जेनजी मुभमेन्टले माग्यो प्रधानमन्त्री कार्कीको राजीनामा

काठमाडौँ । जेनजी मुभमेन्ट नेपालले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले गैरजिम्मेवार निर्णयहरू गर्न थालेको तथा सरकार पूर्ण रूपमा भ्रष्टाचार, पक्षपात र कुशासनमात्रको  गढिएर रहेको भन्दै बहिस्कार गर्न माग गरेको छ । सोमबार विज्ञप्ति जारी गर्दै जेनजी मुभमेन्ट नेपालले उर्जामन्त्री कुलमान घिसिङले ४३ करोड नोक्सानी गरेको, अर्थमन्त्री रामेश्वर खनालले डोल्मालाई गैरकानुनी कर छुट दिएको तथा महान्यायाधिवक्ता […]

प्रधानमन्त्रीलाई भेटेर ध्यानाकर्षण गराउँदै जेनजी समूह

Sushila karki

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख स्वकीय सचिव आदर्श कुमार श्रेष्ठले पारिवारिक सदस्य र नातेदारहरुलाई नियुक्ति दिलाएको विषयमा जेनजी युवा अगुवाहरुले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर ध्यानाकर्षण गराउँदै छन् । द काउन्सिल अफ जेनजी (सुदन गुरुङ) समूहले प्रधानमन्त्री कार्कीलाई भेटेर ध्यानाकर्षण गराउन लागेको हो । श्रेष्ठले परिवारका सदस्य र नातेदारहरुलाई प्रधानमन्त्री कार्कीको सचिवालयमा नियुक्ति दिलाएको समाचार […]

लगातार वर्षापछि भियतनाममा बाढीपहिरो, कम्तिमा ९० जनाको मृत्यु

काठमाडौं । भियतनाममा भीषण बाढी र पहिरोका कारण एक हप्ताको अवधिमा कम्तीमा ९० जनाको ज्यान गएको छ । अक्टोबरको अन्त्यदेखि दक्षिण–मध्य भियतनाम लगातार वर्षाको चपेटामा परेपछि पर्यटकीय सहरहरू बारम्बार डुबानमा परेका छन ्। यसले करोडौं डलर बराबरको आर्थिक क्षति पुर्‍याएको बताइन्छ । तटीय सहर न्हा ट्राङका विस्तृत क्षेत्र पानीमा डुब्दा प्रख्यात पर्यटन केन्द्र दा लाट […]

‘बाँस भवन डिजाइन मार्गदर्शन–२०८२’ स्वीकृत, दुई तलेसम्म घर बनाउन बाटो खुल्यो

काठमाडौं । सरकारले पहिलोपटक बाँसलाई संरचनात्मक निर्माण सामग्रीका रूपमा वैधानिक मान्यता दिँदै ‘बाँस भवन डिजाइन मार्गदर्शन–२०८२’ स्वीकृत गरेको छ। उर्जा, सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले मार्गदर्शन अनुमोदन गरेसँगै अब बाँस प्रयोग गरी एकदेखि दुई तले आवासीय, साना उद्योग तथा व्यावसायिक भवन बनाउन सकिने भएको छ। स्टील–कंक्रिट आधारित निर्माण महँगो र […]

ओली सरकारले हाम्रो आवाज थुन्यो, यो सरकारले सुन्यो : दुर्गा प्रसाईँ

काठमाडौँ। सर्वोच्च अदालतको आदेशमा आइतबार हिरासतमुक्त भएका अभियन्ता दुर्गा प्रसाईँले केपी ओली नेतृत्वको अघिल्लो सरकारले आफ्ना आवाज थुन्ने प्रयास गरेपनि वर्तमान सरकारले कम्तीमा सुन्ने काम गरेको बताएका छन्। तर, उनले आफ्नो आन्दोलन नरोकिएको जिकिर गर्दै प्रधानमन्त्री र गृहमन्त्रीको विशेष आग्रहमा आज तय भएको बन्दसहितको कार्यक्रम स्थगित गरेर स्वरूपचाहिँ परिवर्तन गरेको बताए । आइतबार सर्वोच्च अदालत […]

पानी पनि नक्कली

काठमाडौं । बजारमा नक्कली खानेपानी खुलेआम बिक्री हुन थालेपछि सार्वजनिक स्वास्थ्य नै जोखिममा परेको छ। बजारमा विभिन्न कम्पनीको ट्रेडमार्क अनाधिकृत प्रयोग गरेर जारको पानी बेचिरहेको आरोपमा दुई जना पक्राउ परेका छन्। प्रहरी परिसर, काठमाडौंले सर्लाहीका आशिष कार्की र चितवनका किरण श्रेष्ठलाई कम गुणस्तरको पानीमा अन्य कम्पनीको ट्रेडमार्क टाँसी बिक्री गरेको आरोपमा नियन्त्रणमा लिएको जनाएको छ। […]

दुर्गा प्रसाईँलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

काठमाडाैँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएकाे छ । आइतबार डा‌. नहकुल सुवेदी र श्रीकान्त पाैडेलकाे संयुक्त इजलासले प्रसाईँलाई थुनामुक्त गर्न आदेश दिएकाे हाे । अभिव्यक्तिलाई लिएर मात्र प्रसाईँलाई पक्राउ गरिनु संविधान प्रदत्त अभिव्यक्ति स्वतन्त्रता समेतको स्वेच्छाचारी उल्लङ्घन हुने अदालतको आदेशमा भनिएको छ । राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ […]

बिनासूचना सुदन गुरुङ पूर्वमन्त्री श्रेष्ठको निजी निवासमा, लाग्यो धम्काएको आरोप

बारा । पूर्वसूचनाबिनै जेनजीका अगुवा सुदन गुरुङको नेतृत्वको टोली पूर्वमन्त्री तथा बारा–४ का निवर्तमान संघीय सांसद किसान श्रेष्ठको औराहास्थित निजी निवासमा प्रवेश गरेको छ । पूर्वमन्त्री श्रेष्ठले घरमा कोही नभएको मौका छोपी गुरुङको टोलीले कर्मचारी र सहयोगीलाई धम्की दिएको भन्दै सामाजिक सञ्जालमार्फत आपत्ति जनाएका छन् । पार्टीको कामको सिलसिलामा काठमाडौँ गएको मौका छोपी कथित जेनजी […]

प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा, यस्तो छ राजनीतिक प्रतिबद्धता

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा गरिएको छ । आइतवार काठमाडौंमा एक कार्यक्रमबीच डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), जनार्दन शर्माको प्रगतिशील राष्ट्रिय अभियान र राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरेका सन्तोष परियारबीचको एकतापछि सो नयाँ पार्टी घोषणा गरिएको हो । कार्यक्रममा सो पार्टीको नाम पूर्वप्रधानमन्त्री डा. भट्टराईले औपचारिक रुपमा घोषणा गरे । […]

बिराटनगर विमानस्थलमा महेश बस्नेतमाथि आक्रमण प्रयास

mahesh Basnet

बिराटनगर । नेकपा एमालेका पोलिट्ब्युरो सदस्य तथा अध्यक्ष केपी शर्मा ओलीका निकट सहयोगी महेश बस्नेतमाथि आज आइतबार बिहान विराटनगर विमानस्थलमा आक्रमण प्रयास भएको छ। नेता बस्नेत र अध्यक्ष ओली विरुद्ध नाराबाजी गर्दै उनी सवार गाडीमा रातो मसी छ्यापिएको छ । प्रहरी स्कर्टिङमा रहेका बस्नेतलाई लक्षित गर्दै गरिएको आक्रमण प्रयास तत्कालै सुरक्षाकर्मीहरूले नियन्त्रणमा लिएका छन् । […]