काठमाडौं । काठमाडौं महानगरपालिकाले लैनचौरस्थित नेपाल स्काउटको जग्गामा पूर्व ऊर्जा मन्त्री दीपक खड्काले निर्माण गरेका संरचनामा आज बिहान डोजर चलाएर भत्काएको छ। महानगरका अनुसार सो जग्गा नेपाल स्काउटको स्वामित्वमा रहेको र त्यहाँ बिना अनुमति स्थायी संरचना निर्माण गरिएको भन्दै आज बिहानै महानगर प्रहरीको टोली डोजरसहित पुगेको थियो। घटनास्थलमा प्रहरीको बाक्लो उपस्थिति रहेको र केही […]
समाचार
४२ करोड थान नोट छपाइका लागि चिनियाँ कम्पनीसँग सम्झौता
काठमाडौं । नेपाल राष्ट्र बैंकले ५० रुपैयाँ दरका ४२ करोड थान नयाँ नोट छपाइ र आपूर्तिका लागि चिनियाँ कम्पनी ‘चाइना बैंक नोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेसन’सँग सम्झौता गरेको छ। बैंकले २०८२ साउन ९ गते जारी गरेको बोलपत्र सूचनाका आधारमा छपाइ कार्यका लागि आवेदन दिएका कम्पनीहरूमध्ये न्यून मूल्य प्रस्ताव गर्ने उक्त कम्पनी छनोट भएको हो। केन्द्रीय […]
दुवाकोटमा ३३ जनाले गरे रक्तदान
भक्तपुर । लियो क्लब अफ भक्तपुर केएमसी, नेपाल रेडक्रस सोसाइटी दुवाकोट उपशाखा र चाँगुनारायण नगरपालिका–२ को संयुक्त आयोजनामा दुवाकोटस्थित केएमसी अस्पताल परिसरमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ । सो रक्तदान कार्यक्रममा ३३ जनाले रक्तदान गरेका छन् । लियो क्लब अफ भक्तपुर केएमसीका अध्यक्ष डा. आकाश झाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडाध्यक्ष सोमप्रसाद प्रधानले नियमित रक्तदान अभियानले […]
राष्ट्रवादी छवि बनाएका नेता भीम रावल प्रचण्ड नेतृत्वको नेकपामा समाहित
काठमाडौ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीविरुद्ध चितवन महाधिवेशनमा उम्मेदवारी दिएपछि पार्टीको साधारण सदस्यता समेत खारेज गरिएका पूर्वगृहमन्त्री भीम रावल अब पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा औपचारिक रूपमा प्रवेश गरेका छन्। रावलले केही समयदेखि संचालन गर्दै आएको ‘मातृभूमि जागरण अभियान’ बुधबार राजधानीमा आयोजित विशेष समारोहमार्फत प्रचण्ड नेतृत्वको पार्टीमा एकीकृत […]
हिमालयन बैंकको मोबाइल सेवा ठप्प : ग्राहकको गुनासो, “खाता बन्द गर्नुपर्ने भयो”
काठमाडौं। हप्तौं देखि अवरुद्ध हिमालयन बैंक लिमिटेड (HBL) को मोबाइल बैंकिङ् सेवा अझै नखुक्दा सेवाग्राही आजित भएका छन् । सेवामा निरन्तर समस्या भएपछि केही सेवाग्राहीहरुको असन्तुष्टि आक्रोशमा बदलिएको छ । उनीहरूले खाता बन्द गर्ने चेतावनीसमेत दिएका छन् । तीन हप्तादेखि बैंकको मोबाइल सर्भिस नचल्दा सास्ती खेप्नुपरेको एक सेवाग्राहीले बताए । बैंकको मोबाइल एप तथा इन्टरनेट […]
एक्लिएपछि विप्लवले छोडे समाजवादी मोर्चा
काठमाडौं । समाजवादी एकताको प्रयास स्वरूप गठन गरिएको चार दलीय समाजवादी मोर्चा करिब २ वर्ष ४ महिनापछि महिनापछि विघटन भएको छ। नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले बुधवार विज्ञप्ति जारी गर्दै मोर्चाबाट अलग भएको घोषणा गरेपछि उक्त गठबन्धन स्वतः विघटन भएको हो। चार दलीय मोर्चाका तीन घटक एकीकृत भइ एउटै पार्टी नेपाली कम्युनिस्ट […]
बागमती प्रदेशमा यस्तो छ आर्थिक चुनौती
काठमाडौं । बागमती प्रदेशमा भौतिक पूर्वाधारहरू सडकमार्ग, स्वास्थ्य सेवा र सहज खानेपानी, ढल तथा फोहोर व्यवस्थापन, पूर्वाधारयुक्त व्यवस्थित बस्ती विकास एवम् उचित व्यवस्थापन गर्ने कार्य चुनौतीपूर्ण रहेको नेपाल राष्ट्र बैकले गरेको अध्ययनमा देखिएको छ । केन्द्रीय बैंकले गरेको ‘आर्थिक वर्ष २०८१÷८२ को आर्थिक गतिविधि अध्ययन’ अनुसार, यस प्रदेशमा प्राकृतिक प्रकोपको जोखिम उच्च रहेकाले यस्ता प्रकोपलाई […]
भक्तपुरमा बालबालिकाका लागि स्वर्णबिन्दु प्राशन कार्यक्रम शुरु
भक्तपुर । बालबालिकाको शारीरिक र मानसिक विकास तथा रोग प्रतिरोधी क्षमता बढाउनका लागि आयुर्वेदमा आधारित स्वर्णबिन्दु प्राशन कार्यक्रम भक्तपुरमा शुरु भएको छ । मंगलबार कमलविनायकस्थित आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापामगरले कार्यक्रमको शुभारम्भ गरेका छन् । चिकित्सालयका प्रमुख डा नदन कडेलले जनाए अनुसार स्वर्णबिन्दु प्राशन बच्चाको प्रतिरक्षा प्रणाली सुदृढ बनाउने, बुद्धि […]
शिक्षाका वरिष्ठ सहसचिव अर्याललाई प्रदेश प्रमुख सचिवको जिम्मेवारी
काठमाडौ । सरकारले शिक्षा सेवाका वरिष्ठ सहसचिव वैकुण्ठ अर्याललाई सुदूरपश्चिम प्रदेशको कामु (कायम मुकायम) प्रमुख सचिवको जिम्मेवारी दिएको छ। मंगलबार बसेको मन्त्रीपरिषद बैठकले अर्याललाई सो जिम्मेवारी दिने निर्णय गरेको हो । शिक्षा सेवाबाट नै सचिव भएका डा कमलप्रसाद पोख्रेललाई प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा सरुवा गर्दै अर्याललाई सुदूरपश्चिम प्रदेशको कामु प्रदेश सचिव नियुक्त गरिएको हो […]
उपेक्षामा सुशासनमा काम गर्ने सतर्कता केन्द्र
काठमाडौं । सार्वजनिक निकायको सेवा प्रवाह प्रभावकारी तुल्याउन नियमन, अनुगमन र छड्के जाँचलगायत गर्ने निकाय राष्ट्रिय सतर्कता केन्द्र आफैँ कर्मचारी अपुग र साँघुरो कार्यालयको समस्यामा छ। सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको भुइँतलामा कार्यालय रहेको केन्द्रलाई कार्यालय सार्न मन्त्रालयले पटकपटक आग्रह गर्दै आएको छभने केन्द्रमा दरबन्दीअनुसार कर्मचारी पदपूर्ति नहुँदा कामकाज नै प्रभावित भएको छ। केन्द्रका […]











