गाेरखा, १० मंसिर । नयाँ शक्ति पार्टी नेपाल पार्टीका संयोजक डा. बाबुराम भट्टाराई जिताउन भन्दै मतदातालाई पैसा बाँड्दै गरेका नयाँ शक्ति पार्टीका कार्यकर्ता पक्राउ गरेका छन् । शनिबार राती १ बजे गोरखाको क्षेत्र नम्बर २ अन्तरतग शिरानचोक गाउँपालिका – ८ गोपालडाँडामा नयाँ शक्तिका ५ जना नेताहरु गाडी र नगद रकमसहित पक्राउ परेका छन् । उनीहरु […]
समाचार
गोरखाको कालिका मतदान केन्द्रमा मतदान सुरु हुनै लाग्दा बम विस्फोट
गाेरखा, १० मंसिर । पहिलो चरणको निर्वाचन अन्तगर्त मतदान सुरु भएको छ । मतदान सुरु भएसँगै केही मतदान केन्द्रमा बम विस्फोटका घटना समेत भएका छन् । यसैबीच गोरखाको निर्वाचन क्षेत्र नम्बर १ को गण्डकी गाउँपालिका-४ स्थित कालिका प्राविकोङ्क मतदान केन्द्र नजिकै बम विस्फोट भएको छ । पहिलो मतदान सुरुसँगै केही समयको फरकमा दुईओटा बम विस्फोट […]
रोल्पाका विभिन्न स्थानमा मतदान केन्द्रनजिक बम विष्फोट
रोल्पा, ९ मंसिर । रोल्पाका विभिन्न स्थानमा शनिबार साँझ मतदान केन्द्रनजिक बम बिस्फोट भएका छन् । रोल्पाको घोडागाउ, सेरम, गौरीगाउँ, तिला र सिमचौरको मतदान केन्द्र नजिक बम बिस्फोट भएको खबर प्राप्त भएको छ । । सुनछहरी गाउपालिकाको सेरम मतदान केन्द्र, सुवर्णवती गाउपालिकाको मतदान केन्द्र घोडागाउँ, त्रिवेणी गाउँपालिकाको गौरीगाउँको तिला र सिमचौर मतदान केन्द्रलाई लक्षित गरी […]
कालिकोटको मुम्रामा भिडन्त, २ घाइते, बुथ कब्जामा
कालिकोट, ९ मंसिर । कालिकोटको मुम्रामा निर्वाचन सुरक्षाको लागी गएको प्रहरी र स्थानीयबीच दोहोरो भिडन्त भएको छ । दोहोरो भिडन्तमा परी २ जना घाइते भएका छन् । उनीहरु प्रहरीले चलाएको गोली लागेर घाइते भएका हुन् । घाइते हुनेमा स्थानीय महेन्द्र शाही र तन बिक रहेका छन । भोलि हुने मतदानको लागि सम्पूर्ण सामाग्री लिएर गएको […]
बाजुरामा हेलिकोप्टरबाट सेनाको गस्ती, चुनावको मुखमा हेलिकोप्टरबाट ठूलो सङ्ख्यामा सुरक्षाकर्मी ओसारिदै
बाजुरा, ९ मंसिर । युद्धकालकाे झल्काे दिनेगरी कालिकाेट र बाजुरामा सरकारले हवार्इ गस्ती बढाएकाे छ । साथै जिल्लामा ठूलाे सङ्ख्यामा सुरक्षाकर्मी पनि हेलिकाेप्टरबाट अाेसारिन थालिएकाे छ । जिल्लामा हवाइ गस्ती बढ्नुका साथै ठाउँ ठाउँमा ठूलाे सङ्ख्यामा सुरक्षाकर्मी हेलिकाेप्टरबाट अाेसार्न थालिएपछि यहाँका जनता त्रसित बनेका छन् । यससँगै जिल्लामा केही ठाउँमा वम विष्फाेटका घटना पनि बढेका […]
नेपाली कांग्रेसका सभापतिको घरमा वम विष्फोेट हुँदा गाडी क्षतविक्षत
झापा, ९ मंसिर । निर्वाचनको मिति नजिकिएसँगै जिल्लामा बम विस्फोटका घटना पनि बढ्न थालेका छन् । शनिबार विहान मात्रै नेकपा एमाले अध्यक्षको घरमा बम विस्फोट भएको छ । उम्मेदवारलाई लक्षित गरेर बम विस्फोटका घटना पनि दिनदिनै भइरहेका छन् । जिल्लामा अहिलेसम्म मानविय क्षति नपाएको प्रहरीले बताएको छ । यसैबीच नेपाली काँग्रेस झापाका सभापति उद्धव थापाको […]
स्थानीयको अवरोध खोल्न कालिकोटमा नेपाली सेनाको टोली हेलिकोप्टरबाट गोली प्रहार गर्दै
कालिकाेट, ९ मंसिर । भोलि हुन् लागेको प्रतिनिधसभा र प्रदेशसभा निर्वाचनको सामाग्री लिएर गएको सरकारी टोलिलाई स्थानीयबासिन्दाले लाखेटेपछि कालिकोटको अबस्था तनाबग्रस्त भएको छ । कालिकोटको पलाता गाउँपालिका साबिकको (धौलागोह गाविस)को डाफे मतदान केन्द्रमा जाँदै गरेको निर्वाचन सामाग्रीसहितको सरकारी टोलीलाई स्थानीयले ढुंगामुडा गरेर लखेटेका हुन्। गएको स्थानीय तह निर्वाचनमा मालकोटका जनताले पुरै बुथ कब्जा गरेर मतपेटिका […]
जाजरकोटमा कुसे गाउँपालिकाका वडा अध्यक्ष हपहरणमा
जाजरकोट, ९ मंसिर । जाजरकोट कुशे गाउँपालिका–१ का वडा अध्यक्ष गोपाल नेपाली गए राती अपहरणमा परेका छन् । वडा अध्यक्ष नेपालीलाई कसले अपहरण गरेको हाे भन्ने अहिलेसम्म थाहा हुन नसकेकाे प्रहरीले जनाएकाे छ । वडा कार्यालयमा बसिरहेको अबस्थामा राती १ बजे ४, ५ जनाको समूहमा आएका व्यक्तिहरुले बाेलाएर लगेकाे उनका अाफन्तले जनाएका छन् । उनकाे […]
दमन जारी राखे जनताकाे शक्तिशाली प्रतिराेध सुरु हुने नेकपाकाे चेतावनी
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले सरकारले दमन जारी राखे जनताकाे शक्तिशाली प्रतिराेध सुरु हुने चेतावनी दिएकाे छ । नेकपाका स्थायी समिति सदस्य तथा प्रवक्त प्रकाण्डले एक प्रेस विज्ञप्ती जारी गर्दै यस्ताे चेतावनी दिएका हुन् । सरकारले घाेषणा गरेकाे निर्वाचन खारेजी अभियानका क्रममा देशभरबाट ४५० भन्दा बढी नेता कार्यकर्ता र सर्वसाधारण जनतालार्इ राज्यले गिरफ्तार गरेकाे बताउँदै […]
बाबुरामकाे खुलासा : काठमाडाैमा सिंह बन्ने तर भारतमा बिरालाे बन्ने नेताहरु काे हुन?
काठमाडाैं, ९ मंसिर । नयाँ शक्ति पार्टीका संयाेजक डा. बाबुराम भट्टरार्इले नेपालमा भारतकाे हस्तक्षेप रहेकाे र त्याे हस्तक्षेपका विरुद्ध अाफूले भारतमै गएर कडा चुनाैती दिएर बाेल्ने गरेकाे दावी गरेका छन् । गाेरखा २ बाट प्रतिनिधि सभाका लागि उम्मेदवार बनेका भट्टरार्इले भारतीय हस्तक्षेपका विरुद्ध अाफू जति चुनाैती दिएर बाेल्ने नेपालमा अर्काे नेता नभएकाे समेत दावी गरेका […]