइदैन, अब नयाँलाई दिनुपर्छ

भक्तपुर । सत्तारूढ दल नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी दलगत राजनीतिमा फर्कन नहुने नेपाली कांग्रेसको धारणा रहेको बताएका छन् । यसबारे कांग्रेसले कुनै लिखित निर्णय नगरे पनि यो नै आधिकारिक धारणा भएको उनको भनाइ छ । शनिवार पार्टीको सूर्यविनायक नगरपालिकाको तेस्रो सम्मेलन उद्घाटन गर्दै उनले भने, “पूर्वराष्ट्रपति भण्डारीलाई पार्टी राजनीतिमा नफर्कन […]

मिडिया काउन्सिल विधेयकमाथि दफावार छलफल गर्न संसदीय उपसमिति गठन

काठमाडौं । मिडिया काउन्सिल विधेयकमाथि दफावार छलफल गर्न संसदीय उपसमिति गठन भएको छ । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले मिडिया काउन्सिल विधेयकमाथि दफावार छलफल गर्नका लागि नेकपा एमालेकी सांसद दीपा शर्माको संयोजकत्वमा सात सदस्यीय उपसमिति गठन गरेको हो । उपसमितिलाई काम सुरु गरेको १५ दिनभित्र प्रतिवेदन समितिसमक्ष पेस गर्न समय दिइएको छ […]

माओवादी स्थायी कमिटी बैठक जारी

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी बैठकमा नेताहरूले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावमाथि आ आफ्नो धारणा राखिरहेका छन् । साथै समसामयिक राजनीतिक घटनाक्रमबारे पनि छलफल भइरहेको छ । बैठकमा हरेक वक्तालाई १० देखि १५ मिनेटको समय दिइएको छ । पछिल्लो समय […]

माओवादी स्थायी समिति बैठकमा प्रचण्डले राखेको एजेन्डामाथि आजदेखि नेताहरूले धारणा राख्ने

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को स्थायी समितिको बैठकमा आजदेखि नेताहरूले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राखेको प्रस्तावमाथि आ आफ्नो धारणा राख्नेछन् । आज बिहान ११ बजेबाट पार्टी कार्यालय पेरिसडाँडामा बैठक सुरु हुनेछ । एजेण्डामाथि छलफल गर्नका लागि प्रत्येक सदस्यलाई १०–१५ मिनेटको समय छुट्याइएको उपमहासचिव हरिबोल गजुरेलले जानकारी दिए । उनका अनुसार छलफल र बहसको आधारमा समय […]

रुसी पूर्वराष्ट्रपतिको भनाइसँगै ट्रम्पद्वारा परमाणु पनडुब्बीहरू तैनाथ गर्ने घोषणा

काठमाडौँ । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी सुरक्षा परिषद्का उपाध्यक्ष तथा पूर्वराष्ट्रपति दिमित्री मेदवेदेवका ‘उत्तेजक’ भनाइप्रति प्रतिक्रिया दिँदै दुई परमाणु पनडुब्बीहरूलाई ‘उपयुक्त स्थानहरूमा’ तैनाथ गर्न आदेश दिएको बताएका छन्। शुक्रबार ट्रुथ सोशलमार्फत सार्वजनिक बयानमा ट्रम्पले भने, ‘पूर्व रुसी राष्ट्रपति मेदवेदेवको अत्यन्तै उत्तेजक बयानलाई मध्यनजर गर्दै मैले दुई आणविक पनडुब्बीहरूलाई उपयुक्त स्थानहरूमा तैनाथ गर्न आदेश दिएको […]

बहादुरसिंह लामाले मुख्यमन्त्री पदबाट राजीनामा दिने

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजीनामा गर्न निर्देशन दिएपछि बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले पदबाट राजीनामा दिने भएका छन् । मुख्यमन्त्री लामाले राजीनामा गर्न लागेको उनी निकट प्रदेश सांसद तीर्थ लामाले जानकारी गराए । उनले भने, ‘सभापतिले राजीनामा गर्न निर्देशन हिजो दिनुभएको छ । भोलिसम्म उहाँले राजीनामा दिनुहुन्छ ।’ मुख्यमन्त्रीको एक वर्षे कार्यकाल […]

देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित छ। जसको प्रभावले देशभर साधरणतया बदली रहेको छ । कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो देशभर […]