आज दुई संसदीय समितिको बैठक बस्दै

काठमाडौँ । आज राष्ट्रिय सभाअन्तर्गतका दुई वटा समितिको बैठक बस्दैछ । जसअनुसार बिहान साढे ११ बजे विधायन व्यवस्थापन समितिको बैठक बस्नेछ । सिंहदरबार स्थित समितिको कार्यालयमा बस्ने बैठकमा चलचित्र विधेयक, २०८१ मा दफावार छलफल हुने कार्यतालिका छ । त्यस्तै दिउँसो १ बजे सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्नेछ । बैठकमा कोशी प्रदेशको अनुगमन […]

दिउसो १ बजेको लागि सर्‍यो कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक सरेको छ । आज बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउसो १ बजेको लागि सरेको हो । ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा बस्ने बैठकमा राष्ट्रियसभा निर्वाचनका लागि आफ्ना उम्मेदवारहरू टुङ्गो लगाउनेबारे छलफल हुने बताइएको छ । बैठकले उम्मेदवार छनोट र अन्य दलसँगको चुनावी तालमेलबारे निर्णय गर्नेछ । […]

देशभर पश्चिमी वायुको आंशिक प्रभाव, यी चार प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौँ । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही तराई भूभागका केहि स्थानहरूमा हुस्सु लागेको छ । आज दिउँसो तराई भूभागका अधिकांश स्थानहरूमा हुस्सु तथा कुहिरो रहनेछ। कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक […]

अण्डाको मूल्य घट्यो

चितवन । अण्डाको मूल्य क्रमशः घटेको छ। नेपाल लेयर्स कुखुरापालक सङ्घले भोलिदेखि लागू हुने गरी अण्डामा प्रतिक्रेट ९० रुपैयाँ घटाएको जनाएको छ। सङ्घका अनुसार फार्ममा ठूलो अण्डाको मूल्य प्रतिक्रेट ५६५ बाट घटेर ४७५ रुपैयाँ र मिडियम अण्डाको मूल्य ५५० बाट ४६० रुपैयाँमा झरेको छ। यससँगै उपभोक्ता मूल्य प्रतिगोटा २५ बाट २० रुपैयाँ कायम गरिएको छ। […]

भक्तपुर पढ्दै नवप्रवेशी शाखा अधिकृत

Bhaktapur

भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको छ महिनाको आधारभूत प्रशासन प्रशिक्षणमा सहभागी नवप्रवेशी शाखा अधिकृतहरूको टोलीले भक्तपुरका पुरातात्विक तथा सांस्कृतिक सम्पदासहित भक्तपुर नगरको विकास मोडल अवलोकन गरेको छ। अवलोकनका क्रममा विघटित प्रतिनिधि सभा सदस्य एवं नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य र संस्कृति संरक्षणलाई प्राथमिकतामा राखेकै कारण नगर ज्ञान–विज्ञानको केन्द्रका […]

बन्दुकसहित मृत अवस्थामा फेला

भक्तपुर । भक्तपुरको मध्यपुर थिमिमा एक व्यक्ति गोली लागि मृत अवस्थामा फेला परेका छन् । मध्यपुर थिमि नगरपालिका वडा नं. ६ राइटोल बस्ने ४० वर्षिय सनिप चाम्लिङ राई मृत अवस्थामा फेला परेका हुन् ।उनको शरीरमा तीन राउण्ड गोली लागेको छ । राई उनकै घरको चौंथो तलामा रहेको कोठामा कन्चटमा गोली लागेर मृत अवस्थामा फेला परेको […]

बंगलादेशमा आइपिएल प्रसारणमा लाग्यो प्रतिबन्ध

एजेन्सी । बंगलादेश सरकारले आफ्नो देशमा सन् २०२६ को इन्डियन प्रिमियर लिग (आइपिएल) को प्रसारणमा रोक लगाएको छ। भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) ले बंगलादेशी तीव्र गतिका बलर मुस्ताफिजुर रहमानलाई प्रतियोगिताबाट हटाउने निर्णय गरेपछि बंगलादेशले यस्तो कडा कदम चालेको हो। बंगलादेशको सूचना तथा प्रसारण मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै भनेको छ— ‘मुस्ताफिजुर रहमानलाई कुन आधारमा प्रतियोगिताबाट […]

विशेष महाधिवेशन निष्क्रिय भएको जानकारीसहित कांग्रेसको परिपत्र

काठमाडौँ । नेपाली कांग्रेसले विशेष महाधिवेशन निष्क्रिय भएको भन्दै मातहतका निकायलाई परिपत्र गरेको छ । नियमित महाधिवेशन वैशाखमा हुने जानकारीसहित कांग्रेसले परिपत्र मातहतका तल्ला निकायमा पठाएको हो । पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको परिपत्रमा फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई सफल बनाएर पार्टीलाई बहुमत ल्याउन सबै क्रियाशील हुन भनिएको छ । पुस […]

मन्त्रिपरिषद् बैठकका ८ निर्णय सार्वजिनक

काठमाडौं । मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णयहरू गरेको छ । सोमबार दिउँसो सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले गरेकामध्ये ८ वटा निर्णयहरू प्रवक्ता एवं सञ्चारमन्त्री जगदीश खरेलले सार्वजिनक गरेका छन् । उनका अनुसार, राष्ट्रिय अनुसन्धान विभागको अतिरिक्त मुख्य अनुसन्धान निर्देशक पदमा अनुसन्धान निर्देशक ओम बहादुर खड्कालाई बढुवा गर्ने निर्णय भएको छ । त्यस्तै, नेपाल सरकार र ओमान सरकार […]

पर्साको वीरगञ्जमा निषेधाज्ञा आदेश जारी

काठमाडौं । पर्साको वीरगञ्जमा निषेधाज्ञा आदेश जारी भएको छ । सोमबार दिउँसो १ बजेदेखि अर्को आदेश नभएसम्मका लागि कुनै किसिमको भेला गर्न, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाउने गरी निषेधाज्ञा जारी भएको हो । वीरगञ्ज महानगरपालिका क्षेत्र अन्तर्गत पूर्वमा बसपार्क, पश्चिममा सिर्सिया पुल, उत्तरमा पावर हाउस चोक र दक्षिणमा शंकराचार्य गेटसम्म कुनै किसिमको भेला गर्न, […]