पदयात्राको क्रममा डा कार्कीको निधन

संखुवासभा । मकालु हिमाल आरोहण गर्न हिडेका दोलखाको मेलुङ–७ का ४३ वर्षीय छाला रोग विशेषज्ञ डा. अरुण कार्कीको लेक लागेर मृत्यु भएको छ। बेस क्याम्प नजिकै स्वास्थ्यमा अचानक समस्या देखिएपछि उनी ढलेका थिए।

घटनापछि प्रहरीले बुधबार शव उद्धार गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ। कार्कीको शव पोष्टमार्टमका लागि भक्तपुरस्थित केएमसी अस्पताल पठाइएको छ।

डा अरुण जनस्वास्थ्य कार्यालय दोलखाका पूर्व प्रमुख कुमार विक्रम कार्कीका छोरा हुन् ।