स्थानीय चुनावको मधेश फ्याक्टर

Madhesh Facts

‘बुलेटको जवाफ ब्यालेटबाट’ भन्ने तुफानी नाराका साथ उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम ३१ वैशाख २०७४ मा सम्पन्न पहिलो चरणदेखि नै स्थानीय तह निर्वाचनमा होमिइसकेको छ । मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार स्वयम् सरकारमा सहभागी छन् । यसले पहिलो चरणको स्थानीय निर्वाचनमा सहभागी नभएको मधेशका ६ दल सम्मिलित अर्को घटक राष्ट्रिय जनता पार्टी […]

गुम्बा गाउँ : नेपालभित्रकै एउटा अर्को नेपाल

Gumba-villege

बाजुरा सदरमुकाम मार्तडीबाट चार दिनको पैदल यात्रामा पुगिन्छ, गुम्बा गाउँ । पुरानो बिच्छ्याँ गाउँ विकास समितिको सिङ्गो वडा नम्बर १ रहेको यो गाउँ अहिले बाजुराको हिमाली गाउँपालिका वडा नम्बर ३ मा पर्छ । वरिपरिका बौरी र युना गाउँ मिसाएर नयाँ वडा कायम गर्दा गाउँपालिकाको यो ३ नम्बर वडामा वरिपरिका अरू केही गाउँ पनि थपिएका छन् […]

विभिन्न आवरणमा नेपालमा फैलँदो भारतीय रक्षा सञ्जाल

नेपाल भ्रमणमा रहेका भारतीय सेनाध्यक्ष दलवीरसिंह सुहागले नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालसँगको भेटमा भने, “बुटवलमा पेन्सन पेइङ अफिस (पेन्सन वितरण कार्यालय-पीपीओ) स्थापना सम्बन्धमा हामीले धेरै अघि राखेको प्रस्ताव स्वीकृत गरिदिनुप¥यो ।” सुहागभन्दा १० दिनअघि नेपाल भ्रमणमा आएका भारतीय राष्ट्रपति प्रणव मुखर्जीले पनि दाहालसँगको २ नोभेम्बर २०१६ को भेटमा यो विषयमा चर्चा गरेका थिए । झट्ट सुन्दा […]

घट्दैछ सीमा वारपार विवाह

Madhesh Marriage

कृष्ण अधिकारी, नेपालगन्ज र सुरेन्द्रकुमार कामती, सिराहाकृष्ण अधिकारी, नेपालगन्ज र सुरेन्द्रकुमार कामती, सिराहाभारत कानपुर ससुराली भएका नेपालगन्ज त्रिभुवन चोकका श्याम बिहारी लखेरका दुई छोराको विवाह पनि सीमावर्ती भारतीय क्षेत्रकै बासिन्दासँग भयो । लखेरले छोरीको बिहे पनि सीमावर्ती भारतीय गाउँका बासिन्दासँग गरिदिए । यस हिसाबले लखेरको परिवारका सासूबुहारी तीन जनाको माइती र छोरीको घर भारतमा छ […]

चर्चित पत्रिकामा अाकर्षक जागिरकाे विज्ञापन छपाएर यसरी चल्छ ठगी धन्धा

‘नो इन्टरभ्यू । शतप्रतिशत जागीरको ग्यारेण्टी । तलब न्यूनतम १६ देखि अधिकतम् ३७ हजारसम्म ।’ १० माघ २०७२ का दिन एउटा राष्ट्रिय दैनिकमा छापिएको विज्ञापनले खड्कबहादुर तामाङको मन तान्यो । दुई वर्ष कतार बसेर आएका काभ्रे चापाखोरी गाविस कालधरका तामाङसानोतिनो जागीर मिले फेरि विदेश नजाने सोचमा थिए । पत्रिकामा दिएको सम्पर्क नम्बरमा फोन गरे । […]

दलित बस्तीका चुनावी नारा : मन्दिर छिर्ने, जन्मदर्ता गराउने

प्रत्येक वडामा एक दलित महिला अनिवार्य गर्ने निर्वाचन ऐनको प्रावधानले यो चुनावमा देशभरिबाट ६ हजार ६८० दलित महिला निर्वाचित हुनेछन् । राज्यले कानून नै बनाएर एक शताब्दीभन्दा धेरै जुन समुदायमाथि भेदभाव ग¥यो, उनीहरूलाई कानूनी व्यवस्था नै गरेर शासन प्रणालीभित्र हुल्नु सकारात्मक कुरा हो । त्यसमा पनि त्यो समुदायका महिलाका लागि त यो चानचुने उपलब्धि होइन […]

इराक युद्धले निर्माण गरेको विश्व

iraq_war

कुनै समय अग्रणी रहेका इराक र सिरिया अहिले मानवीय दु:ख र कुँडाककर्टको बन्जर भूमि बनेका छन् । केही समयअघि सार्वजनिक भएको चिल्कोट रिपोर्टले हामी यस्तो अवस्थामा कसरी पुग्यौँ भनी व्याख्या गर्न सहयोग पुर्‍याउछ । २००३ मा इराकमाथि अमेरिका–नेतृत्वको हस्तक्षेपमा बेलायती गल्तीको हदसम्म विस्तृतमा चर्चा गरेको छ । रिपोर्टको निष्कर्षमा जोडिएकाहरू त्यसलाई खण्डन गर्न दुईवटा तर्क […]

प्रगतिशील अन्तर्राष्ट्रियको आवश्यकता

पश्चिमका विकसित अर्थव्यवस्थाको राजनीतिले सन् १९३० यता सबैभन्दा ठूलो धक्का व्यहोरिरहेको छ । त्यो ठूलो अपस्फीतिले एट्लान्टिकका दुवैतर्फका त्यस्ता राजनीतिक शक्तिलाई पुनर्जीवित गरिरहेको छ, जो दोस्रो विश्वयुद्धयता निष्क्रिय थिए । राजनीतिमा फेरि आवेग फर्कन लागेको छ, तर हामीले आशा गरेजसरी होइन । अहिलेसम्म वामपन्थीहरूले रक्षा गरेको संस्थापन–विरोधी धारणा दक्षिणपन्थीहरूले लिन थालेका छन् । अमेरिकामा रिपब्लिकन […]

हुलाकी राजमार्गः मधेसीलाई दुखाइरहने घाउ

Hulaki-sadak

७० वर्ष पुरानो सपना हुलाकी राजमार्ग भएर जाने बारा जिल्लाबाट निर्वाचित भएर आएपछि संसद्, संसदीय समिति र अन्य ठाउँमा निरन्तर रूपमा राजमार्गबारे आवाज उठाउँदै आएको छु । तर, यत्रो चासो र चिन्ता व्यक्त गर्दा पनि अपेक्षित परिणाम प्राप्त भइरहको छैन । हुलाकी राजमार्ग ७० ( विसं २००२–२००५) वर्षपहिले पद्मशमशेरको पालामा थालनी भएको हो । हुलाकी […]